'दृश्य बाहिर' कवितासङ्ग्रहको बाहिर र भित्र

-बिकेश कविन
विधा: कवितासङ्ग्रह
कवि: सौरभ कार्की
प्रकाशक: बुलबुल पब्लिकेशन प्रा. लि.
पृष्ठ: 80
मूल्य: रु. 150/-
कविता एउटा सशक्त विधा हो, साहित्यको। कवितालाई लेखेर मात्रै हुँदैन। अकवितालाई कविता मात्र बनाएर पनि हुँदैन। त्यो कविता जुन लेखिएको छ, बनाइएको छ, त्यो कवितालाई शक्तिशाली बनाएपछि मात्र त्यो कविता वास्तविकरुपमा कविता बन्दछ। त्यसैले कविता लेख्नु सजिलो भएता पनि, कवितालाई कविता बनाएर त्यसलाई शक्तिशाली बनाउने हो भने मात्र, यथार्थमा त्यो कविता हुन्छ। र लेख्ने वास्तविकरूपमा कवि हुन्छ। जसले शक्तिशाली कविता लेख्दछ। कवितामा जीवन लेख्दछ। कवितामा इतिहास लेख्दछ। प्रेम लेख्दछ। हिमाल, पहाड र तराई लेख्दछ। ब्रम्हाण्ड लेख्दछ। शून्यता लेख्दछ।
कवि सौरभ कार्कीको कवितासङ्ग्रह 'दृश्य बाहिर' पनि एक सशक्त कवितासङ्ग्रह हो। एक शक्तिशाली कवितासङ्ग्रह हो। यस कवितासङ्ग्रहको प्रथम संस्करण 2073 मा आएको हो। बिरोध बुर्लाकोटीको आवरण फोटो रहेको यो 'दृश्य बाहिर' कवितासङ्ग्रहमा सबै किसिमका कविताहरु रहेका छन्। छोटा कविताहरुदेखि लिएर लामालामा कविताहरुसम्म रहेका छन्, कवि कार्कीको 'दृश्य बाहिर' कवितासङ्ग्रहमा। कुनैकुनै कविताहरु सजिलै एकैपटकमा पढेर बुझ्न सकिन्छ भने धेरैजस्ता कविताहरु एकैपटकमा पढेर बुझ्न सकिँदैन। कुनैकुनै कविताहरुमा विश्राम लिन कविले बाध्य पारेका छन् पाठकहरुलाई ताकि तिनीहरुले एकैछिन सोचून्। मनन् र चिन्तन गरुन्। कविताको गहिराइसम्म नै पुगेर, त्यो कविताको गहिराइ मापन गरुन्। बुझून्।
कविले आफ्नो कवितासङ्ग्रहको शीर्षक 'दृश्य बाहिर' राखेका छन्। तर यो शीर्षकको कविता 'दृश्य बाहिर' कवितासङ्ग्रहमा भने छैन। पाठकहरुले यो कवितासङ्ग्रह आफ्नो हातमा पारेपछि सर्वप्रथमत्: तिनीहरु 'दृश्य बाहिर' शीर्षकलाई नै बुझ्न खोज्छन्। आखिर के रहेछ त 'दृश्य बाहिर' भनेको?, त्यो कुरोलाई आफ्नै मनमस्तिष्कमा आफ्नै तरिकाले आफैँलाई सन्तुष्ट पार्नेगरि 'दृश्य बाहिर' शीर्षकको अर्थ खोज्छन्। अर्थ निकाल्छन् र आफैँलाई सन्तुष्ट पारेर 'दृश्य बाहिर' कवितासङ्ग्रहको भित्री भूगोलमा परिवेश गर्छन्। र 'दृश्य बाहिर' कवितासङ्ग्रहको तालमा डुङ्गामा चढेर सयर गर्छन्। सबै उमेरका पाठकहरु, किशोरदेखि लिएर बूढासम्मकाले कवि सौरभ कार्कीको यो 'दृश्य बाहिर' कवितासङ्ग्रह सजिलैसँग बुझ्न सक्छन्।
कवि सौरभ कार्कीको 'दृश्य बाहिर' कवितासङ्ग्रहलाई विभिन्न भागमा विभाजन गरिएको छ तर विभिन्न खण्डलाई 'शीर्षक' भने दिइएको छैन। विभिन्न खण्डहरुलाई शीर्षकको साटो छोटा कविताहरु जुन कविताहरु 'दृश्य बाहिर' कवितासङ्ग्रहमा उल्लेख गरिएका छैनन्, ती छोटा कविताहरुले नै 'दृश्य बाहिर' कवितासङ्ग्रहलाई विभिन्न खण्डझैँ विभाजन गरिएको छ। कवि सौरभका कविताहरुमा प्रेम, विद्रोह, युद्ध, कुसंस्कृतिविरुद्धको आवाज, बिग्रदो नेपाली राजनीतिविरुद्धको व्यङ्ग्य, घीनलाग्दा नेपाली परम्परा र चालचलन र रीतिरिवाजविरुद्धको आक्रोश, जनचेतना, प्रकृतिप्रतिको अथाह प्रेम, गरिबहरुले भोग्नुपरेका पीडा, दु:ख, कठिनाई, कविको मनमा बसेका विविध मनोभावना, आक्रोश, कविका भोगाइहरु आदि आदि इत्यादिलाई प्रस्तुत गरेका छन्। कवि सौरभको कवितासङ्ग्रह 'दृश्य बाहिर' को पहिलो कविता 'चौबाटोको शहीद' शीर्षकको रहेको छ भने अन्तिम कविता 'अन्तिममा' शीर्षकको रहेको छ। जम्माजम्मी यस कवितासङ्ग्रहमा अढ्तीसवटा कविताहरु समावेश गरिएका छन्।
कवि सौरभ कार्कीले समाजमा भइरहेका नकरात्मक कार्यहरुविरुद्ध कलम चलाएका छन्। 'एउटा नमीठो कविता' शीर्षकको कवितामा एउटी लाटीलाई समाजले कसरी देख्दछ?, तिनै लाटीलाई बलात्कार गरिन्छ तर पनि संसारका कोहीँले पनि केही पनि बोल्न सक्दैन। सबै लाटा हुन्छन्। मौन हुन्छन्। त्यै कुरालाई कविले यो कवितामा (एउटा नमीठो कविता) समेटेका छन्:
"त्यो दिन उसले हत्केलाको पछाडि
नेपालको झण्डा टाँसेकी थिई
कुन दैवको आँखा लागेर कुन्नि?
मुर्कुट्टाहरुले बलात्कारपछि हत्या गरेछन्।"
(एउटा नमीठो कविता)
कवि सौरभले आफ्नो कवितासङ्ग्रह 'दृश्य बाहिर' को 'भूकम्प' शीर्षक कवितामा नेपालीहरुले खाडी मुलुकमा भोग्नुपरेका असीम पीडालाई प्रस्तुत गरेका छन्:
आऊ सरकार स्वागत गरौँ
वर्षदिनपछि आज ऊ काठको बाकसमा फर्कँदैछ।
(भूकम्प)
कविले 'अस्ति, हिजो र आज' शीर्षकको कवितामा अशिक्षा, बाध्यता, विदेश पलायन हुनुको कारण, विज्ञान तथा प्रविधिको सूक्ष्म विकास, युद्ध र त्यसले पारेका प्रतिकूल असरहरु , मानिसबीचको सङ्घर्ष आदि आदि कुराहरुलाइ प्रस्तुत गरेका छन्। यस कवितामा छाउपडी प्रथाको उल्लेख गरिएको छ र कविले आफूले सकेसम्म यो प्रथालाई जरैबाट ढाल्ने प्रयत्न गरेका छन्, कविताको सहायताले:
छाउपडीको सुत्केरीले
कहिल्यै सोध्दैनथी-
न्यानो भनेको के हो?
(अस्ति, हिजो र आज)
कविले 'गरिबको मेनु' कवितामा गरिबीलाई कुशलतापूर्वक प्रस्तुत गरेका छन्। यस कवितामा एकजना गरिबले एउटा धनीलाई गरिबको मेनु बुझाएका छन्। 'पाठशालामा नानीहरु' शीर्षक कवितामा कविले नेपालको शिक्षाप्रणालीको वास्तविक रुपलाई प्रस्तुत गरेका छन्। कविले एउटा तीतो यथार्थलाई यसरी प्रस्तुत गरेका छन्:
नानीहरु
पढ्दोछन् देश
र बुझ्दोछन् परदेश।
(पाठशालामा नानीहरु)
कविले नेपालको शिक्षाप्रणालीविरुद्ध यसरी झटारो हानेका छन्:
आजकाल नानीहरुलाई
पाठशाला र शिक्षक
दुवै- अन्तिम झुट लाग्छ।
किनकी पाठशालामा नानीहरु
जे पढ्छन्- त्यो बुझ्दैनन्
जे सिक्छन्- त्यो जान्दैनन्।
(पाठशालाका नानीहरु)
कविले जीवनलाई बिडीसँग यसरी तुलना गरेका छन्:
एक सर्को
बिडी न रैछ जीवन
कसले सल्काइदियो?
खैर जे होस्- सल्किरहेछु।
(अङ्गेरीको पातमा बेरिएको -जीवन)
कविले आधुनिक प्रेम गर्ने शैली र त्यै प्रेममा हुने धोकालाई यसरी प्रस्तुत गरेका छन्:
भनेथ्यौ-
तिम्रो जून, तिम्रो आकाश
तिम्रो म सबथोक हुँ
मैले पत्याएथेँ।
भ्रम त तब चिरियो
जब तिमीले भेट्यौ अर्कै जून
र भेट्यौ तिम्रो हातको इशारामा फनफन्ती घुम्ने- एउटा
ग्लोब।
(धोका)
कवि सौरभ कार्कीको कवितासङ्ग्रह 'दृश्य बाहिर' को 'सफेद भ्रम' शीर्षक कवितामा आधुनिक प्रेम गर्ने शैली र त्यसले पारेका असरहरुलाई उतारिएको छ। कवि कार्कीले धेरै कविताहरुमा प्रेमलाई प्रस्तुत गरेका छन्, अति नै सुमधुर तरिकाले। कविले 'उडान' शीर्षकको कवितामा घरपरिवार र समाजले छोरीचेलीहरुलाई हेर्ने दृष्टिकोणलाई प्रस्तुत गरेका छन्। कवि समाज सुधारकको रुपमा पनि विभिन्न कवितामा आएका छन्। कविले 'वर्षा' शीर्षकको कवितामा अन्यन्तै गहिरो विचार प्रस्तुत गरेका छन् जब कि यो कविता एकदमै छोटो छ। छोटो कविताले पनि गहिलो छाप लगाउँन सक्दोरहेछ भन्ने उदाहरण 'वर्षा' कविता हो। कविले नदीलाई जीवन मानेका छैनन्। बरु यसरी कविले नदीलाई आँसु मानेका छन्:
सिङ्गै जीवन बगाउने नदीलाई
मान्छेहरु "नदी जीवन हो" भन्छन्।
मलाई भने यो नदी
तिम्रो आँसुभन्दा फरक अर्थोक केही लाग्दैन।
(नदी)
'आगो' शीर्षकको कवितामा कविले 'बेगम' शब्दको प्रयोग गरेका छन्। र आफ्नी प्रेमिकालाई नै आगो सम्झेका छन्। कविले प्रेममा आशावादी चिन्तन जाहेर गरेका छन्। 'कविता' शीर्षकको कवितामा कविलाई आफ्नी प्रेमिकाले एउटा मीठो कविता सुनाउन भन्दा कविले आफ्नी प्रेमिकालाई ऐना देखाएर त्यै ऐनामा देखिएकी मान्छे एउटा सुन्दर र मीठो कविता हो भनेर भनेका छन्। सानोछँदा हामी हजुरआमासँग खुब रमाउछौँ तर पछि हामी ठूलो भएपछि उनै हजुरआमा हामीलाई मनपर्दैन। बरु हामी धन र केटीको नसामा चुर्लुम्म डुब्छौँ। अनि आफ्नै हजुरआमा पनि राम्री लाग्दिनन्। यही कुरोलाई कविले यसरी कवितामा ढालेका छन्:
अब म धेरै ठूलो भएको छु।
सहरको नामी कार्यालयको कारिन्दा बनेको छु।
आजकाल हजुरआमाको पोल्टोमा
आफ्नै बाल्यकालको फोटो देख्दा पनि दिग्मिग् लाग्छ।
मलाई आजका हजुरआमाको फरिया एकदमै नमीठो गनाउँछ।
(हजुरआमाको पोल्टो)
कवि सौरभको 'ईश्वरहरका विरुद्ध' शीर्षक कविता एकदमै शक्तिशाली कविता हो। एउटै कवितामा कविले समाजका विभिन्न पक्षहरुलाई उठाएर त्यसमाथि छलफल गरेका छन्। उनको यो कवितामा कमैयाहरुले भोग्नुपरेको पीडा, असमानता, मान्छे भएर पनि जनावरसरहको व्यवहार, अशिक्षा र अज्ञानताको जालमा फसेर जीवनभरि सङ्घर्ष र पीडा भोगिरहेकाहरुको कारुणिक कथा, गरिबीले निम्त्याएको कठिन परिवेश, आफ्नो आत्मसम्मान र प्रतिष्ठाको निम्ति गरिएको सङ्घर्ष र क्रान्ति आदि इत्यादि कुराहरुलाई प्रस्तुत गरिएका छन्। अर्थात् यो कविताले धेरैभन्दा धेरै विषयको उठान गरेको छ र पीडित पक्षलाई न्याय र सम्मान एवम् समान अधिकार दिलाउने प्रयत्न गरिएको छ। कविले कमैया भएर भोग्नुपरेको पीडालाई यसरी प्रस्तुत गरेका छन्:
मैले मालिकको खेतमा आफ्नो पसिनाले
घामका बाला फलाएको छु।
र मालिकले कुकुरले खाँदाखाँदै गरेको
खाना खाएको छु।
(ईश्वरहरुका विरुद्ध)
कवि सौरभ कार्कीको 'गल्ती' शीर्षक कविता कविले कवि तथा चित्रकार असरफ फयादलाई उनको 'इन्सट्रक्सन विथिन' कवितासङ्ग्रहको कारण मृत्युदण्डको सजाय सुनाएको साउदी अरब राज्यकाविरुद्धमा लेखेका थिए। कविले यो कविता 18 जनवरी 2016 मा बसन्तपुर डबली र 23 जनवरी 2016 मा शिल्पी थिएटर, बत्तीसपुतलीमा भएको कायक्रममा वाचन गरेका थिए।
कवि सौरभ कार्कीको कवितासङ्ग्रह 'दृश्य बाहिर' का केही कविताहरुमा पीडा, दु: ख, रोग, भोक, शोक, कष्ट, निराशपन आदि आदि कुराहरुलाई पनि प्रस्तुत गरेका छन्। कविले आफ्नो अन्तिम कविता 'अन्तिममा' मा जीवनको वास्तविकतालाई यसरी प्रस्तुत गरेका छन्:
म नभएको दिन केही हुनेछैन।
न पृथ्वी
न तिमी वा अरु कोही
न हुनेछन् खुसी वा दु:खका खातहरु।
जबसम्म म छु यी सब छन्
जब म हुनेछैन तब केही हुनेछैन।
(अन्तिममा...)
अन्तत: रमेश क्षितिजले कवि सौरभ कार्कीको कवितासङ्ग्रह 'दृश्य बाहिर' मा शुभकामना दिएका छन्। "सौरभका कवितामा अथाह प्रश्नहरु छन्। उज्यालो, वा बाँकी अँध्यारो, अविरल कुनै झरीले पखाल्न बाँकी धूलो मैलो छन्।", भनेर रमेश क्षितिजले भनेका छन्। कवि सौरभको ज्ञानको आयतन एकदमै धेरै रहेको कुरा उनका कविताहरु पढेर सजिलै अनुमान गर्न सकिन्छ। कविको ज्ञान असीमित रहेको छ। विज्ञान, प्रविधि, भूगोल, इतिहास, प्रेम, दर्शन, राजनीति, प्रकृति आदि इत्यादिमाथिको चिन्तनलाई कविले आफ्ना कविताहरुमा अति नै रोमाञ्चक र सुमधुर काइदाले प्रस्तुत गरेका छन्। कवि आफूले 'दृश्य बाहिर' कवितासङ्ग्रह लेख्नुको कारण यसरी बताउछन्- "यदि मैले यी कविता लेख्दैनथेँ भने जीवनमा धेरै महत्वपूर्ण क्षणहरु बिर्सेर बाँचेको हुने थिएँ। म बिर्सन माहिर छु। यी कविताहरु नै हुन् जो मलाई मैले बाँचेको समय टाइम ट्राभल गराउँछन्।"

Comments
Post a Comment