'तादी किनारको गीत' भित्र बालविवाहविरुद्धको पाइला
“तादी किनारको गीत” भित्र बालविवाहविरुद्धको पाइला
बिकेश कविन
लेखकः महेश पौड्याल
विधाः उपन्यास
प्रकाशकः बुक आर्ट नेपाल
पृष्ठः ९१
मूल्यः २०५
साहित्य एउटा यस्तो शक्तिशाली हतियार हो जुन् बेलाबखतमा बम र बन्दुकभन्दा पनि बढी बिस्फोटक हुन्छ । हरेक दिन बजारमा कइयौँ नुतन साहित्यिक पुस्तकहरू आइबस्छन् तर ती सम्पूर्ण पुस्तकहरूले समाजमाथिको घोर चिन्तनलाई केलाइरहेका हुँदैनन् । ती पुस्तकहरूले समाजको एकदमै अँध्यारो पाटोलाई मध्यनजर गर्दैनन् । हाम्रा समाजका पिछडिएका, भूमीहीन, सीमान्तकृत, सुकुम्बासी आदि इत्यादिलाई मध्यनजर गर्दै कमै पुस्तकहरू लेखिएका छन् तर देशले नदेखेका, बिर्सेका, वास्ता नगरेका, कुरीति र कुसंस्कारहरुको शिकार भइरहेका आदिको विषयलाई प्रमुख बनाएर लेख्नु नै आजको साहित्यको आवश्यकता हो ।
आख्यानकार महेश पौड्यालको उपन्यास “तादी किनारको गीत” ले भने केही हदसम्म समाजको अँध्यारो पाटोलाई नियालेको छ । आख्यानकार पौड्यालले माझी समुदायमा प्रचलित बालविवाहको समस्या र यसले बालबालिकामा पार्ने मनोवैज्ञानिक असरको व्याख्या र विष्लेषण आफ्नो उपन्यासमा एकदमै हास्यव्यङ्ग्य र कारुणिक शैलीमा प्रस्तुत गरेका छन् ।
एकानब्बे पेजको उपन्यास “तादी किनारको गीत” पातलो भएतापनि यो उपन्यासले माझी समुदायमा प्रचलित बालविवाह समस्याको विरुद्धमा आवाज उठाएको छ ।
बुकआर्ट नेपालद्वारा वि.सं २०७२ सालमा यो पुस्तकको पहिलो मुद्रण भएको थियो । गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार २०७१ बाट पुरस्कृत “तादी किनारको गीत” उपन्यास सबै उमेरका पाठकहरूका निम्ति उति नै पठनीय छ । लेखक पौड्यालले यो उपन्यासमा एकदमै सरल र रसिला शब्दहरूको प्रयोग गरेका छन् जसले गर्दा यो पुस्तक पढ्दा कुनै समस्या आउँदैन ।
“तादी किनारको गीत” उपन्यास जम्माजम्मी ३ अध्यायमा विभाजित छ । पहिलो अध्याय सपनाः घरभित्रको, दोस्रो अध्याय सपनाः अज्ञात क्षितिजतिर र तेस्रो अध्याय सपनाः आँगनका रहेका छन् । बुधनी, लखुम, दुखिनी, माझिबा, जानुकी, माबु, बिकवा, मालश्री, कुमार आदि यस उपन्यासका पात्रहरू हुन् जसमध्ये लखुम सबैभन्दा प्रमुख पात्र रहेको पाइन्छ ।
“तादी किनारको गीत” उपन्यास पढ्दैगर्दा कहिले हामी लखुमको सुन्दरता देखेर मोहित हुन्छौँ त कहिले दुखिनीले लखुमप्रति देखाएकी माया देखेर मन्त्रमुग्ध र मख्ख पर्छौँ । उपन्यास पढ्दैगर्दा हामी आफैँ त्यहाँका पात्रहरु हौँ कि जस्तो पनि लाग्छ । उपन्यासमा लखुमलाई मुख्य पात्र बनाएको छ। लखुमकी आमा बुधनी नदीमा गएकी बेलामा लखुमको जन्म भएको हुन्छ । ऊ एकदम सुन्दर हुन्छ र जो कोहिँले पनि उसलाई माया गर्छन् । सानैदेखि ऊ माछा मार्नमा खप्पिस हुन्छ । त्यहाँका कयौँले उसलाई प्रेम गछन् तर लखुमले भने कसैलाई पनि प्रेम गर्दैन । सानैमा उसको विवाहको बोल जानुकीसँग गाँसिदिएको हुन्छ तर जानुकीले लखुमलाई मन पराएता पनि लखुमलेचाहिँ जानुकीलाई मन पराउँदैन । पछि एउटा मेलामा लखुमले सबैभन्दा ठूलो र आकर्षक माछा मार्छ र त्यहीँ मेलामा उसलाई दुखिनीसँग प्रेम हुन्छ । केही दिनपछि उनीहरूको विवाह हुन्छ ।
लखुम दिनभरि नदीमा डुङ्गा खियाएर अनि माछा मारेर पैसा कमाउँन थाल्छ । तर जब डुङ्गाको ठाउँ मोटर बोटहरूले लिन्छन्, लखुम र लखुमजस्ता माझीहरूको उठिबास हुन्छ । तिनीहरूले अर्कै उपाय खोज्न थाल्छन् । पछि लखुमको छोरो बिकवा जन्मिन्छ । लखुम नुवाकोट सरेपछि बिकवाको साथी मालश्री हुन्छे । बिकवा र मालश्रीको पनि विवाह सानैमा गाँसिइसकेको हुन्छ ।
नयाँ ठाउँमा लखुमले राम्रै कमाउन थाल्छ । दुखिनीको धरहरा देख्ने सपना भने २०७२ शालको भूकम्पसँगै चकनाचुर हुन्छ । बिकवा र मालश्री भने एकआपससँग लेखिरहन्छन् । यी अबोध दुई बालबालिका पनि एकअर्कासँग विवाह गर्न चाहन्छन् तर नदीले धूपीको रुख बगाएसँगै यी अबोधहरूको प्रेमको कथा पनि समाप्त हुन्छ अनि त्यसपछि माझी गाउँमा सानैमा विवाह गरिदिने परम्परा र कुरीति सदाको निम्ति सखाप हुन्छ, त्यो बगेको धूपिको रुखझैँ ।
यसरी आख्यानकार महेश पौड्यालले “तादी किनारको गीत” उपन्यासद्वारा समाजको एउटा समस्याको (बालविवाह) अन्त्य गर्ने प्रयत्न गरेका छन् । आख्यानकार पौड्याल आफैँमा एउटा कुशल समीक्षक र समालोचक हुन् र उनको धेरैजसो कृतिमा कुनै न कुनै नुतन सोच र धारणाको विश्लेषण गरिएको हुन्छ ।

Comments
Post a Comment