तिमी भन्थ्याै- 'जीवन अाख्यान हाे' (कविता) ~ बिकेश कविन (वाचनसहित)
तिमी भन्थ्याै- 'जीवन अाख्यान हाे'
र,
म
अाख्यानकै कुनै चुलबुले पात्रजसरी
अाइरहन्थेँ
तिम्राे जीवनमा
तिमीलाई दिक्क पार्न
लाग्थ्याे- 'तिमी खुसी हुनेछाै'
तर, मेराे विचार सधैँ रहन्थ्याे विपरीत
तिमी जति दु:खी हुँदैजान्थ्याै
म त्यति नै निसासिइरहन्थेँ
निस्सासिनु मेराे मूल भूमिका हाे
निस्सासिनु मेराे मूल पात्रता हाे
(मसँग अाख्यानकाे कुनै पात्र हुने पनि हैसियत थिएन, वास्तवमा)
पात्रकाे मनाेविज्ञान हुन्छ
उसकाे कथन हुन्छ
उसकाे लय हुन्छ
तर, मेराे ?
अहाे ! कति-कति विराेधाभाष छन् मसँग !
म अगाडि हिँड्नखाेज्छु
तर, पुग्छु निकै पछाडि
म समाउनखाेज्छु तिमीलाई
तर, पुग्छु पातालभन्दा तल
अाख्यानमा पनि किन हुन्छ यस्ताे ?
अाख्यानमा पनि किन दुख्छ यति ?
भन्छन्, अाख्यानकाे हृदय हुँदैन
भन्छन्, अाख्यानकाे संवेदना हुँदैन
कति निष्ठुर छन्, यहाँ हुनेहरू
'वास्तै गर्दैनन् हामीजस्ता नहुनेहरूकाे'
अाख्यानकाे पनि हुन्छ हृदय
अाख्यानकाे पनि हुन्छ संवेदना
र त म दुखिइरहन्छु
एउटा पात्र भएर
पात्र- जाे 'रहे' पनि हुन्छ
पात्र- जाे 'नरहे' पनि हुन्छ
पात्र- जसलाई तिमी सम्झिन पनि सक्छाै
पात्र- जसलाई तिमी बिर्सिन पनि सक्छाै
पात्र, एउटा उपस्थिति हाे
पात्र, एउटा अनुपस्थिति हाे
बुझ्नेले बुझिदिनुपर्छ- पात्रकाे पनि अावाज हुन्छ
र, उसकाे अावाज सधैँ नाजायज हुँदैन
हरेककाे अधिनमा हरेक कुरा छन्, याे साँचाे हाे
तर, सधैँ हरेक कुरालाई अधिनमा राख्न नसकिँदाेरहेछ
जस्ताे कि- मेराे हृदय
याे उफ्रिइरहन्छ कुनै बालकजसरी
र, पुगिइरहन्छ
एक्लै-एक्लै
तिम्राे घरकाे ढाेकासम्म
र, तिमी अाउछाै कि भनेर
पर्खिइरहन्छ बाहिर नै
गरूँ त म पनि के गरूँ !
बुझ्दछु म सबै कुरा
तर, मैले कहिलेकाहीँ अाफ्नाे हृदयलाई पनि त बुझिदिनुपर्छ
कति पिट्नू याे हृदयलाई !
कति थुन्नू याे हृदयलाई !
हुन त- हृदय र याे अाकाश एकै हाे
जसलाई जे गराैँ, थुन्नसकिन्न
अनि, सकिन्न अाफ्नाे मुठीभित्र कैद गर्न
अाफ्नाे भूमिकाप्रति म बफादार नै छु
मभित्र कुनै त्यस्ताे छलकपट छैन
म कुनै हालतमा बिथाेलिदिनसक्दिनँ अाख्यानलाई
हुन त, त्यस्ताे म भुलेर पनि साेच्नसक्दिनँ
तिमी भन्थ्याै- 'जीवन अाख्यान हाे'
कुनै शङ्का छैन, तिम्राे विराट् अवधारणामाथि
म मान्दछु- 'जीवन अाख्यान हाे ।'
© बिकेश कविन
साभार : e-कविता, nepa-laya, Nepalaya Publications





Comments
Post a Comment