'छुटेका अनुहार'भित्रका अनुहारहरू
'छुटेका अनुहार'भित्रका अनुहारहरू
- बिकेश कविन
विधा : गैर – आख्यान
लेखक : रमेश सायन
प्रकाशक : लिपि बुक्स प्रा. लि
पृष्ठ : २५०
मूल्य : ३४५ /-
आमा रूँदै गाउँबेंसी मेलैमा
छोरो रूँदै गोरखपुर रेलैमा
‘भागेर भूगोलभरि’ कवितासङ्ग्रहबाट (२०७१) निकै नै हिट भएका कवि रमेश सायन आफू कोरियामा बसेर दिनभरि काम गरिरहँदा माथि उल्लिखित गीत सुन्न चाहन्थे यद्यपि उनका मालिकले कोरियन गीत नै घन्काइबस्थे । तथापि उनको मनले हरदम गाइबस्थ्यो :
आमा रूँदै गाउँबेंसी मेलैमा
छोरो रूँदै गोरखपुर रेलैमा
अहिले आएर कवि सायन, गैर – आख्यानकार पनि भएका छन् । उनको गैर – आख्यान ‘छुटेका अनुहार’ भर्खरै आएको छ । यसमा उन्नाइसवटा निबन्धहरू समावेश गरिएका छन् जसको सम्पादन जोतारे धाइबाले गरेका हुन् । आवरण भने टाइम्स क्रिएसनको रहेको छ । छुटेका अनुहारभित्रको पहिलो निबन्ध सिमकार्ड शीर्षकको रहेको छ भने काम र ‘काम’ शीर्षकको निबन्ध अन्तिम निबन्ध रहेको छ ।
सायनका निबन्धहरूमा मनोरञ्जन, सपना, दुर्घटना, दुःख, प्रेम, परिवार, सङ्घर्ष, धर्म, समाज, सामाजिक उचनिच, आन्दोलन, शिक्षा, परम्परावादी आचरण, आधुनिकीकरणतिरको अनुकूल पाइला, अथाह मनोकाङ्क्षा, स्वतन्त्र अवधारणा, हाँस्यव्यङ्ग्यात्मक अभिव्यक्ति, विदेशका विविध परिघटना, कुकुरसँगको अनेक भोगाइ, प्रकृति, स्वअस्तित्व, यौन, यात्रा, विद्रोह आदि आदि इत्यादि कुराहरू समेटिएका छन् ।
छुटेका अनुहारको पहिलो निबन्ध सिमकार्डमा एउटा सिमकार्ड पाउँन कतिसम्म सङ्घर्ष गर्नुपर्यो भनेर सायनले आफ्नै जीवनको एउटा पाटोलाई प्रस्तुत गरेका छन् । आफ्नो निजी सिमकार्डसँगको अगाध प्रेमलाई देखाइएको छ । यस निबन्धमा नीलम पौडेल छुटेका अनुहार भएकी छन् । रानी ‘खान’की छोरी हो ! शीर्षक निबन्धमा सायनलाई खानकी छोरी रानीसँग प्रेम भएको हुन्छ । यो कुरा उनले रानीसँग पनि गर्छन् । पछि रानीका दाजुले दुवै सायन र रानीलाई एकआपससँग बिहे गर्न भन्छन् तर सायनले गर्दैनन् किनकी रानीकी आमाले उनलाई ‘आमा भन्’ भनेर भनेकी हुन्छन् । रानी र रानीकी आमा छुटेका अनुहार भएका छन् यस निबन्धमा ।
छुटेका अनुहारभित्रको भाषाशैली निकै नै सामान्य रहेको छ । घर, स्कूल आदिमा आफन्तजन र साथीहरूसँग बोलिने शैलीलाई नै निबन्धकारले आफ्ना निबन्धहरूमा जस्ताको तस्तै उतारेका छन् । तर निकै काव्यिक रूप दिएका छन् । फेल शीर्षककोे निबन्धमा सर्वप्रथमत : सायन आफू एस.एल.सी परीक्षामा फेल भए भनेर निकै नै दुःखी हुन्छन् । अशान्त हुन्छन् । अन्तत : के हुन्छ भने उनी फेल हुँदैनन् । उनी त पास भएका हुन्छन् । माओवादी आन्दोलनका विविध कुराहरू पनि यस निबन्धमा प्रस्तुत गरिएका छन् । सायनले स्कूल, घर, वनजङ्गल, सबैसबैसँग घोर चकचक गरेका छन् चकचक शीर्षक निबन्धमा । आफूले गरेको गल्तीको आफ्नी आमासँग प्रायश्चित गरेका छन् । सायनका साथी जो पछि हेडसर हुनछन्, उनी नै छुटेका अनुहार भएका छन् यस निबन्धमा ।
रमेश सायनले आफ्ना निबन्धहरूमा आफूले भोगेका, देखेका कुराहरूलाई विशेषगरि प्रस्तुत गरेका छन् । डटपेन शीर्षकको निबन्धमा सायनले डटपेनको किस्साहरू बताएका छन् । उनले डटपेन हराउँने जादू बिर्खेबाट कहिल्यै सिकेनन् । यादव सर र बिर्खे छुटेका अनुहार भएका छन् । उनले आफूलाई बुबाले देखेका गलत सपना भनेर बाको घडी – क्रान्ति शीर्षक निबन्धमा भनेका छन् । उनका बुबाले उनलाई घडीको सेकेन्ड सुईजस्तै भएको देख्न चाहन्थे र उनकी दिदीलाई घन्टा सुई भए पनि ठीकै हुन्छ भन्थे तर कालान्तरमा उनी घन्टा सुईभन्दा पनि लासे हुन्छन् भने उनकी दिदीचाहिँ सेकेन्ड सुईभन्दा पनि फास्ट ।
पोस्टकार्ड शीर्षक निबन्धमा सायनले आफ्नो बाल्यकालमा साथीहरूसँग पोस्टकार्ड साटासाट गरेको कुरालाई सम्झेर लालायित भएका छन् । यसमा उनले यौनका कुराहरूलाईसमेत लेखेका छन् । सानोमा कथा भन्ने साथीहरू अनि पोस्टकार्ड साटासाट गर्ने साथीहरू छुटेका अनुहार भएका छन् । एउटा कुकुर र परिवारबीचको घोर आत्मीयतालाई ज्ञानी शीर्षक निबन्धमा प्रस्तुत गरिएको छ । यसले के पुष्टि गर्छ भने सबै पशु समान छन् । कुकर पनि मान्छेभन्दा ज्ञानी हुनसक्छ । यस निबन्धमा राते कुकर छुटेका अनुहार भएको छ । रामलाल केही होइन शीर्षक निबन्धमा रामलालहरूको कथा छ जो कर्मनिष्ठ छन् । कर्मयोगी छन् । हरूवा छन् । कदापि गर्मी र जाडो नभनि अहोरात्र खटिरहन्छन् । पसिना बगाइरन्छन् ।
निबन्धकार सायनले जताजतै व्यङ्ग्य गरेका छन् । उनले निम्न र तल्लो वर्गकाहरूलाई परम सहानुभूति दिएका छन् भने समाजका ठूलाबडा भनाउँदाहरूलाई जोडदार व्यङ्ग्यवाण हानेका छन् । लभ लक शीर्षक निबन्धमा कोरियाको सिओल टावरको सन्दर्भ रहेको छ । सायनले अनुस्कासँगको प्रेम जुन असफल हुन्छ, त्यसको चित्राङ्कन गरेका छन् । अनुस्का छुटेका अनुहार भएकी छन् । लभ अनलक शीर्षक निबन्धमा उनले आफ्नी प्रेमिका अनुस्का जसको बिहे भइसकेको हुन्छ, उनैलाई भेट्छन् र सिओल टावरको अनुस्काको नामको ताला दिन्छन् । भियतनामी लेखक र अनुस्का छुटेका अनुहार भएका छन् । उनले जागिर खानको निम्ति गर्नुपरेको अथाह सङ्घर्ष र जागिर पाइसकेपछि भोग्नुपरेका विविध पीडालाई यसमा प्रस्तुत गरिएको छ । यो निबन्ध तीन उपशीर्षकमा विभाजन गरिएको छ ।
विराटनगर, पथरी, उदयपुर, सर्लाही, भोजपुर, धनकुटा, इलाम, बेलबारी आदि आदि ठाउँहरूको भोगाइँलाई सायनले आफ्ना निबन्धहरूमा प्रस्तुत गरेका छन् । आफ्नो जागिरमा गर्नपरेको अथाह सङ्घर्षलाई अर्गानिक शीर्षक निबन्धमा प्रस्तुत गरिएको छ । भकुन्डो शीर्षक निबन्धमा एउटा भकुन्डोले सुरूवात गरिदिएको प्रेम तर असफल प्रेमलाई प्रस्तुत गरिएको छ । संगीता जसलाई उनले प्रेम गर्थे र उनका अन्य स्कूलका साथीहरू छुटेका अनुहार भएका छन् ।
२०६२-६३ को जनआन्दोलनका विविध घटना, परिघटना आदिलाई साथी शीर्षक निबन्धमा देखाइएको छ । कवि बोनम प्रतापसँगको अगाध घनिष्ठता र मित्रता साथसाथै भोगेका विभिन्न आरोहअवरोहहरूलाई प्रस्तुत गरिएको छ ।
रमेश सायनले, ‘मैले सबैभन्दा धेरै सोच्ने कुरा यौन र सपना हो’ भनेर भनेका छन् । त्यसैले होला उनका धेरैजस्ता निबन्धहरूमा यौनका कुराहरू छन् । सपना त अपार देखेका छन् उनले । सायनले अमेरिकानो कफी पिउँन नजानेर साह्रै मुख पोलेको प्रसङ्ग हट कफी शीर्षक निबन्धमा रहेको छ । आफैँले खोलेको कफी सपको कुरा पनि यसमा उल्लिखित छ । अहिले उनी पूर्वको इटहरीमा ‘९० एम.एल फुड क्याफे’ खोलेर चलाइरहेका छन् । सानै उमेरमा बिहे हुँदा आफ्ना साथीहरूसँगको सम्बन्धमा कसरी र कस्तो असर पर्दछ भन्ने कुरो कामेश्वर शीर्षक निबन्धमा उद्धृत गरिएको छ । कामेश्वर जो उनका साथी हुन्छन्, उनी नै छुटेका अनुहार भएका छन् ।
पास शीर्षक निबन्धमा त्रिभुवन विश्वविद्यालयमा स्नातक तह अध्ययन गर्दाताका घटना, परिघटनाहरू र जागिर खाएको प्रसङ्गहरू उल्लिखित गरिएका छन् । नेपाली शिक्षा पद्धतिप्रति बडो व्यङ्ग्य हान्दै उनले भनेका छन् :
“सबै प्रश्नको गल्ती उत्तर लेख्दा पनि म पास ।
सबै प्रश्नको सही उत्तर लेख्दा पनि म फ्ल ।
यस्तो विश्वविद्यालयबाट उत्पादन भएको विद्यार्थी हुँ म ।
यस्तो विद्यार्थीको कुनै काम छैन ।”
सायनले कुनै पनि काम सानो वा ठूलो हुँदैन भन्ने कुरालाई चरितार्थ बनाइदिएका छन् । उनी सबै कामलाई समानरूपले हेर्छन् । सबै कामलाई सम्मान गर्छन् । उनी भन्छन्, ‘देशमा म जसरी शारीरिक श्रम नगरि हल्लिएर बाँच्नेहरूका लागि कोरिया सुधारगृह हो ।’ अन्तिम निबन्ध काम र ‘काम’ मा कुनै पनि काम खराब हुँदैन, यदि मानिसले मन लगाएर काम ग¥यो भने उसले जीवनमा अपार उन्नति र प्रगति गर्नेछ भनेर भनिएको छ । कर्मप्रति निष्ठावान भएर लाग्नुपर्दछ । कामलाई गाली गर्नु सम्पूर्ण मजदुरलाई गाली गर्नु सरह हो भनेर सायनले भनेका छन् ।
अन्तत : आभार व्यक्त गर्दै रमेश सायनले, ‘तपाईँ बोल्न नछाड्नोस् । कमजोरी देखाउन नछाड्नोस् । म सुध्रन चाहन्छु ।’ भनेर भनेका छन् ।

Comments
Post a Comment