अनूदित कविता : जब म जानेछु

डोना आसवर्थ

फागुन १२, २०८० शनिबार

डोना आसवर्थ स्कटिस कवि हुन्। उनका कविता इन्टरनेटमा निकै चर्चित छन्।

लकडाउनको अवधिमा उनको लेखन चर्चामा आएको थियो। त्यसयता उनले ७ पुस्तक प्रकाशित गरिसकेकी छन्।

जसमध्ये ३ पुस्तक उनी आफैँले प्रकाशन गरेका हुन्। उनको पछिल्लो कविता संग्रहको नाम होः वाइल्ड होप।

उनैले लेखेको ‘ह्वेन आइ गो’ कविताको नेपाली अनुवाद बिकेश कविनले गरेका हुन्।

जब म जानेछु
नसिक्नू बाँच्न मबिना नै

बस् सिक्नू बाँच्न मेरो प्रेमसँगै
फरक तरिकाले।
र, मलाई हेर्नु छ तिमीलाई भने
आँखा बन्द गर्नू
अथवा, आफ्नो छायाँमा हेर्नू
जब घाम चम्किनेछ

म त्यहाँ हुन्छु।

बस्नू मसँग मौनतामा, अनि तिमीलाई थाहा हुनेछ
कि मैले बिदा लिएको छैन

बिदाइ सम्भव हुन्न, जब आत्मा मिसिएको हुन्छ अरुसँग।

जब म जानेछु
नसिक्नू बाँच्न मबिना नै
बस् सिक्नू हेर्न मलाई पलहरुमा

म हुनेछु त्यहाँ।

साभार : नेपालखबर 

Comments