'मिझोर' अर्थात् 'गुड मर्निङ'
'मिझोर' अर्थात् 'गुड मर्निङ'
- बिकेश कविन
विधा : कवितासंङ्ग्रह
कवि : प्रसन्न घिमिरे
प्रकाशक : साङ्ग्रिला पुस्तक प्रा. लि काठमाडौँ
पृष्ठ : २२२
मूल्य– नेरु. ३००/-, भारु. २५०/-
केही वर्षअघिसम्म नेपाली साहित्यको क्षेत्रमा कविता विधाले अरु विधाहरुजस्तो विकास र लोकप्रियता आर्जन गरेको थिएन । कथा, निबन्ध, उपन्यास आदिजस्ता विधाहरुले कवितालाई सदैव जितेका थिए । अर्थात्, कविता आख्यानभन्दा पछाडि थियो । त्यो समयको माग पनि हुनसक्छ । किनभने, अहिले जति कविताप्रतिको ध्यान र ज्ञानको सुमधुर विकास भइरहेको छ, त्यो समयमा थिएन । त्यसैले कविता विधा छायाँमा परेको थियो । परन्तु अब त्यो छैन । अहिले मानिसहरुले कविता पनि बुझ्न थालेका छन् । यसरी कविताको अस्तित्व दिन प्रतिदिन सुदृढ बनिरहेको छ ।
अहिले आएर कविता लेखनमा अलि रफ्तार आएको अनुभूति हुन्छ । कविहरुको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । कविहरुले नवीन विषयहरुको उठान गरेर ती विषयहरुमा नै कविता लेखेर नेपाली साहित्यको क्षेत्रमा पनि नवीनता प्रदान गरिरहेका छन् । कविहरुले पनि आफ्नै शैली र ढाँचाको विकास गरिरहेका छन् । फरक–फरक तवरमा कविहरुको उदय भइरहेको छ । आ–आफ्नै ब्राण्डको निर्माण गरिरहेका छन् । यसैगरि बिलकुल फरक शैलीमा सुन्दर कविताहरु लेख्ने एक कवि हुन् – प्रसन्न घिमिरे ।
‘थ्रि आई प्रा. लि’ का व्यवस्थापक तथा डिजिटल मार्केटर प्रसन्न घिमिरे ‘र निःशब्द’ (२०६९) कविता कृति प्रकाशित गरेर फरक शैलीका कविता लेख्न मन पराउने अनुहार बनाएका कवि हुन् प्रसन्न घिमिरे । उनको दोस्रो कवितासङ्ग्रह मिझोर हो । शुभ बिहानी भन्नु पर्दा पाल्पातिर स्थानिय मगर भाषामा ‘मिझोर’ भन्ने गरिन्छ । नमस्कार भन्नु पर्दा पनि यही शब्दको प्रयोग गरेको पाइन्छ कतै कतै । कवि प्रसन्न घिमिरेको कवितासङ्ग्रह मिझोरको आवरण आर्ट रसिक राजको हो । यस कृतिको पहिलो संस्करण २०७४ चैत्रमा आएको हो । कविले यो कवितासङ्ग्रह दिवा घिमिरेलाई समर्पित गरेका छन् । यस कविता सङ्ग्रहलाई सत्रवटा खण्डमा विभाजित गरिएको छ । सोह्रवटा खण्डमा कविताहरु रहेका छन् भने अन्तिम सत्रौँ खण्डमा कविले आफ्ना भनाई राखेका छन् र धन्यवाद प्रकट गरेका छन् । ‘कतै, पाइला नटेकी कतै...’ भनेर कविले प्रथम खण्डको शीर्षक राखेका छन् भने ‘बोतल अनुसार बसिदिएको पानी’ भनेर अन्तिम कवितायुक्त खण्डको शीर्षक राखेका छन् । ‘कथामा एक पोखरी’ शीर्षकको खण्डमा कविले आभार प्रकट गर्दै मिझोर कविता सङ्ग्रहको समाप्ति गरेका छन् । मिझोर कविता सङ्ग्रहमा एक सय ४० वटा कविताहरु समावेश गरिएका छन् ।
मीठो कविता बन्छ हृदयमा जब महसुस हुन्छ ।
जस्तो कि तिमी नहुँदा तिमी महसुस हुनु ।
माथिका प्रेमिल हरफहरुले मिझोर कवितासङ्ग्रहको सुरुवात भएको छ । कवि प्रसन्नका कविताहरुमा प्रकृति, प्रेम, बिछोड, पीडा, सङ्घर्ष, घरपरिवार, मनोभावना, समाजमा विद्यमान विविध विषय, परम्परा, उचनिच, सामाजिक असमानता, वर्गीय विभेद, सम्बन्ध, सामाजिक कुसंस्कृति, रुढिवाढी परम्परा आदि इत्यादि कुराहरुलाई प्रस्तुत गरिएको छ ।
मिझोर कविता सङ्ग्रहको पहिलो कविता गल्फ बलमा कविले जीवन र मृत्युलाई गल्फ बलसँग दाँजेका छन् । कविले मृत्युलाई गल्फ बल भनेर कवितामा प्रतिविम्बित गरेका छन्–
एक मित्र गयो पशुपतिमा आज
फेरि एउटा गल्फ बल गयो नभेटिने गरी ।
(गल्फ बल)
पञ्चतत्व शीर्षक कवितामा कविको भोलि नै मृत्यु भएमा कविले थाँती राखेका कुराहरु कसरी पूरा गर्छन् भनेर प्रश्न सोधिएको छ । जिन्दगी जसरी पनि बाँच्न सकिन्छ भन्ने परम यथार्थ फेसन शीर्षक कवितामा प्रस्तुत गरिएको छ । जिन्दगी जसरी पनि शीर्षक कवितामा कवि आफ्नो जिन्दगीप्रति घोर आशावादी देखिएका छन् । हामी धेरैजस्ता मानिसहरु पनि सारहीन हुन्छौँ । आखिर किन त हुन्छौँ ? भनेर कविले ग्यारेज शीर्षक कवितामा प्रश्न गरेका छन् । प्वाँख शीर्षक कवितामा स्वअस्तित्व र आफू बाँचेको परिवेश बुझ्ने कोसिस गरिएको छ । हामी मानवको अस्तित्व कहिलेसम्म रहँला ? भनेर एकसाथ शीर्षक कवितामा प्रश्न गरिएको छ । जेब्राक्रसिङमा छु शीर्षक कवितामा निराशापन व्यक्त गरिएको छ –
जानू जिन्दगी,
तिमी पनि यसै गरी जानू ।
(जेब्राक्रसिङमा छु)
कविले आफ्ना कविताहरुमा थुप्रैथुप्रै प्रश्न गरेका छन् । वर्षातको बखत आमजनतालाई हुने कष्ट र पीडालाई वर्षातमा नेपालगन्ज शीर्षक कवितामा देखाइएको छ । यो कविताले देशका नेताहरु माथि झटारो हानिएको छ । नारायणस्थान शीर्षक कवितामा कविले एउटा निश्चित थलोको विकास र समृद्धि होस् भनेर आफ्नो विचार कवितामा उद्धृत गरेका छन् । कविले जूनलाई तलाउमा यसरी राखिदिएका छन्–
केही कविता यस्तै हुन्छन्
निभ्न खोज्ने जिन्दगी बचाइदिन्छन्
रातको अध्याँरोमा जूनलाई तलाउमा राखिदिन्छन् ।
(थोराङ्ला)
कविले काश्मीरका बासिन्दाहरुका अथाह पीडा र दुःखलाई यसरी कवितामा ढालेका छन््–
मानिसहरु हाँगामा अल्झेर पानीमा डुबेका पातजस्ता छन्
पानी घट्ला श्वास लिउँला भनेर बसिरहेका
(काश्मीर)
कविले आफ्नो विभिन्न कविताहरुमा सर्वप्रथमत : अरु नै कुराहरुलाई विम्बको रुपमा लिएका छन् किन्तु अन्तत : कविले स्वयमलाई त्यहीँ स्थानमा उभ्याएका छन् । कवि प्रसन्नका कविताहरुमा कवि एकैछिनमा बादलको सयर गरिरहेका हुन्छन् त एकैछिनमा कवि पातालमा आइपुग्छन् त एकैैछिनमा कवि जून र ताराको वसुन्धरामा पुगिदिन्छन् । सिर्जना कसरी गर्नुपर्छ भनेर कविले यसरी बताएका छन्–
किनारमा उभिएको वृक्षको कलम समाएर
लेखक घाम लेखिरहेछ अनुच्छेदहरु, अध्यायहरु
न कुनै पुरस्कार जित्नु छ
न कतै लेखकको आइडेन्टिटी कार्ड झुण्ड्याएर
न कुनै समारोहमा वक्ता बन्नु छ, न मञ्चमा उक्लनु छ
कुनै छैन बडो आरामले सिर्जनाको रस लिइरहेछु सिर्जनामा
यसरी पो लाग्नु सिर्जनामा !
(सिर्जना)
कविले आफ्नो हृदयको गीत यसरी सुनेका छन्–
जब म बन्द गर्छु बोल्न
भित्र छातीभित्र हृदय मेरो गीत गाउँन थाल्छ
(आग्रह)
अचम्म शीर्षक कवितामा कविले मानिस एवम् प्रकृतिका विविध अनौठा क्रियाकलापहरु प्रस्तुत गरेका छन् र ती कार्यहरु हुनुको कारण सोधेका छन् । बतासले बगरको ढुङ्गालाई यसरी पूजा गर्दछ भनेर कविले देखाइदिएका छन्–
छेउको जङ्गलबाट बोकिल्याउँछ बतासले
फूलको सुगन्ध अनि पूजा बगरको ढुङ्गालाई ।
(कोही नभएजस्तो)
कवि प्रसन्नका कविताहरु पढ्दा यस्तो अनुभूति हुन्छ कि उनी एक अथक यात्री हुन् । उनले विभिन्न स्थल एवम् पर्यटकीय क्षेत्रहरुको अवलोकन गरेको कुरो उनका कविताहरुबाट पुष्टि हुन्छ । उनका कविताहरुमा एउटै कविको अथाह रुपहरु देखिएका छन् । अथाह लीलाहरु देखिएका छन् । त्यसैले कवि प्रसन्न घिमिरेलाई ‘लीलाधर’ भनेर सम्बोधन गर्दा अन्यथा नहोला ।
प्रदूषण र फोहोरमैलाले कसरी प्रकृतिलाई प्रत्यक्ष असर पारेको छ, त्यो कुरालाई कविले यसरी लेखेका छन्–
डिप्रेसनग्रस्त युवाजस्तो किन डुबिरहेका हुन्
यी मिनरल वाटरका बतल
अब कसरी अनुहार हेर्छ माछापुच्छ्रे यहाँ ?
(हर्पन)
कविले प्रकृतिलाई प्रविधिसँग यसरी जोडेका छन्–
हिउँदका एक खोली निकै चुपचाप लाग्दछ
फोन, एसएमएस, इमेल केही नगरेर
आफ्नै एकान्तमा एक्लै हिँडिरहेको कुनै मित्रजस्तो
(एक खालि)
मानिस एक सर्वश्रेष्ठ र विवेकशील प्राणी भए तापनि तिनीहरु सङ्घर्षरत र हर्षविभोर भएर कदापि बाँच्दैनन् । बरु जीवनभर चिन्ता नै चिन्ताको समुद्रमा सयर गरेर बाँच्छन् र अन्ततः त्यै चिन्ताको समुद्रले तिनीहरुलाई डुबाइदिन्छ भनेर कविले बडहरका पातहरुको कुरा शीर्षकमा बताएका छन् । कविले जीवनको अर्थ यसरी बताउँने जमर्को गरेका छन्–
जीवनको रस अन्तिम क्षणसम्म पनि लिनुपर्छ
उदास रहनलाई चिन्तित हुनलाई होइन
जीवन मानिसले यो कला उहिल्यै बिर्सियो
(बडहरका पातहरुकको कुरा)
मिझोर कवितासङ्ग्रहको एउटा खण्डको नाम कविले झ्यास राखेका छन् । काठमाडौंको कवि कुनामा कसैको रचना मन नपरेको जनाउन यो शब्दको प्रयाग हुने गरिन्छ । कविलाई आफूलाई मस्तै मन परेका कविता यही शब्दको नाममा गरिदिएका छन् । कविले एउटा मानिसलाई आफ्नो नर्सरीबाट एउटा वृक्ष दिएर पठाएकोमा अगाध निराशा प्रकट गरेका छन्–
दिई पठाएको त एउटा वृक्ष हो
आँगनबाट छोरीलाई विदा गरेर पठाएजस्तो भइरह्यो दिनभरि
नगर्नु पर्ने यो कस्तो व्यवसाय सुरु गरिएछ
(नर्सरी)
खर्चमा जिन्दगी शीर्षक कवितामा कसरी अहिले विविध सामाजिक सञ्जाल जस्तो फेसबुक, ट्विटर, ह्वाट्सएप, युट्युब आदि–आदिका चपेटामा परेर मानिसहरु व्यस्त भएर संसार र वास्तविकता नै भुलिरहेका छन् भन्ने कुरालाई देखाइएको छ । एउटा निम्नवर्गीय मानिस कसरी आफ्नै अधिनमा बस्न र आफ्नै हृदयसँग घनिष्ठ मित्रता गाँसेर बोलिबस्छ भन्ने कुरो कथामा गाइने दाइ शीर्षक कवितामा प्रस्तुत गरिएको छ । धनीवर्गले कसरी गरिब, निर्जनहरुलाई हेपिरहेका हुन्छन् भन्ने कुरोलाई कविले यसरी खुलाइदिएका छन्–
के हेर्दै छौ मित्र ?
हामी दुवै दलित हौँ दलित
हामीलाई हुर्कन पर्छ यस्तै कन्टेनरमा
(कन्टेनर)
हत्केलाभरिको छुवाइ खण्डका कविताहरु नितान्त फरक शैलीका छन् । विभिन्न भाषामा कविको ज्ञान र पहुँच रहेको कुरा यहाँका कविताहरुले अनुभूति गराउँछ । विविध भाषाहरुको प्रयोगले कविताहरुमा जुन मौलिकता, नुतनता र सौन्दर्यता ल्यादिएको छ, त्यसले पाठकहरुलाई अझ रमाइलो आभास गराएको छ । मौनताको घाम सबै जवाफ खण्डका कविताहरुमा कविले निजी विचार, मनोभावना र आचरणलाई प्रस्तुत गरेका छन् । देखिए जति सबै कपडा खण्डका कविताहरुमा प्रविधिको मिश्रण गराइएको छ । आजका मानिसहरु आधुनिकीकरणको डोरीमा यतिविघ्न बाँधिएका छन् कि तिनीहरुलाई वास्तविकतासँग कुनै मतलब नै छैन । भ्रम नै भ्रमको बीच तिनीहरु मस्तैसँग मस्ती गरिरहेछन् ।
कविले क्लिनिक, पदचाप, बेवकूफ, निकम्मा, मस्तै, फेसबुक, ट्विटर, मौनता आदि आदि इत्यादिजस्ता शब्दहरुलाई बहुत प्रयोग गरेका छन् । झिल्काहरुको उडान खण्डका कविताहरु ज्यादै छोटाछोटा छन् परन्तु ती सूक्ष्म कविताहरुभित्र घोर गहनता लुकेको छ । कविले यथार्थलोकभन्दा सपनीलोकमा आनन्द पाएका छन् । यथार्थलोकमा त उनी सदैव व्यस्त देखिएका छन् परन्तु यसरी सपनीलोकमा उनी उन्मुक्तको महासागरमा छन्–
काचो काचो मीठो सपना देख्नु छ
सुत्न दिनु न !
विहानै उठेपछि जिन्दगी
कहिले भान्साघर, कहिले गमला
कहिले फोन खै ? कहिले पेन खै ?
दौडाइरहन्छ नचल्नु न, सुत्न दिनु न !
(गुड नाइट)
कविले समाजका तल्लो वर्ग, दलित, आदिवासी, जनजाती आदिहरुको नसुनिने आवाजका प्रकम्पनहरुलाई उठाएर तिनीहरुको उठानको निम्ति अग्घोर प्रयत्न गरेका छन् । फेरि पनि शीर्षकको कविता कविले आफ्ना दिवङ्गत पिताप्रति समर्पित गरेका छन् । उनको कुरा शीर्षकको कविता कविले समाजसेवामा लागेका मित्रप्रति समर्पित गरेका छन् । कविले विश्वभर शरणार्थी भएर रहन बाध्य हुनुभएका सबैप्रति कथा एक्वेरियम शीर्षक कविता समर्पित गरेका छन् ।
कवि प्रसन्न घिमिरेले आफ्नो कविताकृति मिझोरको धरैजस्ता कविताहरुमा हरफहरुलाई दोहोर्याएका छन् । जस्तै–
मलाई एक झपक निदाउनु छ, बिन्ती !
मलाई झपक निदाउनु छ, बिन्ती !
(माझीदाइ)
मेरा दिन अनि रातका सिक्काहरु
खर्च गरिदिनू तिमी
मेरा दिन अनि रातका सिक्काहरु
खर्च गरिदिनू तिमी ।
(बजार)
तिमी मलाई बोलाएर बाह्र सत्ताइस कुरा नगर्नु
(पेन्टिङ)
अन्त सायद केही गरेन
(२०७१ सालको भुइँचालो)
कवि रमेश क्षितिजले मिझोर, कविताको एक जङ्गल भएर शीर्षकमा कवि प्रसन्न घिमिरेलाई हार्दिकता र शुभकामना दिएका छन् – ‘प्रसन्न– होशपूर्वक कविता लेखिरहेका थारै कविहरुमध्ये एक हुन् । अहिले चलेको धूलो, धुवाँ र तातो हावाको सङ्क्रमणबाट जागिएर ‘आफू’ लाई खोज्नु ठूलो कुरा हो । प्रसन्नले नेपाली साहित्यमा कविताका पाठकलाई दिने प्रसन्नता अझै बढ्नेछ । यस्तो विश्वास छ मेरो । टाढा पुग्ने बाटोमा उनी उकालै उकालो हिँडिरहेको म देख्छु ।’
कवि प्रसन्न घिमिरेले कथामा एक पोखरी शीर्षकको खण्ड दिएर यसरी आफ्ना कुरा राखेका छन् – ‘सपना जम्मा गर्ने कुनै तरिका भेटिएन कतै । धन्न ! कविता जम्मा गर्ने तरिका भेटेँ । जीवन – नदीमा घुम्दे आइपुग्ने माछाजस्ता ती कविता हृदयको तलाउमा चलमलाउँछन्, श्वास फेर्दछन् । म हात राख्छु उही हृदयको तलाउमा , केही कविता हातमा आउँछन्, केही फुत्किएर उतै खस्छन् । म तिनलाई कागज नामको पोखरीमा राख्छु । उतैबाट केही कविता ‘मिझोर’ नामको यस पुस्तक पोखरीमा ल्याइ राखेको छु । यो एउटा सोख, यसको म अम्मली छु ।
मिझोर कवितासङ्ग्रहको अन्तिमा यस्ता हरफहरु छन्–
कुरामा मेरो केही त मिक्स छ
सेमह्रो
अरु त केही कुरा हैन इश्क छ
सेमह्रो
(सेमह्रोः मायालु)
मिझोर कवितासङ्ग्रहको कभर पछाडि साना कामहरु शीर्षकको कविता श्रृङ्गारित छ –
गर्नु नगर्नु गर्छौ यार !
घृणाको ठूलो समुन्द्रमा प्यारको सानो डुङ्गा चलाएर
गर्नु नगर्नु गर्छौ यार !
(साना कामहरु)
www.bikeshkabin.com

Comments
Post a Comment