हेर्ने कथा : भरियाकाे कथा : मनकाे कथा (कथाकाे कविता) ~ बिकेश कविन
हिउँकाे परिधानमा सुसज्जित धरा
भरियाकाे पिठ्यूमा-
ईश्वरकाे सपना देखिरहेका लालाबालाहरू
पाथिभरा देवीसँग साक्षात्कार गरिरहेका वृद्धवृद्धाहरू
बढिरहेकाे सास
उक्लिरहेकाे सिँढी
बजिरहेकाे घण्टी
गुञ्जिरहेकाे प्रवचन
रङ्गिरहेकाे जीवन
अाहा !
त्यहीँकाे हिउँ भएर
म यी सबैथाेक हेरिरहेकाे छु
म कथा हेरिरहेकाे छु
म कविता हेरिरहेकाे छु
म 'हेर्ने कथा' हेरिरहेकाे छु
म 'भरियाकाे कथा' हेरिरहेकाे छु ।
#हेर्नेकथा #भरियाकाेकथा #मनकाेकथा #माटाेकाेकथा
Comments
Post a Comment