'फाइभ मन्थ्स्' उपन्यासभित्रको चित्राङ्कन

(बिकेश कविन)
विधा: उपन्यास
उपन्यासकार: निमेष पौडेल
प्रकाशक: बुलबुल पब्लिकेशन प्रा. लि
पृष्ठ: 201
मूल्य: रू.300
निमेष पौडेलको पहिलो उपन्यास हो- 'फाइभ मन्थ्स्'। 'फाइभ मन्थ्स्' उपन्यासबाट नै पौडेलले नेपाली साहित्यको क्षेत्रमा डेब्यु गरेका छन्। यो उपन्यास एउटा प्रेमिल उपन्यास हो जहाँ लेखकले प्रेमका गुलाफहरु फुलाउने प्रयत्न गरेका छन्। समाजमा भइरहेका बालसुलभ प्रेम, प्रेमपश्चात् यौनतृष्णा मेटाउने कौतूहलता, प्रेममा प्रविधि (विशेषगरि इन्टरनेट), मदिरा सेवन गर्ने आफ्नै बाबुप्रति एउटा छोरोको खराब दृष्टिकोण, रोमान्समा अल्झिएर अर्थात् प्रेमको नशामा डुबेर आइपरेका आपतहरु, टिनएजरहरुको सोचाइको पराकाष्ठा , एडल्ट टक आदि इत्यादि कुरालाई लेखक निमेषले आफ्नो उपन्यास 'फाइभ मन्थ्स्' मा प्रस्तुत गरेका छन्।
'फाइभ मन्थ्स्' उपन्यासका मूख्य पात्रहरु कुन्दन, सुस्मिता, रमेश, महेश, रिता, विपुल, रुपक आदि हुन्छन्। उपन्यासको सुरुवातनै कुन्दन सापकोटाको चर्तिकलाले गरिएको छ। कुन्दन एक अल्छे केटो हुन्छ। ऊ आफ्नो बाबुआमाको एक्लो सन्तान भएर होला, ऊ अलिक चञ्चले किसिमको हुन्छ। फटाहा हुन्छ। बाबुसँग अलिअलि डराए पनि ऊ आफ्नी आमासँग भने पिटिक्कै डराउदैन। उसको पढाइको गतिपनि त्यति अनुकूल थिएन। पढाइ नराम्रो भएतापनि ऊ (कुन्दन) कक्षा-आठ राम्रो प्रतिशत ल्याएर पास गर्छ। उसले कक्षा-आठमा राम्रो अङ्क ल्याएर पास भएको हुनाले घरमा सबैजना खुसी हुन्छन्। यो कुराले कुन्दनकी आमालाई भावुक बनाउँछ र कुन्दनतिर हेर्दै भन्छिन्," छोराछोरीले राम्रो गर्दा आमाबुबालाई संसारको सबैभन्दा ठूलो खुसी मिल्छ।" यो कुरो सुनेर कुन्दनपनि भावुकताको सागरमा डुब्छ तर बस् केहीक्षणकोलागि।
कुन्दन कक्षा-नौँ मा पुग्छ। धेरै नयाँ साथीहरु आएका हुन्छन्। यसैक्रममा उसको मित्रता महेश आचार्यसँग गाँसिन्छ। महेश एकदमै सुशिल र शान्त प्रवृत्तिको हुन्छ। बिस्तारै कुन्दनको भेट सुस्मिता आचार्यसँग हुन्छ तर यसकोलागि उसले धेरै पापड बेल्नु परेको हुन्छ। पछिमात्र उसलाई सुस्मिता महेशको बहिनी हो भनेर अवगत हुन्छ। कुन्दनले सुस्मितालाई आफ्नो बनाउने सपना बुन्न थाल्छ। ऊ सुस्मितासँग कल्पनाको सागरको जहाजमा सयर गर्न थाल्छ। सुस्मितालाई जसरी पनि आफ्नो बनाउने अठोट र सङ्कल्प लिन्छ।
कुन्दन सापकोटा कक्षा-नौँ मा र सुस्मिता आचार्य कक्षा-आठमा अध्ययनरत भएका कारणले तिनीहरु दुवैको भेट ब्रेकको बखत र टिफिनमा मात्र सम्भव हुन्छ। कुन्दन आफ्नो विद्यालयको 'क्याप्टेन' भएपछि उसको भेट प्रत्यक्ष रुपमा सुस्मितासँग हुन्छ। उनीहरु नजिकिदै जान्छन्। कुन्दन त उहिल्यै सुस्मितासँग प्रेममा परिसकेको हुन्छ तर सुस्मिताको भने कुन्दनप्रतिको दृष्टिकोण थाहा हुँदैन। उनीहरु एकआपससँग खुब मिल्न थाल्छन्। सबैकुरो सेयर गर्न थाल्छन्। कुन्दनको प्रेम झनझन अगाध/बलियो हुँदै जान्छ।
कक्षामा कुन्दन, महेश र रमेश एउटै बेन्चमा बसेता पनि रमेशले महेशलाई कुदृष्टिले देख्न छाड्दैन। रमेशले अलिकति पनि महेशलाई मनपराउदैन। कुन्दन र महेशको सम्बन्ध भने बडो अनुकूल हुन्छ। उता कुन्दन र सुस्मिताको प्रेम भने दिनप्रति दिन बढिरहेको हुन्छ। यसरी नै दिनहरु बित्न थाल्छन्।
कुन्दनको बुबाको मदिरासेवन गर्ने बानी हुन्छ। यो बानी न त कुन्दनलाई न त उसकी आमालाई मनपर्छ। आफ्नो बुबालाई कति पटक सम्झाएता पनि उनी मान्दैनन्। मदिरा सेवन गरिरहन्छन्। यो बानीले गर्दा कुन्दनलाई आफ्नो बुबाप्रति रिस उठ्छ। रक्सी पिएको बेला, कुन्दन आफ्नो बुबालाई घृणा गर्छ। बुबाको मदिरा सेवन गर्ने बानीले गर्दा कुन्दनलाई सधैँ रातीको बखत डिस्टर्ब हुन्छ, त्यसैले नशामा भएका बेला आफ्नो बुबालाई ऊ मन पराउदैन। उसको बुबा मुटुको रोगी पनि हुन्छन् र धेरैजसो अस्पताल पनि गइरहन्छन्।
एकदिन कुन्दन सबैलाइ ढाँटेर सुस्मितालाई घुमाउन लान्छ। तिनीहरु एउटा होटलमा छिरेर चिसो पिउछन्। त्यसपछि लामो वार्तालाप गर्छन्। अनि त्यहाँबाट निस्केर घुम्न भनि जान्छन्। उनीहरु हिड्दाहिड्दा थाक्छन् र अन्तत: मन्दिरको पछाडि गएर बस्छन्। कुन्दनले सुस्मितालाई उसको शिर आफ्नो काँधमा राख्न अनुरोध गर्छ। त्यसपछि सुस्मिताले उसको शिर कुन्दनको काँधमा राख्छ। त्यसपछि प्रेमवार्ता सुरु हुन्छ तिनीहरुबीच। प्रेमले एकैछिनमा यौनलाई जन्माइदिन्छ अनि सुरु हुन्छ तिनीहरुबीचमा चुम्बन, शारिरिक स्पर्श र यौनतृष्णा मेटाउने चाहना। उनीहरु एकआपसमा समाहित हुन्छन्। यो कुरालाई लेखकले खुल्ला रुपमा लेखेका छन्। यौनलाई प्रस्तुत गर्नु त ठीकै हो तर यो घटना भइरहँदा लेखकले जसरी यौन र त्यसको गतिविधिलाई प्रस्तुत गरेका छन्, त्यो अर्थहीन छ जस्तो कि - 'स्तनमा हात राख्नु/समात्नु/खेल्नु' आदि।
कुन्दन र सुस्मिता फेसबुकमा पनि खुब कुरा गर्न थाल्छन्। उनीको कुरा विशेषत्: प्रेम सम्बन्धी हुन्छ। 'एडल्ट टक' गर्न थाल्छन् ती दुवै प्रेमिल जोडिहरु। "हाम्रो गफ 'खाना खायौ?' बाट सुरु हुन्थ्यो र लगाएको लुगादेखि (भित्री वस्त्रसमेत) गर्भवती पार्ने विधिसम्म पुगी अन्त्य हुन्थ्यो" (पेज.171) भनेर लेखकले कति सजिलोसँग यो वाक्य लेखिदिएका छन्। लेखकले यस्ता कुरालाई अलि नुकाउने प्रयत्न गर्नुपर्थ्यो। बालसुलभ प्रेममा यति गहिरोसम्म विशेषगरी यौनलाई नदेखाइएको भए बेस हुन्थ्यो। कुनै बालबालिकाले (कक्षा-9 वा कक्षा-10 अध्ययनरत) यो उपन्यास पढे भने तिनीहरुले 'प्रेम र यौन' लाई देख्ने/बुझ्ने दृष्टिकोण कस्तो होला?
'फाइभ मन्थ्स्' उपन्यासको अन्तिमतिर पनि कुन्दनले सुस्मितालाई घुम्न जान भनी अनुरोध गर्छ। धेरै अनुरोध गरेपछि बल्ल सुस्मिता ऊसँग घुम्न जान मान्छे। भोलिपल्ट दुवैजना घुम्न निस्कन्छन्। सुरुमा त्यहीँ होटलमा पुगेर चिसो पिउछन् अनि कुन्दनले सुस्मितालाई जङ्गलतिर लान्छ। सुस्मिता पनि खुसीखुसी कुन्दनसाथ हिड्छे। जङ्गलमा पुगिसकेपछि उहीँ पहिलाकै गतिविधि सुरु हुन्छ। कुन्दन प्रेमको/यौनको नशामा नराम्रोसँग डुबिसकेको हुन्छ।
कुन्दन र सुस्मिताबीच फेरि सुरु हुन्छ उहीँ - 'चुम्बन, शारीरिक स्पर्श' आदि इत्यादि। यो पल्ट त कुन्दनले सुस्मिताको पूरै अङ्गमा छुन्छ। स्तनदेखि लिएर भित्री संवेदनशील सम्पूर्ण अङ्ग चलाउछ। रमाउछ। खेल्छ। उनीहरु मस्त हुन्छन् यौनको प्यास मेटाउन। फेरिपनि लेखकले त्यै अगाडिको कुरा दोहोर्याउछन् जुन् कुराप्रति लेखक आफू पनि सचेत हुनुपर्ने देखिन्छ।
कुन्दन र सुस्मिता बीच जङ्गलमा यौनको प्यास मेटाइरहेका बेला कुन्दनको बाबु थला पर्छन्। उसको बाबुले उसलाई फोन गर्छन् तर ऊ बाबुको एक सुन्दैन। ऊ त बस् यौनमा लीन हुन्छ। आमाले पनि उसलाई फोन गर्छिन् तर ऊ कसैलाई सुन्दैन। त्यसपछि रिस उठेर ऊ आफ्नो मोबाइल 'स्वीच अफ' गरिदिन्छ अनि फेरि यौनको महासागरमा डुब्न थाल्छ। यो बेलासम्म खुब रात भइसकेको हुन्छ। त्यसपछि उनीहरु त्यहाँबाट निस्कन्छन्।
मोबाइल खोल्दा त मिसकलमाथि मिसकल गरिएको हुन्छ कुन्दनलाई। ऊ अलि आत्तिन थाल्छ। त्यसैले छिटोछिटो घरतर्फ लाग्छ। घर जाँदा सबैको घरको बत्तीहरु बलिरहेका हुन्छन्। ऊ घर पुग्छ आफ्नो। ऊ आफ्नी आमाको चिच्याहट र रोदन सुन्न थाल्छ। केहीबेरपछि उसलाई आफ्नो बुबा खसेको कुरो अवगत हुन्छ। ऊ भुइँमा खस्छ त्यसपछि। केही सोच्न सक्दैन। आफ्नी आमालाई देखेर उसको बाबुको हत्यारा ऊ स्वयम् हो भनी सम्झन्छ।
त्यसदिनदेखि कुन्दन कहिल्यै पनि सुस्मितासँग बोल्दैन। उसले नबोलेपछि सुस्मिताले पनि उसलाई वास्ता गर्दिन। पछि कक्षा-आठ सकेर सुस्मिता आफ्नो गाउँतिरै जान्छे या कता जान्छे कसैलाई थाहा हुँदैन। यसरी निमेष पौडेलको उपन्यास 'फाइभ मन्थ्स्' को समाप्ति हुन्छ।
'फाइभ मन्थ्स्' उपन्यास प्रेम गर्ने सबैप्रति समर्पित गरिएको छ। यसको पहिलो संस्करण 2074, कात्तिकमा आएको हो।
'फाइभ मन्थस्' उपन्यासमा धेरैभन्दा धेरै त्रुतिहरु/गल्तीहरू रहेका छन्। यस कृतिको सम्पादन राम्रोसँग गरिएको छैन। धेरैभन्दा धेरै गल्ती शब्दहरुको प्रयोग, गलत वाक्य संरचना, आदि आदि कुराले यो उपन्यासको उचाइलाई तल खस्काएको छ। " साटसाट, तर्किन्थो, कस्ले, रिसिएर, त्याँ, निकोपर्सि" र यस्तै धेरैभन्दा धेरै गलत शब्दहरुको प्रयोग उपन्यासमा भएको छ।
"तर अचम्म लाग्छ, जो क्याप्टेनले नेपाली बोलेबापत सजाय दियो, आज उही क्याप्टेन नेपाली भाषामा उपन्यास लेखिरहेछ" (पेज-69) लेखेर उपन्यास लेख्दालेख्दै लेखक निमेष आफै उपन्यास प्रवेश गर्नु हास्यास्पद छ। लेखकले विद्यालयको गानपछि राष्ट्रगान सुरु गरिदिएका छन् (पेज-71) जुन् लेखकको ठूलो भुल हो। "चाँडै आइस् त! पाइन्टको खल्तीमा हात हाल्दै भयो" (पेज-81), "विद्यालय गान, राष्ट्रिय गान आदि गाएर सकियो।" (पेज-84), "रिसाएको साथी मनाउनु भनेको संसार जित्नु घटी हुँदैन" (पेज-88), "साठ्ठी नै काट्छ कि जस्तो लाग्यो" (पेज-102) गर्दै पेज- 105, 107, 112, 125, 126, 130, 155, 157, 158, 160, 172, 193, 194, 195 आदिमा अनेकन गल्तीहरु रहेका छन् जसलाई लेखकले अबको संस्करणमा सुधार गर्नु जरुरी छ। परीक्षा बिहान 11:00 देखि 2:00 बजेसम्म हुने कुरो छ उपन्यासमा तर कुन्दन अढाई घन्टामा परीक्षा सकेर, सबै साथीहरुलाई परीक्षा नसकेसम्म पर्खेर पनि 1:30 बजे आफ्नो घर पुग्छन् (पेज- 78,84,92) जुन् कुरोले यो कृतिलाई हास्यव्यङ्ग्य बनाइदिएको छ।
अन्तत: उपन्यासकार निमेष पौडेलको उपन्यास लेख्ने प्रयत्न ज्यादै रोमाञ्चक छ। प्रेमिल उपन्यास लेखेर कयौँ युवा मनहरुलाई लेखकले जितेका छन्। लेखकले थोरबहुत प्रेमका पुष्पहरु फुलाउन र त्यसको सुगन्ध प्रेमिल मनहरुमा पुगाउन खुब प्रयत्न गरेका छन्। लेखकको अथाह प्रयासलाई सलाम छ। 'फाइभ मन्थ्स्' उपन्यासको पुन: सम्पादन गरि सबै गल्ती सुधारियोस्। लेखकलाई शुभकामना। संसारमा प्रेम चलिरहोस्।
'सबैको जय होस्'

Comments
Post a Comment