राजेहाङ (बाल मनाेविज्ञान- कथा) [लघु-गल्प] ~ बिकेश कविन
'टपाईंकाे नाम के हाे ?', फुच्चे राजेहाङले मेरा अलमलाइरहेका अाँखाहरू हेर्दै साेध्याे ।
'रादेहाङ ।', मैले मुस्कानले बाेलेँ ।
'अ......... म पनि रादेहाङ', ऊ पनि मुस्कायाे ।
'रादेहाङ ! मुझकाे ताे निन्जा हताेरी बहुत पसंद अाती है । तुमकाे भी निन्जा टेकनिक अाता है क्या ?', नेपाली बाेल्दा बाेल्दै राजेहाङ मसँग हिन्दीमा बाेल्न थाल्याे ।
एकैछिनमा अाफ्नाे मनाेविज्ञानकाे भाषालाई राजेहाङ मेराे अगाडि प्रस्तुत गर्न थाल्याे । एकैछिनमा मसँग नजिकियाे । गहिरियाे । र, मलाई माया गर्याे अाफ्नाे खुल्ला अनि विराट् अबाेधताले ।
#राजेहाङ #बालमनाेविज्ञानकथा #लघुकथा #बिकेशकविन
Comments
Post a Comment