साेचिरहेकाे छु- याे हृदय तिमीलाई नै दिएर पठाइदिऊँ (कविता) ~ बिकेश कविन ['हिमाली गुराँस' पूर्णाङ्क-१०७ 'माघ-फागुन अङ्क २०८०'मा प्रकाशित]

यसरी पर्खियाै तिमीले मलाई

मानाैँ- 

ध्यानमा छाै तिमी

अाजभाेलि कसले पर्खिन्छ यतिन्जेल ?
काेसँग छ फुर्सद ?
काेसँग छ धैर्य ?

कमै हत्केलाहरू छन्, जाे पर्खिरहेका छन् झरीलाई
कमै पैतालाहरू छन्, जाे पर्खिरहेका छन् उड्नलाई
कमै हृदयहरू छन्, जाे पर्खिरहेका छन् प्रेमलाई

हुन त समय सबैका निम्ति बराबर हुन्छ
अनि, हतार पनि हुन्छ जीवनमा सबैलाई
यद्यपि, जीवन भन्नु हतार मात्र पनि त हाेइन
जीवन भन्नु समय मात्र पनि त हाेइन
निकै नजिक अथवा निकै टाढा पनि त छन्, ती कुराहरू
जुन बस्दछन् हाम्राे हृदयकाे नजिक-नजिक
जसले गर्दा चलिरहन्छ हाम्राे हृदयकाे चक्र

हेर्दछु म तिम्रा अाँखा
त्यहाँ फुलिरहेकाे देख्छु सबैभन्दा काेमल अात्मीयता
जहाँ शान्त पुतलीहरू उडिरहेका हुन्छन्
जहाँ धीर हरियाली कुदिरहेका हुन्छन्
........जहाँ
जीवन, मात्र जीवन देख्दछु म

साेच्दछु-
अरूझैँ तिमी किन रिसाइनाै अहिलेसम्म ?
किन तिम्रा अाँखा भएनन् राता-राता रिसले ?
किन यत्राे समय पर्खिनु परेकामा गाली गरिनाै तिमीले ?

अाखिर के छ तिमीभित्र, त्यस्ताे खास चिज
जसले तिमीलाई बाटाे बिर्सिएकाे नदीजसरी
बिर्सिनदिँदैन अाफ्नाे बाटाे ?
अाखिर के छ तिमीभित्र, त्यस्ताे खास चिज
जसले तिम्राे अठाेटलाई हल्लिन दिँदैन ?

यत्राे लामाे समय पर्खिएकी तिमीलाई
अहिले म के भनूँ ?
कसरी बाेलूँ तिम्रा संवेदनशील अाँखाहरूसँग ?
तिम्राे हृदयसँग के कुरा गरूँ ?

साेचिरहेकाे छु-
याे हृदय तिमीलाई नै दिएर पठाइदिऊँ
किनकि मलाई गाह्राे पर्छ भेटिन, तिमीजस्ती मान्छे
जाे बुझ्दछे महत्व पर्खिनुकाे

पर्खिनु हत्तपत्त कसैका निम्ति सजिलाे काम हाेइन ।



#साभार : 'हिमाली गुराँस' द्वैमासिक नेपाली साहित्यिक पत्रिका, पूर्णाङ्क १०७, माघ-फागुन अङ्क २०८०

Comments

Post a Comment