कथाकार माया ठकुरीको कथासङ्ग्रह 'आमा जानुहोस्' लाई नियाल्दा
कथासङ्ग्रह "आमा ! जानुहोस" लाई नियाल्दा
-बलराम पौडेल (पोखरा)
कथासङ्ग्रह - आमा ! जानुहोस
कथाकार - माया ठकुरी
प्रकाशक - रत्न पुस्तक भण्डार
पृष्ठ - 134
मूल्य - रु. 195/-
- लेखक परिचय:
नाम:- माया ठकुरी
पिता :- गोपालजङ्ग राणा
माता:- देबि ठकुरी
जन्म मिती :- सन् ०२ जुलाई १९४६
जन्म स्थान :- भारत को लखनउ
बाल्यकाल देखि नै कथाहरु सुन्नमा रुचि राख्ने वरिष्ठ साहित्यकार माया ठकुरीलाई उनकी हजुरआमाले आफू सानो छँदा सुनाएका दैन्त्य कथाहरु खुब रुचिका साथ सुन्ने र जानी नजानी आफूले पनि केही कथाहरु बनाएर हजुरआमा लाई सुनाउने गर्दै , आफू सानो छँदा आफ्नी आमाले घरमा रामायण ,महाभारत ,कृष्ण चरित्र र अन्य धार्मिक पुस्तकहरु लय हालेर पढदा आमासँगै श्लोक हालि श्वर मिलाउँदै गुनगुनाउँदै नजानिँदो पाराले आफ्नो साहित्यिक यात्रामा प्रवेश गरेकी थिइन् ।आफूलाई पढने तीव्र इच्छा भए तापनि घरको आर्थिक स्थितिबाट विद्यालय जान वञ्चित बन्न पुगेकी थिइन् । तर आफ्नो ईच्छालाई जीवित राख्दै अनेकौ दु:ख भोगेर भएपनी उनले आफ्नो इच्छा पूरा गरेकी थिइन् । उनको हजुरआमाले सुनाएका दैन्त्यकथाको प्रभावले कथा लेखनमा प्रभावित बनेकी उनी आफ्नी आमासँगै गुनगुनाएका धार्मिक श्लोकको प्रभावले गायनको क्षेत्रमा पनि प्रभावित बनेकी थिइन् । आज उनी जुन ठाउँमा छिन् यसको श्रेय आफ्नी हजुरआमा र आमालाई दिन्छिन् । यसर्थ उनको साहित्यिक यात्रामा प्रेरणा दिने पनि उनका हजुरआमा र आमा नै हुनुहुन्छ । र उनी सफल कथाकार बन्नुमा उनले आफ्ना जीवनमा भोगेका वास्तविक भोगाई र अनुभूति नै उनको सफलताको मार्ग ठान्छिन् ।
वि. सं २०३० सालदेखी आफ्ना कृतिलाई प्रकाशित गर्दै नेपाली साहित्यिक आकाशमा आफ्ना पाईला टेकेकी वरिष्ठ साहित्यकार ठकुरी अहिले अन्तर्राष्ट्रिय साहित्यिक आकाशमा समेत आफ्ना पाईलालाई अगाडि बढाउन सफल बनेकी छिन् । उनका कथाहरु नेपाली भाषामा मात्र नभएर - हिन्दी , अङ्ग्रेजी , तामिल र जापानी भाषामा समेत अनुवाद भइसकेका छन । उनको पहिलो कृति `नजुरेको जोडी´ (कथा संग्रह) २०३०, `गमलाको फूल ´ (कथा संग्रह ) २०३३ , `साँघु तरेपछि ´ (कथा संग्रह ) २०३९ ,
, `चौतारो साक्षी छ ´(कथा संग्रह ) २०४६,
, `माया ठकुरीका कथाहरू´(कथा संग्रह ) २०४८, गर्दै यो उनको छैटौँ कृतिको रुपमा `आमा जानुहोस´(कथा संग्रह ) २०६४ मा प्रकाशित भइ पाठकसामु आएको कृति हो । हालसम्म उनका डेढ दर्जनको हाराहारिमा कृतिहरु बजारमा आइसकेका छन ।
- कथा संग्रह "आमा ! जानुहोस" भित्र पसेर हेर्दा:
मानव जीवनका विभिन्न पक्षलाई समेटेर उनीहरुका भोगाई र अनुभूतिलाई आफ्नो जीवननमा भोगेका भोगाइ र अनुभूतिलाई सामेल गराइ समाजमा घटेका अनि समाजमा घटन सक्ने संभावित घटनालाई कथात्मक शिल्प भरेर व्यंग्यात्मक ढंगले समाजलाई सचेत गराउँन खोजिएको कथासङ्ग्रह हो- आमा ! जानुहोस ।
यस पुस्तकमा राजन काफ्लेको आवरण चित्र र टाइम्स क्रिएशनको आवरण सज्जा रहेको छ । उमेश काफ्लेद्वारा सेटिङ र प्रिन्ट - टेक मैतिदेवीबाट मुद्रकको व्यवस्थापन गरिएको हो।
कथासङ्ग्रह "आमा ! जानुहोस" मा साहित्यकार भवानी घिमिरेद्वारा "मन्तब्यका क्रममा" शीर्षकमा कथाकारको कथा लेख्ने शैलिको बारेमा प्रस्ट्याउँदै कथाकारको उज्यालो भविष्यको कामना गरि आफ्नो शुभकामना लेख लेखेका छन् ।
त्यसैगरी रामप्रसाद ज्ञवालीले कथाकारको जीवनी नै एउटा उत्कृष्ट कथा हो भन्दै "जो आफैँ एउटा उत्कृष्ट कथा हो" शीर्षकमा शुभकामना दिएका छन् । उनको यस लेखद्वारा कथाकारले विगतमा भोग्नुपरेका भोगाईलाई उदाङ्गो पार्दै उनको सङ्घर्षरत जीवनीको बारेमा कोट्याउने प्रयास भएको पाइन्छ । यससँगै यो लेखमा कृतिमा सङ्ग्रहित कथाहरुको समीक्षात्मक लेख पनि प्रस्तुत गरिएको छ जुन लेख पढेपछी कथा साहित्यका पारखी पाठकहरु सङ्ग्रह पढन आतुर बन्नेछन ।
विषयक्रमको अगाडीपट्टि रहेको "मैले त लेख्नेसम्म न हो !" भनी कथाकार स्वयंले आफ्नो मनोभाव व्यक्तगर्दै आफ्ना सहयोगीलाई धन्यवाद दिएर आफ्ना कृतिमा रहेका कथाहरु के कस्ता बनेका छन भनी मूल्याङ्कन गर्न आफ्ना आदरणीय पाठकहरु समक्ष छाडदै आफ्नो भनाइलाई प्रस्तुत गरेकी छिन्।
यो पुस्तकमा वरिष्ठ कथाकार माया ठकुरीद्वारा सिर्जना गरिएका पन्ध्रवटा कथाहरु रहेका छन्।
- कथाको धरातलमा:
मानिसले जीवनमा नचाहँदा नचाहँदै भोग्नुपर्ने भोगाइ , जटिलता र बेचैनीलाई छर्लङ्ग पारेको छ "आमा ! जानुहोस " कथाले । जवानीमा हुने शारीरिक परिवर्तनको अवस्थाबारे कुनै किसिमको जानकारी नहुँदा युवायुवतीको मनमा उब्जिनसक्ने मनोभावलाई खोतलेर हुनसक्ने सम्भवित घटनालाई लक्ष्यगरि लेखिएको कथा हो- यथार्थ । अभिभावकले गर्ने गलत व्यवहारको असर उसका सन्तानमा पनि परेको हुन्छ भन्ने सन्देश दिएको 'प्रतिघात' कथाले देशका उच्च पदमा रहेका व्यक्ति , उद्योगपती , व्यापारी र व्यभिचारी पुरुषहरुको अदृश्य व्यवहारप्रती तीखो वाण प्रहार गर्दै व्यङ्ग्य गर्न सफल रहेको छ ।
आफ्ना दस नङ्ग्रा नखियाइकन आफ्नो एकछाकको गुजारा चलाउँन धौधौ पर्ने एक दु:खी परिवारको कथा हो- भोक। द्वन्द्वकालको समयमा आम जनताले भोग्नुपरेको पीडालाई कथात्मक शिल्पद्वारा प्रस्तुत गरिएको छ 'ढिलो भएछ' कथामा। नारी र पुरुष बिचको विभेदलाई प्रस्ट्याएको छ 'गिद्ध' कथाले। कथा 'मातापितालाई सोध्नोस्' ले अभिभावकहरुको गतिछाडा र चरित्रहीन व्यवहार उनिहरुका सन्तानले देखासिकी गरेका हुन्छन र सन्तानको सुखद् भविष्यको चाहना पुरा गर्न पैसामात्र दिएर हुँदैन उनीहरुलाई उचित अभिभावकत्व आवश्यकता पर्दछ भन्ने सन्देश सम्प्रेषण गरेको ।
हाम्रो समाजले देवता चढेको वा पिशाच लागेको भनि लामा झाँक्रीद्वारा खोजीगर्ने रुढीबादी प्रचलनप्रती व्यङ्ग्य गरेको छ 'पिशाचिनी' कथाले । 'अर्कोपालि दसैँमा' कथाले " आमा बुबाको माया छोराछोरी माथी , छोराछोरीको माया ढुङ्गा मुढामाथी " भन्ने उखानलाई सार्थक तुल्याएको छ ।
आफ्ना सन्तानप्रती आमाको ममता कस्तो हुन्छ भनी उल्लेख गरिएको कथा हो- अन्त्यहीन प्रतीक्षा। गरिबीको चपेटामा छटपटाईरहेको कृषकहरुको जीवन व्यथालाई उजागर गरेको कथा हो- भैँसी र मान्छे। नेपालमा चलेको युद्धको बेलामा आम नेपालीले भोग्नुपरेको घटना , आम नागरिकले बिना गल्ती भोग्नुपरेको सजाय , अपहरण , बलात्कार , हत्या र हिंसालाई कथ्यद्वारा शिल्प भरिएर लेखिएको कथा हो- पहाड ओर्लदै छ।
- कथासङ्ग्रहले दिएको सन्देश:
हाम्रो समाजमा चलिआएका रुढिवादी परम्परा , नारीसंवेदना , व्यक्तिगत स्वतन्त्रता ,जीवनका जटिलता , पुरुषले देखाउने अहंकार र आइमाई मान्छेको गतिछाडा व्यवहार जस्ता सामाजिक विकृति र घटनालाई अत्यन्तै मोहक र मिठासपूर्ण शिल्पभावले लेखिएका र त्यस्ता बिसङ्गति व्यव्यहारबाट समाज र व्यक्तिलाई त्यस्ता समस्यासँग प्रतिवाद गर्नको लागि कथा संग्रह "आमा ! जानुहोस" मा संकलित कथाहरुले सकारात्मक सन्देश सम्प्रेषण गर्न सफल रहेको छ।
- भाषा शैली:
"आमा ! जानुहोस" कथासङ्ग्रहमा तत्सम , तद्भब र आगन्तुक तथा स्थानीय भाषा समेत प्रयोग गरिएको पाइन्छ । यस सङ्ग्रहमा प्रयोग गरिएका शब्दहरुले कथालाई सरल र मिठास बनाएका छन ।

Comments
Post a Comment