कविता : जीवनकाे चिप्लेटी

जीवनको चिप्लेटी


प्यारा लालाबालाहरू,

आऊ अनि चढ मेराे जीवनकाे चिप्लेटीमा

अनि ताराझैँ चम्किँदै मस्तले खेल चिप्लेटी


कसैगरी तिमीहरू लड्याै भने

म भुइँलाई भनिदिनेछु

कि तिमीहरूलाई चाेट नलागाेस्

कसैगरी तिमीहरू लड्याै भने

म झ्यालिन्चालाई भनिदिनेछु

कि घाेडामा जस्तै तिमीहरूलाई बसाओस्

अनि उडाेस् स्वप्नयात्रा गर्दै 


प्यारा लालाबालाहरू,

तिमीहरू मेराे जीवनकाे चिप्लेटीमा खेलिरहँदा

म जीवनसँग जीवनबारे जीवन्त संवाद गर्नेछु 


बिहान हुन्छ..........साँझ हुन्छ

दिन हुन्छ.............रात हुन्छ 

तर प्यारा लालाबालाहरू,

बिहानदेखि साँझसम्म

दिनदेखि रातसम्म

तिमीहरू खेलिरहनू अनि रमाइरहनू

मेराे जीवनकाे चिप्लेटीमा 


तिमीहरूलाई भाेक लागे

म प्रेमका मिठाइहरू दिनेछु

तिमीहरूलाई प्यास लागे

म अँगालाेकाे जल दिनेछु । 

साभार : अक्षरङ्ग

प्रकाशित मिति : २०७७, माघ १४, बुधबार

Comments