'फूलहरूको आँधी' उर्फ 'नारीशक्ति '
विधा : कवितासङ्ग्रह
कवि : सरस्वती श्रेष्ठ ‘सरू’
प्रकाशक : पोखरेली युवा साँस्कृतिक परिवार
पृष्ठ : ११२
मूल्य : रू. २५०÷–
पोखराकी साहित्यकार सरस्वती श्रेष्ठ ‘सरू’ नेपाली साहित्यको क्षेत्रमा निकै नै सुनिने नाम हो । कविता, बालकथा, मुक्तक आदि विधामा निरन्तर कलम चलाइरहेकी उनको तीनवटा कृतिहरू प्रकाशित भइसकेका छन् । ‘थुँगा थुँगा जिन्दगी’ उनको गीत सङ्ग्रह हो भने ‘एक झुल्को घाम ओर्लेर सडकमा’ र ‘फूलहरूको आँधी’ उनका कवितासङ्ग्रहहरू हुन् ।
कवि सरूको दोस्रो कवितासङ्ग्रह हो – फूलहरूको आँधी । २०७४ मा प्रकाशन भएको यस कवितासङ्ग्रहको आवरण मनोज तामाङ योन्जनको रहेको छ भने यसको शुद्धाशुद्धि शिशिर ढुङ्गानाले गरेका छन् । कविले आफ्नो यो कविताकृति ती फूलहरूलाई समर्पित गरेकी छन् जो आँधी बोक्न बाध्य छन् ।
फूलहरूको आँधी कवितासङ्ग्रहभित्र एकचालिसवटा कविताहरू सङ्गृहीत गरिएका छन् । पहिलो कविता अघोषित जीवन युद्ध शीर्षकको रहेको छ भने अन्तिम कविता सिउँडीको बार शीर्षकको रहेको छ । यस कवितासङ्ग्रहलाई कुनै पनि खण्डमा विभाजन गरिएको छैन ।
यस कवितासङ्ग्रहको शीर्षक फूलहरूको आँधीको आशय के हुन सक्छ भने ती नारीहरू जो सङ्घर्ष गरिरहेका छन् र जसलाई विभिन्न पीडाहरू भोग्न बाध्य परिरहेको छ, तिनीहरूले नै गरेका विरोध । अर्थात् फूलहरूको आँधी संयुक्त नारीशक्तिको साझा दस्तावेज हो ।
कवि सरूको यस कवितासङ्ग्रहभित्र प्रकृतिप्रतिको अपार महिमा, अनुभूति, मनोभावना, चिन्तन र मनन, आवेग, पीडा, सङ्घर्ष, विगत र वर्तमान, घरपरिवार, कर्मप्रतिको अथाह आस्था र श्रद्धा, स्वअस्तित्वको सुमधुर आचरण, नारीहरूको आवाज, सामाजिक बेथिति र विसङ्गतिमाथिका व्यङ्ग्य, पुंसत्वको घमण्ड गरेर नारीहरूलाई हेप्नेहरूप्रति प्रश्न, प्रेरणादायी विचारधारा, जीवन र मृत्यु, प्रकृतिका विविध आयामहरू, संरचना, बलात्कार र नारीहिंसाविरुद्धको आवाज, महिलाहरूको संरक्षण र उचित सम्मान, प्रेम र विछोड आदि आदि कुराहरू समेटिएका छन् ।
यस कवितासङ्ग्रहको पहिलो कविता अघोषित जीवन युद्ध छोरीलाई सम्बोधन गरेर लेखिएको छ । छोरीलाई जीवनमा सङ्घर्ष गरेर जीवनपथमा अगाडि बढ्नुपर्छ र सम्पूर्ण बाधाव्यवधानहरूसँग लड्दै आफूलाई जितसँग सुनिश्चित गराउँनुपर्छ भनेर कविले बताएको छन् । जीवन र मृत्युका विविध आयामहरू बारे आफ्ना विचारहरू पस्केकी छन् कविले अनुभूतिमा मृत्यु शीर्षक कवितामा । आर्तनाद, क्रन्दन, कुण्ठाभित्र मानववाद शीर्षक कवितामा समाजमा महिलाहरू तिरस्कृत छन् र सदैव हेपिइरहेका छन् सबैबाट र उनीहरूको निम्ति कुनै पनि सकरात्मक र महिलावादी कदम नचालेकोमा कवि निकै रूष्ट र चिन्तित छिन् । कविले नारीहरूको जिन्दगीलाई यसरी प्रस्तुत गरेकी छन् :
अक्षरहरू लिपिबद्ध हुन बाँकी
सेतो सादा कागजको पानाझैँ छ
नारीको जिन्दगी
(आर्तनाद, क्रन्दन र कुण्ठाभित्र मानववाद)
कविले आफू बाँचेको परिवेश र समयलाई निकै सम्मान गरेकी छन् । कविताहरू पढ्दा कवि सरू सानैदेखि गाउँले जीवन निर्वाह गरिरहेकी आभास सजिलैसँग हुन्छ । धेरै मानिसहरू गाउँ सुविधासम्पन्नविहीन हुन्छन् भनेर दुखेसो पोखिरहेका हुन्छन् परन्तु कवि गाउँसँगै रमाइरहेकी छन् । उनले सहरसँग कुनै आशा राखेकी छैनन् । कविले यसरी आमालाई संसारकै सुन्दर फूल भनेर आमाप्रति असीम श्रद्धा अर्पण गरेकी छन् ः
जब धर्तीमा
आफ्ना सुन्दर आँखा खोलेँ
सबैभन्दा पहिले
आमालाई देखेँ
र मलाई लाग्छ
आमा !
संसारकै सबभन्दा
सुन्दर फूल ।
(आमा)
आमा भन्छिन् .... शीर्षक कविता आजको दिनमा अर्थात् आजको नेपालको परिवेशमा (सबै गाउँ र सहरमा) पनि उत्तिकै शक्तिशाली छ । कवितामा जे कुरा बताइएको छ, आज नेपाली समाजमा ती कुराहरू नै, ती गतिविधिहरू नै भइरहेका छन् । कलिला फूलहरूको बलात्कार भइरहेको छ । हत्या भइरहेको छ । आफ्नै दाजुभाइसमेत संलग्न छन् यस्ता अमानवीय र घीनलाग्दो क्रियाकलापहरूमा । किन्तु विडम्बना सरकार र सुरक्षाकर्मीहरू पनि स्वयम् बलात्कार गरिरहेका छन् । छोरीको सुरक्षालाई मध्यनजर गरेर एउटी आमाले आफ्नी छारीको अस्मिताको संरक्षणको निम्ति के – के गर्न सक्छिन् भन्ने कुरालाई कविको यी हरफहरूबाट थाहा पाउँन सकिन्छ ः
साँझ परेपछि तगारोबाट बाहिर
नजानू है नानी !
भन्छिन् आमा
र तगारो आफैँ लगाउँछिन्
आफ्नो घरलाई सुरक्षित राख्नुपर्छ
कसैले तगारो नाघेर आउन नसकून भन्छिन् ।
( आमा भन्छिन्)
यस कवितासङ्ग्रहभित्रका धेरैजस्ता कविताहरू आमा, छोरीलगायत अन्य महिलाहरू, बालबालिका र फूल बारे रहेका छन् । अघोषित जीवन युद्ध, आमा भन्छिन्... आदि कविताहरू छोरीमाथि लेखिएका छन् भने बालबालिकामाथि लेखिएका कविताहरू पारिजातका फूलहरू, नानीहरूको सपना, उदास गीत आदि रहेका छन् । कविले आमाको परिभाषा यसरी गरेकी छन् ः
उनी आमा भएका छन् अचेल
हो, उनी आमा भएका छन्
आमा हुनुको गर्वानुभूति
उनले पनि पक्के गरे होलान्
आफ्ना नानीहरूको भोक र तिर्खासँग
नजिकिए होलान्
आमा हुनु भनेको पाठेघर सजाउनु मात्र कहाँ हो र ?
आमा हुनु भनेको हृदयको सत्तलबाट
मातृत्वको अनुराग छचल्काउनु पनि हो ।
(उनी अचेल आमा भएका छन्)
कविको साथमा कुनै पनि रङहरू छैन । उनी श्यामश्वेत छिन् । रङगहीन छिन् । त्यसैले उनी इन्द्रेणीको खोजीमा निस्केकी छन् जुन पथ कस्तो छ भन्ने कुरो कविलाई समेत ज्ञात छैन । अतः कवि एउटा अनिश्चित यात्रामा इन्द्रणीको खोजीमा र रङहरूको महासागरमा महास्नान गर्न निस्केकी छन् । कविले नानीहरूका निम्ति एउटा उदास गीत पनि लेखेकी छन् । ऐना शीर्षक कवितामा कविले स्वअस्तित्वको कुरा गरेकी छन् जुन विषय एउटा जीवनवादी विषय हो । धेरैले विरलै स्वअस्तित्वको कुरो गर्छन् किनकी आजको व्यस्त संसारलाई आफ्नै बारे एक मिनेट पनि सोच्ने फुर्सद छैन । अरूको बारेमा सोचेर, हामी दुःखी र पीडित भइरहेका छौँ जुन फगत गौण अवधारणा हो ।
कविले आफू कुन वादमा रहेकी, त्यो कुरा थाहा नभएको बताएकी छन् । परन्तु कविलाई कुनै वादमा राख्नुभन्दा कुनै प्रेमीको उपमा र संरक्षक भन्नु मनासिब हुनेछ । उनलाई महिलावादी भन्दा पनि महिलाहरूका शुभचिन्तक र संरक्षक, प्रकृतिवादी भन्दा पनि प्रकृतिप्रेमी आदि आदि इत्यादि भन्न सकिन्छ । चाँडपर्वको बखतमा पनि विदेश पलायन भएका दाजुभाइहरू घर आउँदैनन् जसको आशामा रहन्छन् आमाहरू र दिदीबहिनीहरू । यी कुरालाई नै गाउँको व्यथा शीर्षक कवितामा चित्राङ्कन गरिएको छ । कविले सहरको चित्र यसरी कविताको क्यानभासमा उतारेकी छन् ः
सहरमा कोमलता हराएको छ
सहरमा संवेदना हराएको छ
सहरमा माटो हराएको छ
सहरलाई छुँदैन कसैको वेदनाले
सहर अचेल मुटु हराएर
मुटुविहीन बनेको छ
सहर अचेल चेतना हराएर
चेतनाविहीन बनेको छ ।
(गाउँहरू फेरि गाउँ फर्किरहेछन्)
हामी सम्पूर्ण मानिसहरू समयकै अधिनमा छौँ । समयले नै हाम्रो वर्तमान र भविष्य निर्धारण गरिरहेको हुन्छ जुन कुरा हामीलाई किमार्थ अवगत हुँदैन । र हुन पनि सक्दैन । कविले यो कुरालाई राम्रोसँग बुझेकी छन् र भनेकी छन्, ‘समय वडा बलवान रहेछ ।’ कवि पुष्पप्रमी हुन् भन्ने कुरो यसरी पुष्टि हुन्छ ः
गाउँभरि छन् फुलेका सयपत्रीहरू
पाखाभरि छन् फुलेका लालीगुराँसहरू
कान्लाभरि छन् फुलेका सुनाखरीहरू
आँगनभरि छन् फुलेका बेली चमेलीहरू
(घाम)
कविले कहिले फूललाई महिलाको रूपमा देखेकी छन्, कहिले बालबालिकाको रूपमा, कहिले जीवनको रूपमा, कहिले श्वासको रूपमा, कहिले सङ्घर्षको रूपमा, कहिले गाउँको रूपमा र कहिले स्वयमको रूपमा । चराहरू शीर्षक कवितामा कविले मानिसभन्दा पनि चराहरूलाई उच्च स्थानमा राखेकी छन् किनभने चराहरू स्वतन्त्र हुन्छन् । मानिझैँ झैझगडा, हिंसा, अत्याचार, बलात्कार आदि गर्दैनन् । कविले सत्यता र विचारहरू सधैँ नाङ्गै हुन्छन् भनेर यसरी भनेकी छन् ः
सत्य कुराहरू सबै नाङ्गा हुन्छन्
विचारहरू सधैँ नाङ्गा हुन्छन्
छोप्नु पर्ने त झुट हो, कुविचार हो ।
(सत्य)
फूलहरूको आँधीभित्रका कविताका पढेर कवि सरस्वती श्रेष्ठ ‘सरू’ लाई महिलावादी भन्न सकिदैन किनकी कवि फगत महिलाको पक्षमा छैनन् । उनी न्याय, धर्म, मानवता, र अहिंसाको पक्षमा छिन् । उनी अचेल आमा भएका छन् शीर्षक कवितामा उनले आफ्ना जीवनसाथीलाई आमा भनेर सम्बोधन गरेकी छन् । एउटा पिताको महायोगदानलाई उनले मातृत्वसँग समानान्तर गरेकी छन् ।
कविले मुहारपुस्तिकामा सदैव बिहानै फूलको तस्विर राख्ने गर्छिन् । उनका धेरैजस्ता कविता, भावना, रचना आदिमा फूलकै जीवन र सौन्दर्य सजिएको हुन्छ । यस कवितासङ्ग्रहका कविताहरूमा पनि जताततै फूलैफूल फुलेका छन् शब्दहरूको बगैँचामा । फलतः यहाँ फूलहरूको आँधी आएको छ । अन्तिम कविता सिउँडीको बारमा कविले यसरी लेखेकी छन् ः
म लगाउँछु तगारो छेउमा
सिउँडीको बार
उमार्छु हत्केलाभरि
सिस्नाको झाङ
फुलाउँछु अब
जिउभरि आगोको फूल
भो अब रुन्न म
झार्दिनँ मोतीजस्ता आँसु
दुखाउन्नँ मन ।
(सिउँडीको बार)

Comments
Post a Comment