साहित्य (सिर्जना-कथा) [लघुकथा] ~ बिकेश कविन

लख्खनलाल कथा लेख्थ्याे । तर उसका कथाहरू कथाजस्ता लाग्द‌ैन थिए । तापनि ऊ तृप्त थियाे । उसले साहित्य पूरै नजानेकाे भए तापनि कसमेकम साहित्यकाे 'सा' जानेकाे थियाे । लख्खनलाल कथा लेख्थ्याे । ऊ खुसी थियाे ।

श्यामसुन्दर कथा लेख्थ्याे । तर उसका कथाहरू कथाजस्ता लाग्दैन थिए । तापनि ऊ तृप्त थियाे । उसले साहित्य पूरै नजानेकाे भए तापनि कमसेकम साहित्यकाे 'हित्' जानेकाे थियाे । श्यामसुन्दर कथा लेख्थ्याे । ऊ खुसी थियाे ।

मिठ्ठुवा कथा लेख्थ्याे । तर उसका कथाहरू कथाजस्ता लाग्दैन थिए । तापनि ऊ तृप्त थियाे । उसले साहित्य पूरै नजानेकाे भए तापनि कमसेकम साहित्यका 'य' जानेकाे थियाे । मिठ्ठुवा कथा लेख्थ्याे । ऊ खुसी थियाे ।

लख्खनलालले 'सा' जानेकाे थियाे । श्यामसुन्दरले 'हित्' र मिठ्ठुवाले 'य' जानेका थिए ।

यसरी एउटा माटाेले साहित्य जानेकाे थियाे । 

Comments