बिकेश कविनका ५ कविता
१) हावा हाै, चलिरहनू......
हावा हाै, चलिरहनू........
चलिरहनू निडर भएर
चलिरहनू अाफूभित्र विश्वास बाेकेर
चलिरहनू अाफूभित्र उज्यालाे छरेर
पस्नू सासहरूभित्र
र, निरन्तरता दिनू जीवनहरूलाई
हावा हाै, चलिरहनू.......
अगाडि-अगाडि बढिरहनू
बढिरहनू.....................
बढिरहनू.....................
बढिरहनू.....................।
२) दूरी
गहिराइ थिएँ, र पनि तिमीलाई छुन सकिनँ, कहिल्यै ।
३) पातहरू
थाहा छैन
कहाँ कहाँदेखि अाइपुग्छन् यी पातहरू मसम्म
मसम्म तिम्राे याद अाएजसरी !
४) गुनासाे
गुनासाे गरिरह्याे जिन्दगीले
मसँग
तिमीझैँ
गुनासाे गरिरह्याे जिन्दगीले
मसँग
र, म सुनिरहेँ जिन्दगीलाई
जसरी म सुनिरहन्थेँ तिमीलाई
तिमीलाई नसुन्न म सक्दिन थिएँ
र, म सक्दिन थिएँ नसुन्न अाफ्नै जिन्दगीलाई
अाफ्नाे हृदय गुनासाे गरिरहन्थ्याे
कसरी नसुनूँ अाफ्नै हृदयलाई ?
कसरी नसुनूँ अाफ्नै जिन्दगीलाई ?
५) चङ्गा
अाफैँसँग दूर रहेजसरी
हामी किन रहनसक्दैनाै दूर अाफ्नाे जीवनसँग ?
जीवनलाई भुइँमै छाडेर किन हामी उड्नसक्दैनाैँ चङ्गा भएर ?
डाेरी चुँडिएर किन हामी जानसक्दैनाै दूर-दूर, निकै ?
खासमा हामी के हाैँ ?
खासमा याे जीवनचाहिँ के हाे ?
© बिकेश कविन, इटहरी
- साभार : बाह्रखरी अनलाइन, २०८१ फागुन ३ मा प्रकाशित
Comments
Post a Comment