बिकेश कविनका दुई कविता
सिर्जनाकाे बाटाे
सिर्जनाकाे बाटाे
त्यत्ति सरल छैन
त्यत्ति जटिल पनि छैन
सिर्जनाकाे बाटाे
निश्चित छैन
अनिश्चित पनि छैन
अरूले बनाइदिएकाे बाटाे
निजकाे सिर्जनाकाे बाटाे हुनसक्दैन
अरूले पत्ता लगाएका माेड र घुम्तीहरूमा
निजकाे सिर्जना हिँड्नसक्दैन, कुद्नसक्दैन
त्यस्ता बाटाहरूमा
सिर्जनाहरू घाइते हुनसक्छन्
त्यस्ता बाटाहरूमा
सिर्जनाहरूकाे असामयिक मृत्यु पनि हुनसक्छ
सिर्जनाकाे बाटाे
नितान्त एक्लाे सर्जककाे बाटाे हाे
जसकाे निर्माण सर्जकले एक्लै गर्नुपर्छ
हतार गरेर हुँदैन, पर्खनुपर्छ
अस्थिर भएर हुँदैन, धैर्य गर्नुपर्छ
सतहमा बसेर हुँदैन, गहिरिनुपर्छ
सिर्जनाकाे बाटाे
त्यत्ति सरल छैन
त्यत्ति जटिल पनि छैन
पर्खिएपश्चात्, गहिरिएपश्चात्
निरन्तर सिर्जनात्मक सङ्घर्ष गरेपश्चात्
अध्ययन र मिहिनेत गरेपश्चात्
बल्लबल्ल निमार्ण हुन्छ-
सर्जककाे सिर्जनाकाे बाटाे
जुन बाटाेलाई उसले सजाउँछ-
सिर्जनाका फूलहरूले
सिर्जनाका वृक्षहरूले ।
चराहरू
चराहरूका
अलाैकिक गान र सङ्गीत सुनेर
ईश्वर प्रशन्न भएर नै हाे
फूलहरू फुल्न थालेका
रङहरू रङ्गिन थालेका
पुतलीहरू नाँच्न थालेका
जीवनहरू जिउँन थालेका
प्रिय चराहरू,
संसारकाे निरन्तर उडानकाे निम्ति भए पनि
तिमीहरू
गीत गाइरहनू
सङ्गीत गुञ्जाइरहनू
मेरा चिरबिरे साथीहरू,
तिमीहरू नै
प्रकृतिकाे सास हाै
तिमीहरू नै
जगत्काे अाश हाै ।
साभार : बाह्रखरी
Comments
Post a Comment