याद (कविता) - बिकेश कविन । brahmakumaris ।
याद
मामेकम् याद गर
याद तिम्राे अस्त्र हाे
याद तिम्राे शस्त्र हाे
याद सम्पूर्णता हाे तिम्राे
तिमी याेगी हाै
तिमी सहज याेगी हाै
तिमी निरन्तर याेगी हाै
तिमीलाई बाँधिनु छ ईश्वरीय डाेरीसँग
तिमीलाई बग्नु छ परमात्म नदीसँग
ईश्वरीय याद तिम्राे अाधार हाे
प्रभुकाे याद तिम्राे तेज हाे
मनमनाभव
मामेकम् याद गर
म एकलाई केवल याद गर
एक सेकेन्डमा मुक्ति-जीवनमुक्ति
याद गर उसलाई
जाे रूहानी सितारा बनेर चम्किइरहन्छ तिम्राे अात्माकाे अाकाशमा
जाे चरा बनेर गाइरहन्छ बसेर तिम्राे अात्माकाे हाँगामा
तिमी ज्ञानेश्वर हाै
तिमीलाई ज्ञानकाे घृतले बलिइरहनु छ
तिमी याेगश्वर हाै
तिमीलाई याेगकाे घृतले बलिइरहनु छ
मनमनाभव:
मध्याजिभव:
© बिकेश कविन
Comments
Post a Comment