'बुद्धिसागरका कविता' भित्रका बुद्धिसागर
'बुद्धिसागरका कविता' भित्रका बुद्धिसागर
(बिकेश कविन)
कवि=बुद्धिसागर
प्रकाशक= फाइनप्रिन्ट बुक्स
पृष्ठ= 112
मूल्य= रु 199
सबै मुन्छे आफैँमा कवि हुन्छन् रे! कारण, कल्पना गर्ने क्षमता सबैमा हुन्छ। बस् यत्ति फरक छ कि कोहीँ अस्थायी कवि हुन्छन् भने कोहीँ सदावहार कविता बुन्न रुचाउने स्थायी कवि हुन्छन्। सबैभन्दा बढी अझ कल्पना गर्ने क्षमता लालाबालामा हुन्छ जो एकैक्षणमा घरी सूर्यमा बसेर पापा खाइरहेका हुन्छन् भने एकैक्षणमा हावामा चराजस्तै उडिरहेका हुन्छन्। तर अबोधपन र अज्ञानताको कारणवश बालबालिकाले कविता त सोच्न सक्छन् तर त्यसलाई शब्द र हरफमा उतारेर जीवन्त पार्न सक्दैनन्।
हामीले आफ्नो जीवनमा जे भोगेका थियौँ/भोगिरहेछौँ अर्थात् हामीले बाल्यकालदेखिनै हाम्रो मनमस्तिष्कमा अटाएका विविध सम्झनाहरु, घटनाहरु, दुखेसोहरु, पीडाहरु, खुसीहरु, अत्याचारहरु जो छन्, ती सम्पूर्णलाई नै हामी कविताको माध्यमले जीवन्त बनाउने प्रयत्न गर्छौ। त्यसैले कविता भन्नु फगत अक्षरहरुको कुम्भ मेला नभएर ती हाम्रै जीवन हुन्छन्। हाम्रै मेमोरो हुन्छन्। हाम्रै बिताइएका/भोगिएका सुखद् या दुखद् पर हुन्छन्। अर्थात् कविता भन्नु हाम्रै जीवनको दस्तावेज न हो।
उपन्यासपछि नेपाली कविताको क्षेत्रमा एन्ट्री गरेका लेखक तथा कवि बुद्धिसागरले 'बुद्धिसागरको कविता' छापेको पनि लगभग दशक नै हुन लाग्यो। 'कर्नाणी ब्लुज', बुद्धिसागरको पहिलो उपन्यास हो। 'फिरफिरे' पनि उनकै कृति हो। 'बुद्धिसागरका कविता' कवितासङ्ग्रहमा बुद्धिसागरले निजले बिताएका कैलालीको बाल्यकाल, आफ्नो शैशवकालका बन्धुहरु, आफूले नियाँलेको राजनीति, प्रेम, मनोभावना, परिवार, काठमाडौँको वास्तविकता आदि इत्यादिमाथि कविता लेखेर उनले भावी जेनेरेसनलाई आफ्नो बिगत सुम्पिदिएका छन्। एकदमै सरल शब्दहरुको प्रयोग गरिएको 'बुद्धिसागरका कविता' कवितासङ्ग्रह फाइनप्रिन्ट बुक्सले प्रकाशन गरेको हो। यो कवितासङ्ग्रहको पहिलो मुद्रण 2064, वैशाखमा गरिएको थियो। जम्माजम्मी 112 पृष्ठ भएको यो कवितासङ्ग्रहको मूल्य रु. 199 रहेको छ।
कवि बुद्धिसागरले आफ्नो कवितासङ्ग्रह 'बुद्धिसागरका कविता' आफ्नी आमालाई समर्पित गरेका छन्। यो कवितासङ्ग्रहमा जम्माजम्मी 6 वटा अध्याय रहेका छन्। ती यसप्रकार रहेका छन्:
- म त्योचाहिँ थिइनँ: 10 वटा कविता
- जानुभन्दा पहिले: 10 वटा कविता
- आमा र आकास: 6 वटा कविता
- बाको चिठी: 8 वटा कविता
- कालिगढ: 1 वटा कविता
कवि बुद्धिसागरले आफ्नो कवितासङ्ग्रहमा देश बन्न के-के कुराको आवश्यकता पर्दछ भनि आफ्नो मास्टर सापलाई प्रश्न गरेका छन्।
मास्टर साप,
देश हुनलाई के-के चाहिन्छ?
राष्ट्रिय झन्डा?
राष्ट्रिय गीत?
राष्ट्रिय भाषा?
अनि संविधान?
लेखक तथा कवि बुद्धिसागरले देशको वास्तविक तात्पर्य आफ्नो कवितासङ्ग्रह 'बुद्धिसागरका कविता' मा खोजेका छन्।
यो देश भनेको के हो?
सिंगो पृथ्वीको अंशबण्डा?
बुद्धिसागरले 'बुद्धिसागरको कविता' मा प्रेमिल कविताहरु पनि लेखेका छन्।
लौ, झिम्कायौ परेली तिमीले
सायद,
कतै ब्रम्हाण्डले कोल्टे फेर्यो
र, छाया पर्यो मेरो अनुहारमा।
यस कवितासङ्ग्रहको पहिलो अध्याय 'म त्योचाहिँ थिइनँ' मा कविले विशेषगरी देश, समाज, जनता, नेता आदिमाथि कविता कोरेका छन्। कविले नेपाली जनताले युगौँदेखि सहिआएका राजनीतिक शोषण र शोलामाथि ठूलो झटारो छन्। कविले फगत सिङ्गो देश होस् ना कि टुक्रिएको संसार भनेर आफू आशावादी भएका छन्।
दोस्रो अध्यायमा प्रेम, प्रकृति र राजनीतिलाई समानता गरी नियाँल्ने प्रयत्न गरिएको छ। कविताको माध्यमले र प्रेमको स्पर्शले सारा सृष्टि सकरात्मक बनोस् भन्ने कविको आकाङ्क्षा सजिलै बुझ्न सकिन्छ।
'बुद्धिसागरका कविता' को तेस्रो अध्यायमा आमा र प्रकृतिमाथि कविता कोरेर आमा र सन्तानबीचको आत्मीयतालाई प्रस्तुत गरिएको छ र नुतन युगको खोजी गरिएको छ। मुन्छेका चेतनालाई सुमधुर काइदाले प्रस्तुत गरिएको छ।
चौथो अध्यायमा कवि बुद्धिसागरले विशेषगरी विविध भौगोलिक क्षेत्रहरुलाई केन्द्रमा राखेर कवाता बुनेका छन्। कविले आफू जन्मिएको थलो कालिकोटमाथि पनि र 'बा' माथि पनि कविता लखेर आफ्नो बिगत बचाएका छन्।
पाँचौ अध्यायका कविताहरुमा मुन्छेको विचार साथसाथै मनोभावनाहरु प्रस्तुत गरिएको छ।
छैठौँ अर्थात् 'बुद्धिसागरका कविता' कवितासङ्ग्रहको अन्तिम अध्यायमा आशावादी कविताहरु रहेका छन्।
कवि बुद्धिसागरले सम्पूर्ण नेताहरुको हिसाब-किताब गर्ने प्रयत्न गरेका छन्। उनले नेपालका सांसदमाथि सुन्दर काइदाले व्यङ्ग्य गरेका छन्।
सिंहदरबारबाट सांसदहरु होइन
मान्छेहरु बाहिर निस्कनेछन्
अब यस्तो दिन आउनेछ।
लेखक तथा कवि बुद्धिसागरले फलत: सबै किसिमका कविताहरु आफ्नु कवितासङ्ग्रहमा प्रस्तुत गरेका छन्। यी कविताहरौ सबै उमेरका पाठकले सजिलै पढ्न सक्छन्। अन्त्यमा 'म पनि डराउँछु.........., कतै बिर्सिइन्छु कि.....' शीर्षकको लेखबाट यो कवितासङ्ग्रहको समाप्ति गरिएको छ।
कवि बुद्धिसागर आफ्नु कवितामा बिम्ब प्रस्तुत गर्छन्।
जाऊँ त कसरी जाऊँ
हिँडेर कहिल्यै नसकिने बाटाहरु छन्
उक्लेर कहिल्यै नसकिने पहाडहरु छन्
यी दुवै हत्केलाभन्दा धेरै चाख्लो आकास छ
कहिले बन्ला त्यो झोलुंगे पुल
जहाँबाट दगुरी-दगुरी पुग्न सकूँ म अर्को कुनै
नौलो ब्रम्हाण्ड।
तर जानु त छँदैछ
तिम्रा चम्किला आँखाहरुभन्दा धेरै पर
सयौँ फूल मग्मगाएजस्तो तिम्रो सुगन्धभन्दा
अझ पर
तिमीभन्दा पर
झन् पर
पर..........।

Comments
Post a Comment