चार कोठे विशाल राजमहलको यात्रा

- चार कोठे विशाल राजमहलको यात्रा
-बिकेश कविन

        प्यारी, मलाई ज्ञात छ कि तिमी मलाई उ: पर दूर नभमा तैरिरहेका र रिसले चुर भएर काली भैइरहेका जल बोकेर म निर आउन खोजिरहेका काली र सेती बादलका पछाडि नुकेर हेरिरहेकी छाैैं। मउपर बर्सिन खोजिरहेकी छ्यौं र आफ्नाे स्पर्श गराउन खोजिरहेकी छ्यौं। आफ्नाे हौसित र मीठा अदृश्य चुम्बनले मेरा गाला, निधार, आँखा, नाक, ओठ, इत्यादी रङ्गाउन खोझिरहेकी छ्यौं। मलाई ज्ञात छ प्यारी।

     
             प्यारी, मलाई अवगत छ कि तिमी द्रुत समीरसँगै मेरो सास भएर ,मेरो नाकका दुई प्वालको महामार्ग (हाइवे) लाई पन्छाउदै मेरो पाइपजस्तो अर्थात् भनौँ नलीझैँ लाग्ने मेरो घाटीमा थकाई मार्दै । अझ् भनौँ, थकाई मारेर फेरि आनन्दित हुँदै मेरा एकएक रक्तहरुसँग र तीभित्र लुकिडुम खेलिरहेका आर.बि.सि, दब्लु.बि.सि , प्लेटलेट्स इत्यादिलाई लोभ्याउदै र मेरा मसिना नसाहरुलाई साथी बनाउदै र पुन: ठाउँ-ठाउँमा बटुवाझैँ थकान मारेर हर्षविभोर भएकी वनका कस्तूरीझैँ उफ्रिदै , र मेरा टिस्युज अनि सेल्स सँग मेरा चार कोठे विशाल राजमहल ( मेरो मुटु; दिल ) को ठेगाना खोजिरहेकी छ्यौं। मेरो सास कता पो जाने हो भन्ने देख्न अर्थात भनौँ मेरा O2 (अक्सिजन) र CO2 (कारबनडाइअक्साइड) बीचको परिवर्तनीय रोचक खेल देख्न तिमी खोजिरहेकी छ्यौं। मलाई थाहा छ , प्यारी।


           प्यारी, मलाई ज्ञात नभएको होइन। मलाई ज्ञात छ कि तिमी थाकी-थाकी पनि थाकिरहेकी छैनौं। तिम्रो सास अलविदा हुन खोज्दा नि मेरोप्रतिको तिम्रो अजर आशले तिमीलाई अझ धेरै सास प्रदान गरिरहेको छ । बस्, तिमी सररर बग्ने पीयूषमय खोलीजस्ती भएर आफ्नााे गन्तव्य तर्फ बगिरहेकी छ्यौं। तिम्रो गन्तव्य त्यही चार कोठे विशाल राजमहल (मेरो मुटु;दिल) हो भन्ने मैले बिर्सिएर म अनभिज्ञ भएको होइन। मुलाई सब ज्ञात छ, प्यारी।


              प्यारी, मलाई तिम्रो हर चालढाल अवगत नभएको होइन। मलाई ज्ञात छ कि , तिमी आफ्नु गन्तव्यमा पुग्नको निम्ति घोर सङ्घर्ष गरिरहेकी छ्यौं। मेरो काेष मा भएको निउक्ल्यस भित्रको डि.एन.ए - आर.एन.ए र ती भित्र रहेका डि.एन.ए - आर.एन.ए का आफन्तजनहरुसँग , तिमी आफ्नाेे गन्तव्यको नक्सा (म्याप) देखाएर बहुत आशा र कर गरिरहेकी छ्यौ, चार कोठे विशाल राजमहल (मेरो मुटु; दिल) पुग्नको निम्ति । प्यारी, तिम्रो गन्तव्यको रहस्यमय मार्ग गुगल मेप (गुगल म्याप) लाई नि ज्ञात छैन । त्यसैले तिम्रो घोर सङ्घर्षको निन्दा गर्नु ममाथि नै स्वयम् गरिएको विशाल पाप हुनेछ। म तिम्रो हर पाइलाको कदर गर्नेछु। तिमी थाकी-थाकी नि नथाक्ने मेरी प्यारी हौ। मलाई थाहा छ।


           जीवनको कठोर सङ्ग्राममा भोक र शोक, चिन्ता र दुख, घाम र पानी, काँडा र घाउ, इत्यादी सँग चुनौति लिएर र ती चुनौतिहरुलाई जितेर , आज तिमी आफ्नाे गन्तव्यमा पुग्न सफल भएकी छ्यौं। आज तिमी चार कोठे विशाल राजमहल (मेरो मुटु; दिल) पुग्न सफलतालाई नि जितेर सफल भएकी छ्यौं। तिम्रो कदर गर्न सायद शब्दकोशका शब्दहरूले नपुग्ने भए अब। प्यारी, तिमी सफल भयौं र तिम्रो सफलताको रहस्यमय कथा मलाई ज्ञात छ। धन्य, मेरी प्यारी। मेरी शेहजादी ।

Comments