जीवन चिन्तन, जीवन अनि जीवन चिन्तन (निबन्ध) ~ बिकेश कविन

१)
माैनता के हाे ? हाेहल्ला के हाे ? रङ के हाे ? रङ्गहीनता के हाे ? अावाज के हाे ? प्रश्न के हाे ? जबाफ के हाे ? उज्यालाे के हाे ? अँध्याराे के हाे ? अनि, के हाे जीवन ?

अझै माैन छाैँ हामी । फेरि यही माैनताकाे मैदानमा हाेहल्ला मच्चिरहेकाे छ । अाखिर कसरी ? याे के भइरहेकाे छ ? रङहरू उडिरहेका छन् । तर, खै रङहरू ? जे देखिरहेका छाैँ, त्याे के हाे ? याे सुनसान श्मशानघाटमा अाखिर कसकाे अावाज अाइरहेकाे छ । यहाँ बसेर अाखिर काे प्रवचन दिइरहेकाे छ ? याे अावाजकाे अपरिहार्यता अाखिर के हाे ? अावाज नसुनिने ठाउँमा पनि अावाज सुनिनुले अाखिर के कुराकाे सङ्केत गर्छ ?

किन हरसमय भइरहन्छ प्रश्नहरूकाे झरी ? फेरि याे झरी झर्दा-झर्दै किन बीचैमा अड्किजान्छ ? किन यी प्रश्नहरूकाे झरीले भुइँलाई छुँदैन ? अाखिर भुइँ के हाे ? अाखिर कहाँ छ भुइँ ? हाम्राे भुइँ अाखिर कहाँ छ ? के हामी अहिले भुइँमै छाैँ ?  कि हाम्राे भुइँकाे कुनै ठेगाना छैन अहिले ? के हाम्राे कुनै ठेगाना छ ? अँ भन त, तिम्राे ठेगाना कहाँ हाे ? थाहा छैन ? मलाई पनि थाहा छैन । त्यसैले घाेत्लिरहेकाे छु वर्षाैँवर्षदेखि जीवन-चिन्तनकाे गुफामा । हेरिरहेकाे छु याे गुफाका हरेक चित्रहरूलाई । यहाँ लेखिएका एक-एक अस्पष्टताहरूलाई । यहाँबाट कुदेका एक-एक बाटाहरूलाई । ती बाटाहरू जुन छन् पनि जुन छैनन् पनि ।

उज्यालाे हुनु भनेकाे के हाे ? अँध्याराे हुनु भनेकाे के हाे ? कहाँ उज्यालाे छ ? कहाँ अँध्याराे छ ? मेराे एउटा साथी भन्छ, म रातबाहेक कहीँ पनि उज्यालाे देख्दिनँ । अनि भन्छ, कुनै यस्ताे दिन छैन जब मैले उज्यालाे देखेकाे हाेअाेस् । अाखिर के भनिरहेकाे छ यस्ताे मेराे साथीले ? के उसलाई मानसिक वार्डमा भर्ना गरिदिनुपर्छ ? वास्तवमा ऊ अाकाशमा देखिने कमलकाे फूलजस्तै छ जसलाई अरू कतिले बाघकाे मुहार अथवा बाख्राकाे पुच्छर भनेर अर्थ लगाइदिन्छन् । अर्थ न हाे, जे लगाइदिए पनि हुन्छ । फेरि कहिलेकाहीँ अर्थहरूले राजधानीकाे मुख्य चाेकमा गएर अान्दाेलन पनि गर्छन् । फेरि अान्दाेलन केका निम्ति ? यसकाे उपलब्धि अाखिर के हाे ? याे कुराचाहिँ कसैलाई पनि थाहा छैन । के याे मजाक हाे ? सायद हाे ।

फेरि जीवन भन्नु के हाे ? खै ?

२)
'जीवनकाे साङ्ग्रिलामा बस
ध्यानमग्न भएर हेर दूर-दूरसम्म
बुद्ध भएर हेर अाफ्नै जीवनका-
चियाबगानहरू
वनजङ्गलहरू
पहाडहरू
नदीहरू
पक्षीहरू
फूल र काँडाहरू'

('जीवनकाे साङ्ग्रिला' कविताबाट)

घडीजसरी जीवन पनि कुदिरहन्छ । कुनै खाेलाजसरी बगिरहन्छ । हावाजसरी बहिरहन्छ । वृक्षजसरी बढिरहन्छ । चित्रजसरी फैलिइरहन्छ । रङजसरी पाेखिरहन्छ ।

हातमा जीवनकाे गिलास समातेकाे छु । अाखिर याे गिलास किन खाली छ ? याे गिलासमा केचाहिँ हुनुपर्थ्याे ? रिक्त हुनु भनेकाे अाखिर के हाे ? के हाम्राे जीवन भरिएकाे हुन्छ ? वास्तवमा हातमा जे समाएकाे छु, त्याे गिलास नै हाे कि मेरै जीवन ? फेरि याे रिक्तताले भरिएकाे गिलास पनि किन यति गह्राै ? यति गह्राै त मेराे हृदय पनि छैन । यति गह्राै त मेराे मस्तिष्क पनि छैन ।

फेरि हामी कहाँका हाैँ ? बाहिरका कि भित्रका ? किन हामी देख्न सकिरहेका छैनाैँ अाफैँभित्रका अाफैँलाई ? अाखिर हाम्राे स्व किन बरालिरहेकाे छ यसरी ? मानाैँ, ऊ लावारिस हाे । के हाम्राे स्व अनि निजत्व वास्तवमै लावारिस हाे ? किन अँगाल्न सक्दैनाैँ हामी अाफ्नै स्वत्वलाई जुन हाम्राे असली मुहार हाे ? जहाँ हाम्राे असली ठेगाना खाेपिएकाे छ ।

एकछिन ध्यानमग्न बनाैँ, अनि हराअाैँ हामी । अनि खाेजाैँ अाफैँलाई । खाेजाैँ अाफ्नाे घर । खाेजाैँ अाफ्नाे ठेगाना । खाेजाैँ अाफ्नाे अाकाशलाई । खाेजाैँ अाफ्नाे धरतीलाई । खाेजाैँ अाफ्नाे जीवन अनि जीवनका सम्पूर्ण अस्पष्ट अायामहरूलाई ।

३)

'जीवन भेटियाे', हतार-हतार कुदेर सूर्यबहादुर अाफ्नाे अत्यन्तै मिलनसार साथी हर्कबहादुरकाे काेठामा पुग्छ, 'साथी, जीवन भेटियाे ।'

'कहाँ भेटियाे ?', अलि शान्त भएर हर्कबहादुरले प्रश्न साेध्याे ।

सूर्यबहादुर अलि अलमलिइरह्याे, 'कहाँ ?..............'

केही समयकाे अलमलपछि सूर्यबहादुरले बाेल्याे, 'मभित्र जीवन भेटियाे ।'

हर्कबहादुर केही सुने पनि नसुनेजस्ताे गर्छ । एकछिन चुपचाप रहन्छ । अाफ्नाे अाँखा बन्द गर्छ । माैन रहन्छ । ध्यानस्थ रहन्छ ।

सूर्यबहादुर हर्कबहादुरलाई केवल एकटकले हेरिरहेकाे हुन्छ । ऊ पनि चुपचाप नै रहन्छ ।

केहीक्षणपछि हर्कबहादुरकाे अाँखा खुल्छ । अनि, मुस्कुराउँदै सूर्यबहादुरतर्फ हेर्दै काेमलतापूर्वक भन्छ, 'हाे रहेछ ।'

सूर्यबहादुर फगत मुस्कुराइरहन्छ हर्कबहादुरका शब्द सुनेर । फगत मुस्कुराइरहन्छ......।

(जीवन भेटियाे, लघुकथा)

जीवनकाे दाैडमा यसरी कुद्छाैँ कि हामी, हामीलाई कुद्दा कुद्दै अाफैँ छुटिगएकाे पनि थाहा हुँदैन । थाहा हुँदैन, अाखिर हामी किन कुदिरहेका छाैँ ? हामीलाई कहाँ पुग्नु छ ? के पाउनु छ ? पाउने चक्करमा यसरी हामी अाफैँलाई मात्र हाेइन, सबै-सबै थाेक गुमाउछाैँ । गुमाउछाैँ- जीवनका तमाम रहस्य अनि चैतन्यलाई ।

४)
जीवनकाे हावा हरक्षण चलिरहेकाे हुन्छ । जहाँ पनि चलिरहेकाे हुन्छ । बाहिर पनि चलिरहेकाे हुन्छ । भित्र पनि चलिरहेकाे हुन्छ । जहाँ पनि पसिरहेकाे हुन्छ याे हावा । याे हावाले हाम्राे जीवनका हरेक वृक्ष अनि पातहरूलाई ममत्त्वसमान सुम्सुम्याइरहन्छ । तर, के हामी याे कुरालाई गहिराेगरी अाभास गर्छाैँ ? त्याे कुरा छाँडाैँ, के हामीभित्र गहिराइ छ ? के हामी कुनै कुरा अनुभूत गर्नसक्छाैँ ? के हामीभित्र अनुभूतिकाे गहिराे कुँवा छ ?

हाम्राे सास चलिरहेकाे छ । हाम्राे धड्कन चलिरहेकाे छ । हाम्राे जीवन चलिरहेकाे छ । के साँच्चि हाे याे कुरा ? म घाेत्लिइरहेकाे छु...........। 

साभार : नेपालखबर, वि.सं २०८१, भदाै-२३ मा प्रकाशित

Comments