ईश्वरीय प्रेम अर्थात् ईश्वरीय भ्यालेन्टाइन : एक अाध्यात्मिक प्रेमालेख - बिकेश कविन
तुलनाकाे अतलुना । असीमित सर्मथहरूकाे असीमित सामर्थ्य अर्थात् सर्वाेच्च समर्थ । परमानन्द । अात्मियताकाे सगरमाथा । स्नेहसिन्धु । कृपासिन्धु । अनि, प्रेमसिन्धु । अर्थात् तिमी। तिमी, जसकाे प्रेमकाे कुनै नाप छैन । जसकाे प्रेमकाे कुनै हद छैन ।अर्थात् जसकाे प्रेम बेहद छ । असीमित छ । शाश्वत छ । सनातन छ । जसप्रति प्रेम ब्रम्हाण्डकै शुद्ध प्रेम हाे । सर्वाेच्च अानन्ददायी प्रेम हाे । सात्तिवक प्रेम हाे । पवित्रताकाे सुगन्धले मगमगिएकाे अलाैकिक प्रेम हाे । दिव्य चमकले प्रकाशमान सबैभन्दा अटल प्रेम हाे । जसकाे प्रेम वास्तविक प्रेम हाे । जसकाे प्रेम प्रेमकाे निरन्तरता हाे । अटुट प्रेम हाे । बन्धनविनाकाे फूलैफूलले बाँधिएकाे काेमलताले भरिपूर्ण अनि स्निग्धताकाे लगनले मग्न प्रेम हाे । जसकाे प्रेम प्रेमकाे महासागर हाे । जसकाे प्रेम प्रेमकाे अाकाशगङ्गा हाे । जसकाे प्रेम वास्तविक प्रेमकाे मूल हाे । जसकाे प्रेम वास्तविक प्रेमकाे सार हाे । जसकाे प्रेम वास्तविक प्रेम हाे । जसकाे प्रेममा प्रेमका प्रकाशहरूसिवाय अन्य केही छैन । किञ्चित् फाेहाेर छैन । किञ्चित् सांसारिक माया र तृष्णा छैन । किञ्चित् माेहजाल छैन । किञ्चित कलुषित मानसिकता छैन । किञ्चित कामी (कामयुक्त/विकारी) चेत छैन । केवल प्रेम छ । प्रेम नै प्रेम । शान्त प्रेम । सुन्दर प्रेम । मनमाेहक प्रेम । अात्मामाेहक प्रेम । अतुलनीय प्रेम । सबैभन्दा गहिराे प्रेम । परम अानन्दयुक्त प्रेम ।
हे परमप्रिय ! तिम्राे प्रेमकाे वर्णन गरिसाध्य छैन । तिमी मात्र एक हाै जसकाे प्रेम निस्वार्थ छ । जसकाे प्रेममा कुनै लेनदेन छैन । सांसारिक अनि भाैतिक कल्मष इत्यादिबाट स्वतन्त्र तिम्राे प्रेमकाे अतिरिक्त याे समग्र अस्तित्वमा अन्य कुनै प्रेमकाे उदाहरण छैन । मनलाई सम्पूर्ण रूपमा भरिपूर्ण अनि तृप्त पार्ने केवल एक तिम्राे प्रेम हाे ।
तिम्राे प्रेम जस्ताे कि सदैव बलिइरहने शाश्वत दियाेजस्ताे
तिम्राे प्रेम जस्ताे कि प्रेमकाे पराकाष्ठाजस्ताे
तिम्राे प्रेम जस्ताे कि सम्पूर्ण दु:खकष्ट अनि मानसिक वेदनाहरूकाे समग्र हरणजस्ताे
तिम्राे प्रेम मानाैँ समग्र रिक्ततामा पनि समग्रताले भरिपूर्णजस्ताे
तिम्राे प्रेम मानाैँ याे प्रकृतिकाे अनुपम स्पर्शजस्ताे
तिम्राे प्रेम मानाैँ मुस्कानहरूकाे अाँसुजस्ताे
तिम्राे प्रेम जीवनका हरेक पथमा कुदिइरहने स्नेही साथजस्ताे
तिम्राे प्रेम काँडा नै काँडाकाे दुनियाँमा बनेकाे फूलकाे कुसुमी पथजस्ताे
तिम्राे प्रेम सम्पूर्ण राहत जस्ताे
तिम्राे प्रेम समस्त उन्मुक्तताजस्ताे
हे साथी !
तिम्राे प्रेम अात्माकाे अनुपम अाभा हाे
तिम्राे प्रेम सर्वाेच्च शुद्धताकाे विशुद्ध प्रकम्पन हाे
तिम्राे प्रेम श्रेष्ठताकाे अात्मिक वृत्ति हाे
घनघाेर सुनसानमा पनि सुनिने तिम्राे प्रेमकाे मुरली
अागाेकाे लप्कामा लपेटिँदा पनि अनुभूत हुने तिम्राे प्रेमिल स्पर्श
चट्टानकाे कठाेरताजस्ताे याे दुनियाँमा पनि भेटिने तिम्राे अजर-अमर ईश्वरीय स्निग्धताजस्ताे
हे परमप्रिय !
तिम्राे प्रेम कल्पवृक्षकाे वरदानजस्ताे
तिम्राे प्रेम वरदानहरूकाे अलाैकिक छालजस्ताे
तिम्राे प्रेम अात्माकाे चामत्कारिक सङ्गीतजस्ताे ।
याे संसार एउटा ढाेङ हाे । याे शरीर एउटा ढाेङ हाे । याे बाहिरी अावरण एउटा ढाेङ हाे । याे सांसारिकता अनि संसारकाे बाहिरी प्रेम एउटा ढाङ हाे । लाेभ हाे । प्यास हाे । वासना हाे । अनि, जाल हाे । जालमा पस्याे अनि खाडलमा पर्याे । लड्याे । अनि मर्याे ।
सांसारिक प्रेम तिम्राे पतनकाे राह हाे । सांसारिक प्रेम क्षणिकता हाे । अनि,क्षणिकताकाे समाप्ति अवश्म्भावी छ ।
यद्यपि, ईश्वरीय प्रेम अनन्त छ । अकाट्य हाे । ईश्वरीय प्रेम प्रेमकाे भण्डार हाे जुन शाश्वत छ । ईश्वरी प्रेमप्रतिकाे गहिराइ अात्मचिन्तनकाे गहिराइ हाे । अात्मविश्लेषण अनि अात्ममननकाे गहिराइ हाे । ईश्वरीय प्रेम प्रेमकाे सर्वाेच्च खाेज अनि अनुसन्धान हाे । ईश्वरीय प्रेम प्रेमकाे बेहदकाे तार हाे जुन तारकाे माध्यमबाट मात्र याे दुनियाँमा रहँदारहँदै पनि परमयात्रामा निस्कन सकिन्छ । जसकाे प्राप्ति शब्दातित छ । अखुट छ । बेहद छ ।
याे संसार एउटा हद हाे । अनि, यहाँकाे शारीरिक प्रेम एउटा सङ्कचित मानसिकता हाे । जहाँ केही पनि छैन । जसले प्राप्तिकाे झाेलामा रिक्ततासिवाय अन्य केही पनि दिनसक्दैन । सांसारिक प्रेम प्रेम हाेइन, भाेग हाे । महाभाेग हाे । गिद्धहरूकाे अाहार हाे । वासनाहरूकाे लुछ हाे । काम विकारकाे ताण्डव हाे । शुद्धताकाे चीरहरण हाे । दिव्यता, पवित्रता अनि स्वच्छताकाे हत्या हाे । ईश्वरीय वरदानप्रतिकाे अनासक्ति अनि सांसारिक कलमषप्रतिकाे घाेर अासक्ति हाे ।
जहाँ देहभान छ, त्यहाँ सांसारिकता छ । अनि, त्यहाँ अलाैकिकता छैन । अनि, त्यहाँ शुद्ध प्रेम छैन । दिव्य अात्मिक प्रेम छैन ।
जहाँ देहभान छ, त्यहाँ देह अभिमान छ । अनि, त्यहाँ देह मात्र छ । मात्र देह अनि देह । जहाँ देह छ, त्यहाँ अात्माले केही देख्नसक्दैन । अनि, जब अात्मा अन्धाे बन्छ, याे बेला जुन प्रेमलाई प्राप्त गर्ने अभिलाषा राखिन्छ, त्यहाँ वासनाबाहेक अन्य केही पनि छैन । र, जहाँ वासना छ अर्थात् जहाँ काम विकारकाे प्यास छ, त्याे प्रेम घिनलाग्दाे प्रेम हाे । जहाँ माग प्रेमकाे हुँदैन, शरीरकाे हुन्छ । वासनाकाे हुन्छ ।
संसारकाे प्रेमकाे बजार गरम छ । संसारकाे प्रेमकाे व्यापार मारामार छ । यहाँ प्रेमकाे हाेलसेल बजार लागेकाे छ । अाजभाेलि बजारमा प्रेमकाे किनबेच हुन्छ । यस्ताे हुन्छ किनकि प्रेम भाैतिकरूपमा मात्र अात्मसात गरिएकाे छ ।
हुनुपर्ने कुरा सांसारिकताकाे अलाैकिकता हाे । शरीरकाे प्यास नभएर अलाैकिक प्रेमकाे प्यास हुनुपर्ने हाे । अात्मिक प्रेमकाे अभिलाषा हुनुपर्ने हाे । खाेज ईश्वरसँगकाे अर्थात् परमशक्तिसँगकाे अनन्त महाप्रेमकाे हुनुपर्ने हाे । यद्यपि, संसार मस्तमगन छ प्रेमका बजारहरूमा जहाँ भिड छ लागेकाे प्यासहरूकाे । अनि, भाेकहरूकाे । अनि, गिद्द दृष्टिहरूकाे । जहाँ भीड छ द्राैपदीलाई नङ्ग्याउने उत्कट चाहना राखेकाहरूकाे ।
यहाँ याे संसारमा, याे बाहिरी दुनियाँमा, याे बाहिरी लाेकमा खाडल नै खाडल छ । पतन नै पतन छ । अनि, विद्यमान छ प्रेमकाे खाडल । विद्यमान छ प्रेमकाे पतन । अनि, पतित प्रेमद्वारा जीवनकाे पतन । अनि, पतित जीवनबाट अात्माकाे पतन । याे यस्ताे नाजुक अर्थात् संवेदनशील बाटाे हाे, जहाँकाे प्रस्थानबाट ईश्वरसँगकाे अनुपम अनि अलाैकिक मिलन असम्भव छ । जसपश्चात् जीवन कष्ट नै कष्टकाे काँडाघारी बनिदिन्छ ।
कष्ट त्यहाँ छ, जहाँ ईश्वरी मिलन छैन । जहाँ ईश्वरीय प्रेम छैन । जहाँ ईश्वरीय मगन छैन । जहाँ अात्मा अभिमानी छैन ।
हाम्राे जीवनकाे सर्वाेच्च खाेज केवल एक प्रश्न हाे- 'म काे हुँ ?' अनि, यसकाे उत्तर केवल एकजनासँग छ, ऊसँग जाेसँग अस्तित्वकाे सबै कुरा छ । अनि, त्यहाँ त्यसै पुग्न असम्भव छ । किनकि त्यहाँ पुग्नका निम्ति समझ चाहिन्छ जुन समझ नै ईश्वरीय मिलनकाे मात्र एक माध्यम हाे । ईश्वरीय ज्ञान/प्रज्ञान/विज्ञान चाहिन्छ । याे ईश्वरीय प्रज्ञान प्राप्त गरिसकेपश्चात् मात्र ईश्वरसँगकाे दिव्य साक्षात्कार अनि मिलन सम्भव हुन्छ । अनि, मात्र सम्भव हुन्छ, भगवानसँगकाे अलाैकिक प्रेम । र, याे नै उत्तर हाे, जीवनकाे एक मात्र सर्वाेच्च प्रश्नकाे- 'म काे हुँ ?'
'म प्रेम स्वरूप अात्मा हुँ । म शान्त स्वरूप अात्मा हुँ', एक उत्तर जुन उत्तरकाे स्मृतिमा अथवा स्वरूपमा स्थित हुनु नै हाम्राे जीवनकाे परम लक्ष्य अनि उद्देश्य हाे ।
प्रेमकाे महासागरले हरक्षण हामीलाई बाेलाइरहेकाे हुन्छ । यद्यपि, हामी सांसारिक प्रेमकाे दुनियाँकाे अागाेमा जलेर माेज मरिरहेका हन्छाैँ । प्रेमप्रतिकाे यस्ताे अज्ञान अन्धकार हामीमा व्याप्त छ कि हामी जीवन, प्रेम अनि ईश्वरसँग बहुत बहुत दूर छाैँ । त्यसैले, यहाँ दु:ख अनि मात्र दु:ख छ । किनकि हामी दु:खकाे स्वरूपमा स्थित हुन लालायित भइरहेका हुन्छाैँ । क्षणभङ्गुर शारीरिक प्रेममा डुबेर निस्सासिन माेहित भइरहेका हुन्छाैँ । अत: याे विकारले भरिपूर्ण घिनलाग्दाे दुनियाँ नै हामीलाई फूलैफूलकाे अलाैकिक बगैँचा प्रतीत हुन्छ । र, यहाँ हामी 'दुष्शासन' बनेर विकारहरूकाे शासन गर्छाैँ अनि भन्छाैँ- 'एक प्रेमकाे पूजारी हुँ ।'
हे मानव ! तिमी लाैकिक प्रेमकाे तुष्छ पूजारी हाै जसले अहिलेसम्म देह मात्र देख्नसकेकाे छ । जब तिमी अलि माथि उठ्नेछाै अनि, पुग्नेछाैँ पारलाैकिक दुनियाँ अनि तिम्राे साक्षात्कार प्रेमकाे सिन्धुसँग हुनेछ, तब मात्र तिमी वास्तवमै प्रेमकाे पूजारी बन्छाै । अर्थात् ईश्वरीय प्रेम स्वरूप स्थितिमा स्थित हुनेछाै जसपश्चात् तिम्रा हरेक कदम प्रेममय हुनेछ । हरेक बाेल प्रेममय हुनेछ । हरेक सङ्कल्प अनि विचार प्रेममय हुनेछ । हरेक कर्म अनि कृति प्रेममय हुनेछ । हरेक दृष्टि प्रेममय हुनेछ । हरेक सम्बन्ध-सम्पर्क प्रेममय हुनेछ । अनि, तिमी स्वयम् हुनेछाैँ प्रेमकाे एक अनुपम दृष्टान्त । त्यस्ताे दृष्टान्त जहाँकाे दृश्यमा केवल ईश्वरकाे प्रत्यक्षता हुनेछ । प्रत्यक्षता हुनेछ, प्रेमकाे सिन्धुकाे । प्रेमकाे बिन्दुकाे ।
Comments
Post a Comment