यसरी म तिमीलाई प्रेम गर्छु (कविता) ~ बिकेश कविन ['शारदा' साहित्यिक पत्रिकाकाे अङ्क ५, पूर्णाङ्क १२५, वि.सं २०८१ भाद्रमा प्रकाशित]

मेराे जीवनकाे घामले

तिमीलाई पाेल्छ कि भनेर

म हटिदिएँ

तिम्राे जीवनकाे अाकाशबाट 


मेराे जीवनकाे हावाले

तिमी निस्सासिन्छाै कि भनेर

म हटिदिएँ

तिम्राे जीवनकाे पर्यावरणबाट


मेराे जीवनकाे काँडाले

तिमीलाई क्रूरतापूर्वक घाेच्छ कि भनेर

म हटिदिएँ

तिम्राे जीवनका तमाम बाटाहरूबाट


तिमीलाई दु:ख लाग्छ कि भनेर

मैले बाेल्न छाडिदिएँ तिमीसँग

तिमीलाई चाेट लाग्छ कि भनेर

मैले सुनाउन छाडिदिएँ तिमीलाई

अाफ्ना कथा-व्यथा 

अनि, मैले सुन्न छाडिदिएँ

तिम्रा अद्भूत गीत-गजल

तिमीलाई पीडा हुन्छ कि भनेर

मैले हेर्न छाडिदिएँ तिमीलाई

अनि, छाडिदिएँ उभ्याउन अाफूलाई

तिमीसम्मुख


किञ्चित् दुखाउनु थिएन तिमीलाई

किञ्चित् रुवाउनु थिएन तिमीलाई 


मेराे जीवनकाे अागाेले 

तिमीलाई पाेल्छ कि भनेर

म निभिदिएँ सधैँका निम्ति


मेराे जीवनकाे तलाउले

तिमीलाई चिमाेट्छ कि भनेर

म सुकिदिएँ सदा-सदालाई


मेराे जीवनकाे पहाडले

तिमीलाई लडाउला कि भनेर

म पूर्णत : फुटिगएँ सधैँका निम्ति


तिमीसँग प्रेम गर्नु थियाे मलाई, जसरी पनि

र, साेच्नु थियाे तिम्राे बारेमा

कि के चाहन्छ तिम्राे हृदयकाे ढुकढुकीले

र, कसरी हुन्छाै तिमी खुसी


तिम्राे हृदयकाे बाेलीलाई सुन्दै

म हटिदिएँ तिम्राे संवेदनाकाे छायाँबाट

ता कि तिमीलाई कदापि नपाेलाेस्


यसरी म तिमीलाई प्रेम गर्छु । 

© बिकेश कविन

साभार : 'शारदा' साहित्यिक पत्रिका, अङ्क ५, पूर्णाङ्क १२५, वि.सं २०८१ भाद्र 



Comments

Post a Comment