प्रेमपत्र (कविता र प्रेमपत्र) ~ बिकेश कविन

१)

मेराे

हृदयकाे

पत्र-पत्र 

बिछाएर

संवेदनाकाे अाकाशमाथि

प्रेमकाे अप्रतिम रङले

लेखिरहेकाे

छु

याे पत्र

- प्रेमपत्र । 


२) 


प्रेमपत्र- हृदयकाे ढुकढुकी हाे 

प्रेमपत्र- संवेदानाकाे सूक्ष्मतम् अावाज हाे

प्रेमपत्र- बाेली हाे सासकाे


हृदयकाे ढुकढुकीलाई उडाइरहेकाे छु माथि-माथि अाकाशसम्म

ताकि त्यहाँसम्म तिम्राे नजर पुगाेस्

जहाँ चम्किरहेका हुनेछन् 

मैले तिमीलाई भन्नचाहेका शब्दका ताराहरू

......ती ताराहरू

जाे बलेका छन् केवल तिम्रा लागि

र, मात्र तिम्रा लागि जाे छन् रहेका....जाे छन् चम्केका


[याे जालजेलकाे संसारबाट निस्केर म बहुत दूर जान्छु । र, टाढाकाे त्याे सुन्दर संसारबाट म तिमीलाई सम्झन्छु ।

जब म तिमीलाई सम्झन्छु, तब मात्र म अाफूलाई सम्झन्छु ।]


संवेदनाका सूक्ष्मतम् अावाजलाई हावाभरि भरेर

मैले छाडिदिएकाे छु उन्मुक्त

ताकि त्याे अावाज पुगाेस्

तिमीसम्म

......ती अावाज जुन संवेदनशील छन्

जाे बाेल्दछन् मेराे संवेदनाकाे भाषा

जहाँका हाँगा-हाँगामा रङ्गिइरहेका छन्

प्रेमका अनगिनत पातहरू

......ती पातहरू

जसले अाफ्नाे हरियाे प्राप्त गरेकाे हाे

तिम्राे हरियाे हृदयबाट


[तिमी जहाँ पुग, म माथि जीवनकाे डाँडाबाट पर रहेकी तिमीलाई हेरिरहेकाे हुनेछु । जब म हेरिरहेकाे हुनेछु तिमीलाई, त्यै बेला म खसिरहेकाे पनि हुनेछु तिम्राे हत्केलामा ।] 


सासकाे बाेलीलाई मैले रङ बनाएर छरिदिएकाे छु याे अाकाशभरि

ताकि ती रङहरू पुगून् तिमीसम्म

र, बसून् पुतलीझैँ तिम्राे गीतमा

......ती गीतहरू जसले मलाई सिकाए तिमीलाई प्रेम गर्न

र, मुक्त हुन कठाेरताकाे बाकसभित्रबाट

.....ती गीतहरू जसले बचाए मलाई, जसलाई लाग्दथ्याे- जीवन मृत्युबाहेक अरू केही हाेइन

.....ती गीतहरू जहाँ भेट्टाएँ मैले अाफ्नाे जीवनकाे उज्यालाे

र, देखेँ अाफ्नाे प्रेमलाई

जुन प्रेम कविता बनेर अाइरहन्छ मेराे हृदयमा 


[हावाका झाेक्का हाै हामी, कुन बेला कहाँ पुग्छाैँ, थाहा नै नहुँदाेरहेछ । र, कहिलेकाहीँ बहदाँ-बहँदै हामी निकै दूर पुगिहाल्छाैँ । कहिलेकाहीँ त हराइहाल्छाैँ नै ! कहिलेकाहीँ त सकिइहाल्छाैँ नै ।]


३) 

(अलमलिइरहेकाे छु म शब्दहरूकाे सुरुवातमै, तिमीलाई सम्बाेधन गरूँ त के भनेर गरूँ)


के लेखूँ म अाफ्नाे सासकाे माथि ?

के लेखूँ म अाफ्नाे हृदयकाे माथि ? 

के लेखूँ म अाफ्नाे जीवनकाे माथि ?


प्रेम ?

प्रेम त म यस्तरी गर्छु कि तिमीलाई जसरी प्रेम गर्छ याे हावाले यी हरियालीहरूलाई । यी हरियालीहरूले जीवनका रङहरूलाई ।


मलाई तिमी याे पृथ्वीजस्तै जीवनदायी लाग्छ । किन-किन हाे, साँच्चि तिमीलाई जब म देख्दिनँ, तब लाग्छ, कसैले मेराे सास जबरजस्ती खाेसिरहेकाे छ । 


कहिलेकाहीँ बाँच्न पनि गाह्राे हुन्छ, अनि मर्न पनि ।


'तिम्रा 

पैतालाहरूले

स्पर्श

गरिरहेका

थिए

हिउँलाई


तिम्राे 

स्पर्शले

गद्गद्

भइरहेकाे

थियाे

हिउँकाे हृदय

अनि, त्याे हृदयले

लेखिरहेकाे थियाे

एउटा कविता प्रेमकाे

....त्याे कविता

जुन सुनेर बाँच्न सकेकाे छ

याे अस्तित्व


म पढिइरहेकाे थिएँ त्यै कालजयी कविता

र,

यही बेला

मलाई तिम्राे याद अायाे ।'


मलाई तिम्राे याद अाइरहन्छ । याे मेराे स्वाभाविकता बनेकाे छ । याे मेराे बानी बनेकाे छ ।


बिहानै उठ्नेबित्तिकै चराले गीत गाउँछ । अाकाशले रङ सजाउछ । प्रकृतिले मन सजाउछ । अनि, म तिमीलाई सम्झिइरहन्छु । मानाैँ- तिम्राे सम्झना नै मेराे जीवनकाे सुरुवात हाे ।


थाहा छैन, जीवनमा जसलाई पाउनुपर्ने हाे, उसलाई पाइन्छ कि पाइँद‌ैन । जसलाई भेट्नुपर्ने हाे, उसलाई भेटिइन्छ कि भेटिँदैन । म तिम्राे अगाडि तिम्राे हिँड्ने बाटाेमा अाजसम्म देखा त परेकाे छैन, तर याे कुरामा केही मिथ्या छैन कि, तिमी जहाँ रहे पनि, मेरा शब्दहरू तिमीतिरै थिए । त्याे बेग्लै कुरा हाे, तिमीले मेरा शब्दहरूलाई माया गर्याै या घृणा !


तर, तिमीलाई पूर्ण अधिकार छ, तिमीले चाहेकाे गर्ने । तिमी म र मेरा शब्दहरू दुबैलाई टेकिदिन सक्छाै । यति हाे, शब्दहरू जति दुख्नेछन्, त्याेभन्दा बढी म दुख्नेछु ।


दुखाइ, जुन मेराे जीवनकाे सास पनि त हाे । म तिमीलाई प्रेम गर्छु भने म दुख्न पनि सक्छु, पूर्णत : ।


के लेखूँ म प्रेमकाे ढुकढुकीमाथि ?

के लेखूँ म प्रेमकाे मुस्कुराउँदाे अाभामाथि ?

के लेखूँ म प्रेमकाे अनमाेल कवितामाथि ?


मेरा निम्ति तिमी पूर्णता हाै । र, म हुँ फगत रिक्तता । त्याे रिक्तताभन्दा अलि बढी विराेधाभास । म एउटा विराेधाभासले तिमी एउटी पूर्णतालाई प्रेम गर्न हुन्थ्याे या हुँदैनथ्याे, मलाई थाहा छैन ।


जीवनमा थुप्रै कुराहरू अाफैँ अाइदिन्छन् । समयकाे कुदाइसँगै । तिमी मतिर अायाै अथवा म तिमीतिर अाएँ, त्याे त मलाई थाहा छैन, तर यति थाहा छ, तिमी जब नजिक अायाै, मभित्रकाे मरेकाे मान्छे पनि उठेर कविता लेख्नथाल्याे । अनि, लेख्नथाल्याे, प्रेम.....फगत प्रेम, तिम्रा निम्ति ।


(सुरुवातझैँ अन्त्य पनि रिक्त-रिक्त हुनपुग्याे) 


साभार : नेपालखबर

Link for Nepalkhabar: https://nepalkhabar.com/literature/191651-2024-2-14-9-21-11?fbclid=IwAR2fR_Abfz2GthiLZMVoAgzCOFbR3mV2BVJCJsYPK1mXRecmdCFEuL_jacA

Comments