प्रेमिल वाटिकाको प्रेमिल मिलन
प्रेमिल वाटिकाको प्रेमिल मिलन
-बिकेश कविन
...........................................................
मेरो मन र मेरो दिल बीचको आत्मीयता एवम् घनिष्ठता प्रशान्त महासागरझैँ गहन छ। दुवै एकदमै मिलनसार बन्धुहरु हुन्। एकआपस बिना त अस्तित्व नै छैन, यी दोस्तहरुको। यिनिहरुको साथीपना त गोदावरीझैँ फक्रिएको छ। यिनीहरु बीचको आत्मीयता र सद्भाव देखेर झरीपनि वर्षिदा रहस्मय मोतीझैँ भएर वर्षिन्छ। यिनीहरु यति सज्जन छन् कि कुनैपनि मन र कुनैपनि दिललाई यी दुवै मिलेर पगालिदिन्छन्, मैनबत्तीझैँ।
मेरो मन र मेरो दिल नहुँदो हो त, मेरो निम्ति भाष्करको किरणपनि नहुँदो हो । यिनीहरुको अनुपस्थितिमा मेरो निम्ति शशीको चाँदनीपनि नहुँदो हो। भन्नुको आशय, मेरो मन र मेरो दिलले उज्यालो र अध्यारो दुवैको प्रतिनिधित्व गर्दछ। मेरा सम्झनाहरु, सोचहरु, मननहरु, सपनाहरु, भावनाहरु, चिन्तनहरु, मानसिकताहरु, स्मृतिहरु, भोगाइहरु, खुसीहरु, रोदनहरु, आश्चचर्यहरु आदि इत्यादि मेरै मन र दिलका उपजहरु हुन् जसका विना यी दुवै साथीहरु अस्तित्वविहीन हुँदा हुन्। शून्य हुँदा हुन्।
मेरो मनले मेरो दिललाई खुसुक्क भनेछ, "ओइ, तेरो प्यारीले तलाई सम्झिरहेकी छे।" मेरो दिलको केवल एउटा कुनामा होइन, सबैतिर काउकुती लागेर। मेरो दिल त आनन्दले गदगद भएछ। प्यारीको स्मृतिले मेरो दिललाई अर्थात् प्यारी र मलाई एउटा सुन्दर वाटिकामा पुर्याइदिएछ जहाँ पुतलीहरु रमाइरहेका थिए, कोइलीहरु प्रेमिल गान गुन्गुनाइरहेका थिए, मुनाहरु मस्किरहेका थिए, समीरहरु आनन्दित भइरहेका थिए। मानौँ, यी पुतलीहरू, कोइलीहरु, मुनाहरु र समीरहरु पहिलोपल्ट प्रेम गर्दैछन्।
एउटी पुतलीले मेरी प्यारीको सुन्दरता देखी। उसको सुन्दरता देख्दा पुतलीलाई पनि डाह लागेको आयो। मानौँ, मेरी प्यारीभन्दा सुन्दर केही छैन। मेरी प्यारीको सुन्दरताको सुन्दर कथा, पुतलीले कोइलीलाई गएर सुनाइदिइ। अनि कोइलीका झुण्डनै एउटा प्रेमिल सौगात बोकेर मेरी प्यारीको नजिक आइपुगें। कोइलीहरुले मेरी प्यारीलाई तिनीहरुको प्रमिल नगरमा स्वागतसम्मान गरें। कोइलीहरुमध्ये एकले मेरी प्यारीलाई दिन ल्याएको सौगात थमाइदियो। त्यो सौगात त एउटा पत्रजस्तै पो थियो। होइन, पत्र नै थियो। त्यो पनि प्रेमपत्र। मेरी प्यारीले त्यो कोइलीले प्रदान गरेको प्रेमपत्र पढ्नासाथ मुनाहरु र कलिला पालुवाहरुमनोरञ्जित हुन थाले। य्यसपछि समीरहरुपनि प्रेममा घुलिन थाले। प्रकृति नै रमाउन थाल्यो। मानौँ, प्रकृतिको संविधान भर्खरै घोषणा भएको छ। पानीहरु मोतीमा परिणत हुन थाले र सजिन थाले, मेरी प्यारीको प्यारो शरीरमा। त्यसपछि, मेरी प्यारीलाई देखेर जूनपनि उदाउन बिर्सियो। सायद, मेरी प्यारीको शरीरबाट निस्केका चम्किला उज्यालाहरु नै काफी थिए, रातलाई उज्यालो बनाएर आकाशलाई प्रफुल्लित बनाउनलाई। त्यसपछि आकाश पनि मेरी प्यारीलाई देखेर लजायो। मेरी प्यारीको सुन्दरताको आगु आकाश फिक्का थियो नि त! त्यो दिन जति मैले प्रकृतिलाई रमणीयतामा घुलेको देखेको थिइन। सायद कारण, मेरी प्यारी नै थिइ। उसका सुन्दर स्मृतिहरु ने थिए।
आखिर के चाँहि थियो त्यो प्रेमपत्रमा जुन् पेमपत्रलाई सौगातसरी सुम्पिदियो एउटा कोइलीले मेरी प्यारीको प्यार भरिएका प्यारा हत्केला?
कस्ता प्रेमिल अक्षरहरु प्यारसाथ कुदिएका थिए त्यो प्रेमपत्रमा जुन् प्रेमपत्र मेरी प्यारीले पढ्नासाथ जून पनि उदाउन बिर्सियो?
कुन युगको सुगन्धको निम्ति आखिर यो प्रेमपत्र सजिएको थियो?
" क्यू कि तुम हि हो
अब तुम हि हो
मेरी आशिकी
अब तुम ही हो
मेरी जीन्दगी
अब तुम ही हो!"
त्यो प्रेमपत्र जुन् मेरी प्यारीको हस्तमा पर्नासाथ प्रकृतिको रुप फेरिएको थियो, त्यही प्रेमपत्रको टुप्पोतिर, माथि उल्लेखित एउटा छोटो प्रेमिल हिन्दी गीतको अंश प्यारैप्यारले सजिएको थियो।
त्यो प्रेमपत्र त एउटा प्यारे, उसको मन र उसको दिलले अर्थात् प्यारेले नै पो लेखेको रहेछ। अर्थात् प्यारेले आफ्नु प्यारीलाई लेखेको एउटा सुन्दर जीवन पो रहेछ, त्यो प्रेमपत्र। त्यो प्रेमपत्रमा केही लेखिएको थिएन, प्रेमबाहेक। आखिर प्रेमिल मनहरुले प्रेमबाहेक लेख्ने अरु कुनै कविता नै नहुँदो हो। प्यारेले, त्यो प्रेमपत्रमा आफ्नु प्यारको प्यारमय कथा आफ्नी प्यारीलाई प्यार नै प्यारले लेखेको थियो। यसरी त हो नि, आकाश पनि प्रेमको नशामा डुबेको थियो। जून पनि प्रेमको गहिराइमा नतमस्तक थियो र त्यो प्रकृति पनि प्रेम नै प्रेममा हराएको थियो।
त्यो प्रेमपत्रको मध्य भागतिर एउटा पाना बनाइएको थियो जहाँ अक्षरहरुको राज थियो। अर्थात् कवि नवराज पराजुलीकाे एउटा छोटो कवितांश बुनिएको थियो:
"तिमीले
मेरो हात समाएको दिनदेखि
मेरो यो मुटु
औँलामा धड्किन थालेको छ।"
सायद, हावा र पानीले यो कविता पढिसकेका हुनाले यिनीहरुको धड्कन मुटुमा होइन, औँला धड्किन थालेको छ। हावा र पानीहरु पनि प्रेममा मग्न छन्। त्यसैले त होला, पानी थोपु बन्नु छाडेर मोती बनिदिन्छ र हावा सास बन्न छाडेर प्रेमिल कुसुम बनिदिन्छ। यी हावाहरु र पानीहरुका मन र दिल पनि प्रेममा गासिएका छन्। पूरा सृष्टि नै प्रेममा मस्त छ।
मेरो मनले मेरो दिललाई अर्थात् प्यारी र मलाई एउटा सुन्दर र रहस्मय वाटिकामा पठाएपश्चात्, मेरो र मेरी प्यारीको प्रेमिल भेट भयो। उसको सुन्दरताले मेरो मनलाई कब्जा गर्यो र मेरो मनले मेरो दिललाई कब्जा गर्यो। अर्थात्, मेरी प्यारीको सुन्दरताले मेरो दिल मन्त्रमुग्ध भयो, जसरी एउटा गुलाफप्रेमीलाई धकमक्क फूलाएको प्रेममय गुलाफ देख्दा हुन्छ। त्यसपछि मेरी प्यारी लाजले भुतुक्कै भइ अनि कतै एक्लै वाटिकाका सुन्दर सृजनाहरु अवलोकन गर्न हिडी। उसको मार्गहरुमा फूल नै फूल बिछ्याइएका थिए। उसको भेट कोइलीहरुसँग भयो। पानीहरुसँग भयो। पुतलीहरुसँग भयो।
प्रकृतिसँग भयो र कलिला मुना र पालुवाहरुसँग भयो।
म भने त्यो वाटिकाको एउटा सुन्दर धकमक्क फूलेको गुलाफलाई एकत्रित भएर नियालिरहेको थिए। मैले गुलाफमा, मेरी प्यारीका प्यारा नयनहरु झलझली देखिरहेको थिए। त्यही प्यारीका स्मृतिहरुले गर्दा आकाशपनि आफूलाई नथाम्न सक्ने भयो र आकाशले पनि मेरो शरीर भरि नै प्यारी नै प्यारी वर्षाइदियो। त्यसपछि मैले आफुलाई थाम्न नसक्ने भए। प्यारीका ती मनमोहक स्मृतिहरुलाई मैले प्यारीको निम्ति केवल लेखिएको प्रेमपत्रमा लेखिदिए। प्रेमपत्रमा त म स्वयम् नै थिए, मेरी प्यारीको प्यारो प्यारे। प्रेमपत्रमा मैले गीत लेखे जुन् गीत मेरी प्यारीकै खातिर बनेको थियो। कविताहरु लेखे जुन् कवितांशहरुमा मेरै प्यारीको बास थियो। प्यारीका स्मृतिहरु केलाए जुन् स्मृतिहरुमा म र मेरी प्यारी मिसिएका थियौ। म स्वयमलाइ त्यो प्रेमपत्रमा लेखे र मेरी प्यारीलाई पनि त्यो प्रेमपत्रमा सजाइदिए।
प्रेमपत्रको सफल लेखन के भएको थियो कि एक्कासी मेरो प्रेमपत्र बिलिन भयो र पुग्यो कोइलीहरुका माझ। पछि त्यही प्रेमपत्र कोइलीहरुले मेरी प्यारीलाई दिने सौगात बन्यो। अर्थात्, अन्तत: म नै मेरी प्यारीको हत्केलामा सुम्पिए। भाग्यले मलाई यसरी रहस्यमय ढङ्गले उडाएर एउटा प्रेमपत्रको रुपमा मेरी प्यारीको हत्केलामा पुगाइदियो। फलत्: म र मेरी प्यारीको मिलन यस्तो सुन्दर प्रेमिल तरिकाले प्रेमको वाटिकामा प्रेमसाथ भयो।
प्रेमपत्रको फेदतिर कतै कवि नवराज पराजुलीका एउटा प्रेमिल अक्षरहरुका बथान झण्डाझैँ फर्फराइरहेको थियो, म र मेरी प्यारीको सुखद् मिलनमा:
"प्यारी,
मन त मलाई पनि छ
आकाशका लहरामा लटरम्म तारा फलेको रात
म ती ताराहरुलाई टिप्दै मिलाउँदै टिप्दै मिलाउँदै
आकाशमा एउटा ठूलो पानको पात बनाऊँ
र
त्यही पानको पातभित्र
ताराकै अक्षरहरुले
तिम्रो र मेरो नाम लेखिदिऊँ।"

Sathi bikesh ko lekh sadaiba yesaigari padna paios . Manparyo.
ReplyDelete