'फालेलुङ् र काबेली बजार' भित्रको चित्र
-बिकेश कविन
'फालेलुङ र काबेली बजार' भित्रको चित्र
कवि: सन्तोष थेबे
प्रकाशक: मोती संस्मरण समिति, धरान
पृष्ठ: 72
मूल्य: रु.150
कविताको खास आशय के हो? कविता किन कविले कोर्न रुँचाउछन्? कविता र मुन्छेको मनोभावना कसरी समान छन्? कविले कविता लेखेर के पाउँछ? कविता किन लेखिएका छन्? यी यावत् प्रश्नहरुका समान जवाफ आजसम्म हामीले पाएका छैनौँ। धेरै कविहरुसँग यी प्रश्नहरुका उत्तर नै नहोला। केही कविसँग यी प्रश्नहरुका जवाफ भएता पनि ती उत्तरहरु भने असमान होलान्। त्यसैले यो यथार्थमा ठोकुवा गर्न सकिन्छ कि आजसम्म कविताको मूख्य तात्पर्य ज्ञात नभएर नै कविहरु कविता लेखिरहेछन्। कवि नवराज पराजुली जसले भर्खरै आफ्नो कवितासङ्ग्रह 'सगरमाथाको गहिराइ' को लागि पद्मश्री साहित्य पुरस्कार पाएका थिए, उनले भनेका छन्,"जुनदिन मलाई कविताको आशय अवगत हुन्छ, त्यो दिनदेखि म कविता लेख्न बिलकुल बन्द गरिदिन्छु।"
पूर्वी नेपाल, नेपाली साहित्यकारहरुको भण्डार नै हो भन्न कुनै सङ्कोच नहोला। यहाँका साहित्यकारहरुको लेखनीमा नुतनपन पाइन्छ। यसैगरी पूर्वका एक सशक्त कवि हुन्- सन्तोष थेबे।
'फालेलुङ र काबेली बजार' कवितासङ्ग्रहका रचयिता/कवि सन्तोष थेबे हुन्। उनी पचासको दशकमा रङ्गमञ्चमा उदाएका एक कुशल रङ्गकर्मी हुन्। चालिस सालदेखि नै कविति लेख्न थालनी गरेका कवी सन्तोष थेबेको कवितासङ्ग्रहमा ती कालदेखि लिएर 2072 सालसम्म लेखिएका उनका कविताहरु रहेका छन्। उनका कविताहरुमा पर्वी नेपालको पहाडी क्षेत्रको रहनसहन, त्यहाँका प्राकृतिक सुन्दरता, बजारिकरण, त्यहाँका दु:खपीडा, भोक, शोक र रोग आदि इत्यादि समेटिएका छन्। कवि थेबेले आफ्नो कवितासङ्ग्रह 'फालेलुङ र काबेली बजार', आफ्नी पत्नी सुमन अनि छोरीहरु नुमा र इमालाई समर्पित गरेका छन्।
"देखाएको कुराबाट नजर भाग्दो रहेछ
लुकाएको कुरामा नजर लाग्दो रहेछ।"
कवि सन्तोष थेबेको कवितासङ्ग्रहमा जम्माजम्मी 21 वटा कविताहरु छन्। कविताहरु छोटादेखि लिएर लामालामासम्म रहेका छन्। 'ट्रयांकुलाइजरको समाधिबाट 2' शीर्षकको फालेलुङ र काबेली बजार' भित्रको कविता नै झन्डै आठ पेज लामो छ। उनका कविताहरु पढ्दा हामीलाई बीचबीचमा ब्रेक लगाउनुपर्ने अवस्था पनि आउँछ किनभने उनका कविताहरुमा चित्र कोरिएझैँ आभास हुन्छ। हरेक कविताले हाम्रो मनमस्तिष्कमा एउटा प्रकारको चित्र कोरिदिन्छ जसले गर्दा कविताहरु जीवन्त देखिन्छन्।
कवि थेबेले मुन्छे र प्रकृतिको समानता यसरो चित्राङ्कन गर्ने प्रयत्न गरेका छन्-
यहाँ
एउटा मान्छे
प्रत्येक बिहान घाम उदाउँदा
रातभरिको चिसो चरक्क चर्किन्छ
र, प्रत्येक साँझ घाम अस्ताउँदा
दिनभरिको तातोले प्याट्ट फुट्छ
किस्तामा
टुक्रामा
यहाँ यसरी एउटा मान्छे बाँच्ने गर्छ
यहाँ यसरी एउटा मान्छे सकिने गर्छ।
रङ्गमञ्चबाट साहित्यतर्फ अग्रसित भएका कवि सन्तोष थेबेले कविताको क्षेत्रमा पनि उत्तिकै ख्याति प्राप्त गरेका छन्। उनका कविताहरु शक्तिशाली छन्। उनको कवितामा उनले भोगेका घटनाहरुलाई सम्प्रेषित गरिएको छ। धरानको सेरोफेरोलाई लिएर पनि उनले कविता लेखेका छन्। उनको कवितामा प्रेम, पीडा, भोक, अत्याचार, शोक, समवेदना आदि इत्यादि पाइन्छ। उनका केही कविताहरु जटिल रहेका छन् र बुझ्न केही समय लाग्ने किसिमका रहेका छन्। उनका कविताहरूमा अभावभन्दा माथि उठेका आशावादी किरणहरु पर्याप्त मात्रामा पाइन्छन्। कवि बम देवानले यस कवितासङ्ग्रहमाथि भूमिका लेखेका छन्।
कवि सन्तोष थेबे यसरी आफ्नो कवितामा शब्दहरु कुदाउछन्-
कुनै बेला
दुइटा मन
ठ्याप्प जोडिएर एउटै हुँदा
म तिमीलाई सपना, विपना जताततै देख्थेँ।
आजकल
खै कुन्नि के भएर हो
मन दुई फप्लेटो भएर फुटेको छ
विपना त के
तिमीलाई सपनामा पनि देख्दिनँ
थुइक्क!
सपना पनि मतलबी हुँदो रहेछ।

Comments
Post a Comment