चिरञ्जीवी (मृत्यु-कथा) [लघु-गल्प] ~ बिकेश कविन
चिरञ्जीवी
'अब मेराे जीवन केही दिनलाई मात्र बाँकी छ', ऊ रातकाे अाफ्नाे सपना सम्झिन्छ ।
एउटा सपना छ, जुन ऊ अक्सर देखिइरहन्छ । उसलाई लाग्दछ, त्याे सपना केवल सपना हाेइन, उसका निम्ति । ऊ साेच्दछ, 'सपना त एकपटक मात्र देखिन्छ । तर, अक्सर देखिरहेकाे कुरा एउटा सत्य हाे । जस्ताे कि मेराे याे सपना । म सकिँदै गइरहेकाे छु । र, पूर्णत: सकिनेछु अबका केही दिनमा ।'
उसलाई अाफ्नाे याे सपनाप्रति पूर्ण विश्वास छ । उसलाई लागिरहन्छ, याे सपनाले उसलाई ढाटिरहेकाे छैन । र, ऊ पनि अाफूलाई सत्यदेखि टाढा राख्नसक्दैन । किन कि उसलाई थाहा छ, हामी सबैलाई ढाँट्नसक्छाैँ, तर अाफ्नाे हृदयलाई हाेइन ।
जे कुरा हाे, ऊ तटस्थ भएर बाेल्छ । चाहे ऊ स्वसंवादमा रहाेस् या अरूसँग बाेलिरहेकाे हाेस् । सबैसँग त हाेइन, तर मन मिल्नेहरूलाई ऊ भनिरहन्छ, 'साथी, अब म केही दिनलाई मात्र हाे । त्यसपछि म उ...... त्याे माथिकाे अाकाश बन्नेछु । म नरहेपछि पनि म रहनेछु, तिमीहरूका अाँखाकाे हृदयमा ।'
'भाेलि त म रहन्नँ । बिहानीसँगै निस्किनेछु सायद दूरकाे महायात्रामा । मेरा सास भाेलि बिहानसम्ममा शीत बनेर पातमाथिबाट खसिसक्नेछ । जब अन्तिम सास खस्नेछ, म पनि खसिजानेछु, मृत्युकाे हत्केलामा ।', यात्राकाे सुरुवात सदैव बिहान नै पात अनि चराहरूका मंगलधुनसँगै हुनुपर्छ भन्ने ऊ रातभर अाेछयानमा पल्टेर अाफ्नाे मनकाे अाकाशका जून अनि ताराहरूसँग कुरा गरिरहन्छ, 'मेराे नाम चिरञ्जीवी भए पनि म चिरञ्जीवी भइनँ । अबका केही समयमा घाम उदाउनेछ । तर, म डुबिजानेछु मृत्युकाे समुद्रभित्र । तर, मृत्यु नजिक हुँदैमा मभित्र डर भने छैन । अाखिर डर केकाे ? हुने चिज हुन्छ नै ! म दु:खी रत्तिभर छैन । चिन्तित पनि छैन । शाेकमा पनि छैन । केही छैन, म नरहेँ पनि केही त अझै रहनेछन् नि याे संसारमा ! यति सुन्दर
हावा । यति सुन्दर रुख । यति सुन्दर चराहरू । यति सुन्दर जीवन ।'
बिहानै घाम उदाउछ । ऊ भने अस्ताइसकेकाे हुन्छ । कति प्रबल रहन्छ अाखिर उसकाे सपनाकाे अठाेट । अस्ताइसकेकाे बेलामा पनि उसलाई हेर्दा लाग्दछ, ऊ उदाइरहेकाे अाकाशकाे मुस्कान हाे । जुन कदापि सकिनेछैन ।
#चिरञ्जीवी #मृत्युकथा #लघुकथा #लघुगल्प #बिकेशकविन
Very deep.
ReplyDelete