हिन्दी कवि राकेश राेहितका १५ नेपाली अनूदित कविता । अनु. बिकेश कविन
१) मैले ऊसँग कुरा गरेँ
मसँग भन्नलाई केही थिएन
अनि सुन्नलाई न काेही
मैले देखेँ मेराे अाँखामा
एउटा अाँसु झुन्डिरहेकाे थियाे
मैले ऊसँग कुरा गरेँ
ऊ शनै:शनै बहन थाल्याे ।
२) म ऊसँग भेटेँ एकदिन
म ऊसँग भेटेँ एकदिन
जसलाई कसैले हासिरहेकाे देखेन
एक विश्वप्रसिद्ध पेन्टिङमा उसका
मुस्कुराहटका विम्बहरू छन्
मैले एकदिन उसका बन्द अाँखालाई चुमेकाे थिएँ
त्याे अँध्याराेमा माेति बर्सिने रात थियाे ।
३) तिम्राे नामकाे शब्द
जब कि तिमीले मलाई बिर्सिगएकी छाै
डायरीकाे कुनै पन्नामा
समय अहिले पनि उभिरहेकाे छ ।
हिजाे जूनकाे नजिक
एक्लै चम्किरहेकाे थियाे तिम्राे नामकाे शब्द
तिमी पढ्नू
मैले त्यसलाई कवितामा उतारेर ल्याएकाे छु ।
४) चरा, झरी, सपना र रुख
घाममा बसिरहेका चराहरूलाई
झरीकाे सपना अाउँछ
एकदिन सपनामा झरी पर्छ
अनि फर्किन्छन् चराहरू रुखमा !
५) कविता अनि प्रेम
हरेक नयाँ शब्द
नयाँ पर्दा हाे सत्यलाई लुकाउनका निम्ति ।
सात पर्दामा लुकेकाे भाषालाई
म बाहिर ल्याउँछु कवितामा
म कविता गर्दछु, जब म भन्दछु-
म तिमीलाई प्रेम गर्दछु ।
६) तिम्राे यादजस्ताे कलरव
एउटा चरा रुखमा बसेकाे छ
एउटा याद मेराे मनमा छ
थाहा छैन अावाज कसकाे अाउँछ ?
थाहा छैन याे कलरव कसकाे हाे ?
७) फूल हाँसिरहेकाे थियाे
उसले साेधी- 'के तिमी हाँसिरहेका फूलहरूलाई देखिरहेका छाै ?'
मैले भनेँ- 'म त तिमीलाई हेरिरहेकाे छु
अनि फूल हाँसिरहेका छन् ।'
८) याे संसारमा छल
याे संसारमा फगत छल चम्किने गर्छ
अनि तिम्रा अाँखा यसकारण चम्किने गर्छ
किन कि मलाई छल्ने गर्छ
ती निश्छल अाँखा !
९) माटाेमा लुकेकाे कविता
तपाईं कहाँ मेराे हृदयले भनेकाे मान्नुहुन्छ ?
माटाेमा लुकेकाे कविताकाे रहस्य केवल फूल जान्दछन् !
१०) बस्न लायक याे संसार
केही कथाहरूले हामीलाई मान्छे बनायाे
केही कविताहरूले उदासीमा थाम्याे हात
संसार यसै भएन बस्ने लायक
युगाैँदेखि,
सुन्दर फूलहरूकाे बिरुवा बचाउँदै अाएका छन् केही मानिस ।
११) प्रेमकाे अनुवाद
जब नष्ट भइरहेकाे हुनेछ सबै कुरा
अनि दिन अन्तिम हुनेछ सृष्टिकाे
मेरी माया, तिमी मलाई प्रेम गरिरहनू !
......किन कि याे प्रेम नै हाे
जसकाे कविता हरेक भाषामा अनुवाद
अाशाकाे जसरी गर्ने गर्छ ।
१२) कठपुतली अनि कहानी
के तपाईंले कहिल्यै कठपुतलीकाे नाच देख्नुभएकाे छ ?
चमकदमक अनि रङहरूले सजिएका
मञ्चमा नाँच्ने गर्छन् उनीहरू,
तर उनीहरूकाे भित्र कुनै कथा हुर्किँदैन ।
उनीहरू, जसकाे भित्र कुनै कथा हुर्किँदैन
कठपुतली बनिजाने गर्छन् !
१३) कविता छ त्यसैले
कविता छ
त्यसैले बाँचिरहेका छन्
केही मान्छे
नत्र उनीहरू रहने थिएनन्,
रहने थिएनन्,
रहने थिएनन् !
१४) खुसीकाे पेन्सिल
एकदिन एउटा बच्चाले मसँग
बडाे अबाेध प्रश्न गर्याे-
'जुन पेन्सिलले हामी
खुसी लेख्नसक्छाैँ
त्यसले हामी
दु:ख कि लेख्छाैँ ?'
१५) दुई शब्द
दुईटा मात्र शब्द छन् संसारमा !
एक जुन तिमी भन्दछाै,
एक जुन म लेख्दछु !!
© राकेश राेहित, भारत
अनुवाद : बिकेश कविन
------------------------------------------------
१९ जून १९७१ मा भारतकाे बिहार राज्यकाे जमालपुरमा जन्मिएका कवि राकेश राेहितले भाैतिकीमा स्नातकाेत्तर गरेका हुन् । कविता, कथा, समालाेचना अादि क्षेत्रमा अाफ्नाे बलियाे कलम चलाउने उनकाे पहिलाे कथा 'शहर में कैबरे' 'हंस' पत्रिकामा प्रकाशित भएकाे थियाे । उनकाे अालाेचनात्मक ग्रन्थ '
हिन्दी कहानी की रचनात्मक चिन्ताएँ (१९९२)' प्रकाशित छ ।
कवि राकेश राेहित भारतका एक क्रियाशील साहित्यकारका रूपमा स्थापित छन् । मूलत: हिन्दी भाषामा लेख्ने यी कवि अाफ्ना कवितामा विशेषत: प्रेम, प्रकृति, भावना, कला, अनुभूति, दृष्टिकाेण, करुणा इत्यादि मिहिन रूपमा प्रस्तुत गर्ने गर्दछन् । चराहरूकाे गीत सुन्नसक्ने, नदीकाे अावाज बुझ्नसक्ने, प्रेमकाे रङ नियाल्नसक्ने, झरीका थाेपा-थाेपासँग संवाद गर्नसक्ने अद्वितीय खुबी बाेकेका अनि पर्या-चेतलाई गहिराेगरी बुझेका कवि राकेश मानवीय संवेदना एवम् वातावरणीय चिन्तन र साैन्दर्यका अनेक पाटाहरूलाई काव्यिक उज्यालाेले भर्न खप्पिस छन् । कला र विचार अनि हृदय र मस्तिष्ककाे सन्तुलित मिश्रण पाइन्छ उनका कविताहरूमा जसले गर्दा पाठकहरू सजिलै यिनका फरक शैलीका अनि विशिष्ट एवम् स्वादिला कविताहरूप्रति अाकर्षिक हुन्छन् ।
कवि राकेश राेहितका हिन्दी कविताहरू समकालीन हिन्दी कविता जगत् साथै नेपाली पाठकहरूमाझ पनि प्रिय बनिरहेका छन् ।
प्रकाशन : अनलाइनखबर, २०८१, भदाै २९
Comments
Post a Comment