'सेतो धरती' भित्रको सेतो धरती
'सेतो धरती' भित्रको सेतो धरती
-बिकेश कविन
विधा: उपन्यास
उपन्यासकार: अमर न्यौपाने
प्रकाशक: फाइनप्रिन्ट बुक्स
पृष्ठ: 373
मूल्य: रु. 375
नेपाली साहित्यको आख्यान क्षेत्रका एक पहाडका नाम हुन्- अमर न्यौपाने। आफ्नो कलमलाई हृदयको गहिराइमा चोबलेर लेख्नमा माहिर शब्दका एक जादूगर हुन्- अमर न्यौपाने। आजको नेपाली साहित्यमा आख्यानकार न्यौपानेको उचाइ अत्यन्तै धेरै रहेको छ। आख्यानकार अमर न्यौपाने कविताबाट आख्यानतिर आएका हुन्। उनले थुप्रै कविताहरु पनि लेखेका छन्। तर उनको कवितासङ्ग्रह भने प्रकाशित गरिएको छैन। भावी दिनमा उनले कवितासङ्ग्रह पनि लिएर नेपाली साहित्यमा आउनेछन् भन्ने आशा छ।
आख्यानकार अमर न्यौपानेका पानीको घाम- (कथासङ्ग्रह, 2066), सेतो धरती- (उपन्यास, 2068) र करोडौँ कस्तूरो- (उपन्यास, 2072) प्रकाशित कृतिहरु हुन्। उनको पहिलो आख्यान पानीको घामले 2066 सालको पद्मश्री साहित्य सम्मान पाएको थियो। उनको बाल कथासङ्ग्रह कलिलो मनले 2067 सालको पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार पाएको थियो। उनलाई नेपाली साहित्यको उचाइमा पुर्याउने कृति सेतो धरतीले भने 2068 सालको मदन पुरस्कार पाएको थियो। साथसाथै उनको यो कृतिले अन्तर्राष्ट्रिय नेपाली साहित्य पुरस्कार तथा राम राज पन्त पुरस्कार पनि पाएको थियो। उनको आख्यान करोडौँ कस्तूरी पनि पुरस्कृत कृति हो। यसो अमर न्यौपानेका कृतिहरुलाई हेर्ने हो भने, उनको पुरस्कृत नभएको कृति कुनै पनि छैन। यसले आख्यानकार न्यौपानेको लेखन क्षमता कतिको बलियो छ भन्ने कुराको अनुमान सजिलैसँग लगाउँन सकिन्छ। यिनै तीन आख्यानहरुले आख्यानकार न्यौपानेलाई नेपाली साहित्य जगतमा विशिष्तरुपमा स्थापित गर्न मद्दत पुर्याएका छन्। आख्यानकार अमर न्यौपानेको मदन पुरस्कार पुरस्कृत उपन्यास 'सेतो धरती' पीडाहरुको कथा हो।बालविधवाहरुको कथा हो। शोकहरुको कथा हो। रोगहरुको कथा हो। समाजले थिचिदिएर अभिशष्तरुपमा पीडानै पीडा पिएर पनि बाँचिरहेका ताराहरुको कथा हो- सेतो धरती। बालिकाछँदै विवाह भएका र त्यसकै केही समयपछि बालविधवा बनेका ती अबोध र ज्ञानशून्यहरुको कथा हो- सेतो धरती। सेती आइमाई भएर तिनीहरुनै सेतो धरती बनेकाहरुको कथा हो- सेतो धरती। आँसु र पीडाको मिश्रण भएको कथा हो- सेतो धरती।
आख्यानकार अमर न्यौपानेको उपन्यास 'सेतो धरती' भित्र थुप्रै शीर्षकहरू दिइएका छन्। ती शीर्षकहरुभित्र नै आख्यानकार न्यौपानेले एउटा सिङ्गो जीवनलाई सजाएका छन् जसभित्र अरु पनि थुप्रै जीवनहरु रहेका छन्।अर्थात् 'सेतो धरती' उपन्यासमा जीवनभित्र पनि जीवन प्रशस्तै रहेका छन् तर कहालीलाग्दो। 'सेतो धरती' उपन्यास 'आमाको आकाशबाट धरतीमा झरेको तारा' शीर्षकबाट सुरुवात गरिएको छ भने यो उपन्यास 'भगमान् हुनुउन्च नि' शीर्षमा गएर टुङ्गिएको छ। आख्यानकारले यो उपन्यास बालविधवाहरुलाई समर्पित गरेका छन्। यो उपन्यासमा ठेट पश्चिमेली भाषाको प्रयोग गरिएको छ जसले गर्दा कताकता रमाइलो लाग्छ भने कताकता शब्दको भाव नै बुझिँदैन। अनि अलि फिक्का लाग्छ।
आख्यानकार अमर न्यौपानेको उपन्यास 'सेतो धरती' की मुख्य पात्र तारा हुन्छिन्।जब तारा आफ्नी आमाको पेटको आकाशबाट पेटबाहिरको धरतीमा हाम फाल्छिन् तब बाहिरी आकाशमा पनि ताराहरु चम्किरहेका छन्। रातको समयमा जन्मेकी हुनाले उनकी आमाले उनको नाम तारा राखिदिएकी हुन्छन्। तारा जन्मिने बखतमा उनकी आमालाई एकदमै पीडा हुन्छ। बुबा पनि घरबाहिर हुन्छन्। घरका अरु सदस्यहरुलाई उनकी आमा रातको समयमा उठाउँन चाहँदिनन्। त्यसैले उनकी आमा घरबाहिर निस्किन्छिन्। र, त्यहाँनै खुल्ला आकाशमुनि ताराको जन्म हुन्छ। तर ताराको जीवन आकाशका ताराझैँ चम्किलो र उज्यालो कदापि हुँदैन। ताराकी एक बहिनी पनि हुन्छिन्- कला।
'सेतो धरती' उपन्यासकी मुख्य पात्र ताराले सबैबाट खुब माया र स्नेहता हाँसिल गर्छिन्। काका, काकी, हजुरबा, हजुरआमा सबैसबैले ती सानी र अबोध तारालाई खुब माया गर्छन्। उनका बुबा भने आफ्ना भाइहरु र बुबाआमासँग अंशबन्डाको कारणले छुट्टिएका हुन्छन्। तरपनि उनका बुबा र काकाहरुबीच आत्मीय सम्बन्ध कायम हुन्छ। उनका बुबा आफ्ना बुबाआमासँग भेट्न भने धेरैजसो गइबस्छन्।
ताराका साथीहरु कली, धर्म, राधी, पवित्रा, केदार, गोविन्द, महेश्वर आदि हुन्छन्। उनी आफ्ना साथीहरुसँग विभिन्न किसिमका खेलहरु खेल्छन् र सबैजना रमाउछन्। उनीहरु विवाहको खेल पनि खेल्छन्। तारा पत्नी हुन्छिन् भने गोविन्द पति हुन्छन्। तिनीहरु ख्यालख्यालको विवाह कति हो कति धेरैपटक गर्छन्। तर यथार्थमा भने तिनीहरु कहिल्यै पनि एकआपसको हुनसक्दैनन्।
तारा र उनकी बहिनी कला फगत सात वर्षको हुँदा उनीहरुका बुबाआमाले उनीहरुको विवाह गरिदिन्छन् जुनबखत् तिनीहरुलाई विवाह भनेको के हो?, त्यो कुराको अवगत नै हुँदैन। पति, ससुराली, सासू, ससुरा, धर्मपरम्परा, संस्कृति आदि इत्यादि कुराहरु थाहा नहुँदैन। तारा र कलाको विवाह हुन्छ। उनीहरुका बुबाआमाले उनीहरुसँग झूठो बोलेर विवाह गरिदिएका हुन्छन्। भगवानको मन्दिर जाने हो भन्दै तारा र कलालाई विवाह गरिदिएर आआफ्ना विवाह भएको घर पो पठाइदिन्छन् उनीहरुका बुबाआमाले। तारा राति निदाइरहेकी बेलामा उनलाई सिन्दूर लगाइदिइन्छ। ती अबोध बालिकाहरुलाई आफ्नो विवाह हुँदैछ भन्ने कुरोको अलिकति पनि ख्याल नभएको बेला नै उनीहरुको विवाह हुन्छ। त्यसपछि ती दुवै दिदीबहिनी आआफ्ना विवाह भएको नयाँ घरतिर लाग्छन्।
तारालाई डोलेले खुब दु:ख दिन्छ बाटोमा। त्यसमाथि डोलेको शरीरबाट निस्किरहेको पसिनाको दुर्गन्धले झनै तारालाई अप्ठ्यारो पार्छ। जसोतसो गरेर उनी आफ्नो पतिको घर पुग्छिन्। अचम्म त यो हो, उनले आफ्नो पतिको अनुहार एकपटक पनि हेरेकी हुँदैनन्। उनलाई पति भनेको थाहा भएपो हेर्छिन् पनि। तर, अहँ तारालाई केही पनि ज्ञात हुँदैन। उनी त नौला र पराई मान्छेको घरमा आएछु भनेर झनै पो दुखी हुन्छिन्। तर आफ्नो दु:ख कसैलाई पनि भन्दिनन्।
ताराको दुईजना उनकै उमेर जतिकै भएका देवरानीहरु हुन्छन्। तिनीहरु एकआपसमा खुब मिल्छन्। ससुराले पनि तारासँग राम्रो नै व्यवहार गर्छन्। तर सौतेनी सासू भने समयसमयमा उनलाई हेला गरिबस्छिन्। तरपनि सबै पीडाहरु सहन गर्दै तारा आफूले सकेजतिका सबै काम गर्छिन्। उनका पति पढ्न भनेर बनारस हो या देहरादुन गएका हुन्छन्। चौध वर्षकै कलिलो उमेरमा ताराको जीवनमा एउटा महाभूकम्प आइपुग्छ जुनले उनको जीवनलाई सम्पूर्णरुपमा तहसनहस पारिदिन्छ। उनी चौध वर्षकी हुँदा उनको पतिलाई मोटरले उतै बनारस या देहरादुनमा किचेर मारिदिन्छ। त्यसपछि उनी विधवा हुन्छिन्। बालविधवा हुन्छिन्। रङ्गीन फूलदेखि श्यामश्वेत फूल हुन्छिन्। रङ्गहीन हुन्छिन्। शृङ्गारविहीन हुन्छिन्। मरेपछि मात्र पहिलोपटक ताराले आफ्नो पतिको अनुहार देख्छिन्। तर पतिको मृत शरीर देखेर उनी रुँदिनन्। उनलाई आफ्नो मृत पतिप्रति कुनै प्रकारको पनि सहानुभूति आउँदैन।
तारा अब सेतो लुगा लगाएर बस्न थाल्छिन्। बालविधवा भएर बस्न थाल्छिन्। पतिको मृत्युपछि उनी आफ्नो पतिको घरमा बस्न सक्दिनन्। उनलाई उनकी सासूले खुबै हेप्छिन्। त्यसपछि उनी आफ्नै बाबुआमाको घरमा छोरो भएर बस्छिन्। बिस्तारै उनको दुईजना भाइहरु हुन्छन्। कान्छो भाइ सानै हुँदा उनकी आमाको मृत्यु हुन्छ। यो घटनाले सबैजना खुब दुखी हुन्छन्। शोकाकुल हुन्छन्। उनले मातृत्वको रक्षा गर्दै आफ्नै कान्छो भाइलाई स्तनपान पनि गराउँछिन्। किनकी उनको भाइ सानै हुन्छ। गाईको दूध पनि पिउँन मान्दैन। त्यसमाथि ज्वरोले थला परेर रोएकोरोए गरेपछि बाध्यतावश् उनी आफ्नो भाइलाई आफ्नै दूध चुसाउँछिन्। बिस्तारै भाइहरु पनि ठूला हुन थाल्छन्। उनको बुबाले पनि कान्छी श्रीमति भित्र्याउछन्। बिस्तारै जेठो भाइको पनि विवाह हुन्छ। केही समयपछि आफ्नै बुबाआमाको घरमा पनि उनी हेपिन थाल्छिन्।
ताराको मिल्ने साथी पवित्रा बन्छिन् जो एघार वर्षको हुँदा नै विधवा बनेकी थिइन्। तारा र पवित्रा खुब मिल्न थाल्छन्। घुम्न जान्छन्। आँप टिप्छन्। रमाउँछन्। केहीदिनका लागी गाउँमा यवक साधु आउँछन्। युवक साधुलाई देखेर तारा र पवित्रा दुवै मोहित हुन्छन्। ताराले त यवक साधुमा गोविन्दलाई नै समाहित गरिदिन्छन् । त्यसपछि युवक साधुलाई पनि तारा, गोविन्द नै देख्छिन्। पछि पवित्रा युवक साधुको टोलीसँगै बनारस पुग्छिन्। त्यसपछि ताराको साथी यमुना बन्छिन् जोसँग तारा आफ्ना धेरैभन्दा धेरै समय बिताउँन थाल्छिन्। यमुनाले आफ्नो पतिसँग खुब माया पाएकी हुन्छन्। सबैसबै आफ्नै जीवनका कथाहरु यमुनाले तारालाई सुनाउँछिन्। तारा ती सम्पूर्ण कथाहरु रमाएर सुन्छिन्। पछि आफ्नै घरले पनि हेला गर्न थालेसि तारा आफ्नो घरबाट पनि निस्किन्छन् र देवघाटतिर लाग्छिन्।
देवघाटमा एउटा सानो कुटी बनाएर तारा बस्न थाल्छिन्। आश्रमको सेवा गरेर र भगवानप्रति समर्पित भएर उनी बाँच्न थाल्छिन्। कृष्णको नाममा उनी बाँच्न थाल्छिन्। कृष्णलाई नै आफ्नो प्रिय भगवान बनाउँछिन्। कृष्णमा नै गोविन्दलाई समाहित गर्छिन्। पछि उनको भेट आश्रमको स्वामीजीसँग हुन्छ। दुवैजना रमाउँन थाल्छन्। एकआपससँग ठट्टामजाग गर्न थाल्छन्। स्वामीजीमा पनि उनी आफ्नो गोविन्दलाई नै समाहित गर्छन्। सबैसबैमा गोविन्दलाई समाहित गर्छन्। उनलाई आफ्नो पतिप्रतिको कुनैपनि कुराले मनमा छोएको हुँदैन तर गोविन्द भने उनको मनमा छन्। तनतनमा छन्। विचारमा छन्। हृदयमा छन्। यसैगरि दिन बित्दै जान्छ। समयको प्रवाहसँगै तारा पनि बूढि हुँदै जान्छिन्। भगवानमाथि समर्पित हुँदै जान्छिन्। तर पूर्णरुपमा भने कहिल्यै पनि उनी भगवानप्रति समर्पित हुन सक्दिनन्। कारण, उनको मनमस्तिष्कभित्रका विचार, वियोग, पीडा, अस्थिरपन, भावना आदि हुन सक्छन्।
एकदिन ताराको भेट यमुनासँग देवघाटमै हुन्छ। यमुना पनि सम्पूर्ण मायाजाल त्यागेर देवघाटमै बस्न आएकी हुन्छिन्। एकदिन साधिका गङ्गेश्वरी देवघाटमा आइपुग्छिन्। यतै बस्न। यो बेला उनी भने आफ्नी बहिनीको घरमा हुन्छिन् बहिनीकी छोरीको विवाह भएको कारणले। पछि तारा देवघाट पुगेपछि मात्र उनलाई सबै कुरो थाहा हुन्छ। साधिका गङ्गेश्वरी खुब राम्री हुन्छिन्। बूढी भएर पनि शरीर भने पोटिलो हुन्छ उनको। प्रवचन पनि खुब राम्ररी दिन्छिन्। गीत र नृत्य पनि राम्ररी प्रस्तुत गर्छिन्। पछि तारालाई उनै साधिका गङ्गेश्वरी नै पवित्रा हुन् भन्ने कुरोको ज्ञात हुन्छ जब साधिका गङ्गेश्वरीले आफ्नो खुलासा गर्छिन्। त्यसपछि साधिका गङ्गेश्वरीले आफू पवित्रादेखि साधिका गङ्गेश्वरी भएसम्मको पूरापूर वृत्तान्त सुनाउँछिन्।
आख्यानकार अमर न्यौपानेको उपन्यास 'सेतो धरती' को अन्तिमतिर ताराको भेट उनै गोविन्दसँग हुन्छ जसलाई उनी कृष्णमा समेत समाहित गर्थिन्। दुवैजना खुबै बूढा भइसकेका छन्।
तारा आफू सानै उमेरमा (चौध वर्ष) विधवा हुनुपरेकोले उनलाई आफ्नो सारा जीवन एकान्तमा बिताउनुपर्यो। पति, बालबच्चा, घर, समाज आदि बिनानै उनलाई आफ्नो सम्पूर्ण जीवन बिताउँनुपर्यो। उनले कृष्णलाई सम्झेर बाँकी जीवन बिताइन्। तर कृष्णले उनलाई कदापि भेटेछन्। कदापि उनलाई दर्शन दिएनन्। जिन्दगीभर सेतो लुगा लगाएर सेतो धरती भएर बाँचिन् उनी। पीडा, अभिशप्त, शोषण, गरिबी, अत्याचार आदि आदि कुराहरुलाई सहन गर्दै उनले आफ्नो जीवनको उत्तराद्धमा सधैसधै एक्लो भएर बाँच्नुपर्यो। पीडानै पीडाको महासागरमा उनलाई सधैँसधैँ डुब्नुपर्यो। यसरी नै 'सेतो धरती' उपन्यासको समापन गरिएको छ।
अन्तत: आख्यानकार अमर न्यौपानेले पुरानै कुरोलाई नयाँ तरिकाले प्रस्तुत गरेर 'सेतो धरती' जन्माएका हुन्। जसभित्र बालविधवाहरुका अथाह पीडा, शोक, रोग, कष्ट, दु:ख आदि इत्यादि प्रस्तुत गरिएको छ। आख्यानकार न्यौपानेको यो मदन पुरस्कारबाट सम्मानित कृति 'सेतो धरती' ले नेपाली साहित्यको क्षेत्रमा एउटा विशिष्त स्थान प्राप्त गरेको छ। आख्यानकार अमर न्यौपानेले अब आफ्नो नयाँ आख्यान 'गुलाबी उमेर' लिएर आउँदैछन्।
आख्यानकार अमर न्यौपानेको यो कृतिले पनि नेपाली साहित्यको संसारमा एउटा विशिष्ट स्थान प्राप्त गरोस्। लेखकलाई धेरैधेरै शुभकामना।

Comments
Post a Comment