रङ : एक अस्तित्व : एक उपस्थिति (कविता) ~ बिकेश कविन
रङ : एक अस्तित्व : एक उपस्थिति
जसलाई मैले भनिदिएँ-
मेराे माया
__________________________
चराजसरी उडिरहेका थिए- रङहरू
र,
यही बेला
भेटियाै तिमी
जसलाई मैले भनिदिएँ-
मेराे माया
कुनै परिजसरी अाएकी थिइनाै तिमी
न अाएकी थियाै तिमी कुनै हिराेइनजस्ती भएर
तिमी अाएकी थियाै-
मसम्मुख
कुनै दुर्गम गाउँजस्ती भएर
तिमी अाएकी थियाै-
मसम्मुख
सबैभन्दा चम्किलाे ताराजस्ती भएर
तिमी देखिएकी थियाै-
सामान्य
तर,
रङले भरिएकी
पूर्णत :
तिमी अाएकी थियाै-
उड्दै....उड्दै अाइरहेका रङहरूजसरी
तिमी अाएकी थियाै-
निरन्तर...निरन्तर फैलिरहेका रङहरूजसरी
जसरी नाँच्दछन् रङहरू-
पूरै जङ्गलभरि
जसरी मुस्कुराउछन् रङहरू-
बच्चाका मुहारभरि
त्यसरी
अाएकी थियाै
तिमी
जसलाई मैले भनिदिएँ-
मेराे माया ।
साभार : बाह्रखरी अनलाइन
Comments
Post a Comment