कवि महेश पाैड्यालका २५ (छाेटा) कविता
१. पराजय
न्यायका ती सिपाही
कुना कुना पुगेर देशकाे
जितेपछि अपराधका सबै सबै किल्लाहरू
अन्त्यतः पुगे अदातलबाहिर
र हारे युद्ध ।
..............................................................
कुना कुना पुगेर देशकाे
जितेपछि अपराधका सबै सबै किल्लाहरू
अन्त्यतः पुगे अदातलबाहिर
र हारे युद्ध ।
..............................................................
२. धैर्य
सुनका प्वाँख लिएर आएको
बिहानी पनि
कालिमाको बर्को ओढेर गयो आखिर ।
पर्ख,
कथाको अन्तिम पाना बाँकी नै छ ।
.................................................
बिहानी पनि
कालिमाको बर्को ओढेर गयो आखिर ।
पर्ख,
कथाको अन्तिम पाना बाँकी नै छ ।
.................................................
३. द्विविधा
याे बाटाेमा अहाे, अघि पनि केही हिँडेछ !
पाइलाका डाेबहरू छन् जहाँतहाँ
छरिएका छन् सपना
बाछिटा युद्धका पनि
र लश्कर तीर्थालुका ।
कहाँ टेकाैँ म यस बाटाेमा
र माैलिक पाइलाकाे रचना गराैँ?
जब सबै सबै कुरा यहाँ
कसैकाे दास्राे तेस्राे संस्करणजस्ताे मात्रै लाग्छ ।
.......................................................

४. अभिलेख
पाना पाना जिन्दगी
हरेक दिनको घामसँगै
पारि क्षितिजबाट उता, कतै चिप्लँदैछ ।
केवल गाता बन्दैगरेका हामी
अझै पूर्वपट्टि नै हेरिरहेका छौँ
र रहल जिन्दगीको छापाखानाबाट
गातामै सही, मुद्रित गरिरहेका छौँ
लिन बाँकी हिसाबका तमसुकहरूको
एउटा बेतुक अभिलेख ।
......................................................

५. प्राथमिकता
फेवातालमा
स्निग्ध माछापुछ्रेको सुन्दर छाया
सबैले देखे ।
स्निग्ध माछापुछ्रेको सुन्दर छाया
सबैले देखे ।
त्यही तालमा
किनारमा सुकेको बूढो रूखको छाया पनि त पर्छ,
तर त्यसलाई कसैले देखेन ।
......................................................
किनारमा सुकेको बूढो रूखको छाया पनि त पर्छ,
तर त्यसलाई कसैले देखेन ।
......................................................
६. क्रान्ति
गर्नू क्रान्ति !
तोड्नू, फुटाउनू
मुलायम, कोमल माटोले
पत्थरजस्तै कठोर आरूका गुट्टीलाई
प्रेमिल स्पर्शहरूले छोई छोई फुटाएजसरी
र हेर्नू उम्रेको सिर्जना
आरुका कलिला प्रथम दुई पात उम्रिएजसरी ।

७. घाम
उहिले, बाबाको घरमा छँदा
कति ढिलो अस्ताउँथ्यो घाम
सबै काम सकेर पनि
धेरैबेर खेल्थ्यौँ बरपीपल डाँडामा हाराबारा ।
कति ढिलो अस्ताउँथ्यो घाम
सबै काम सकेर पनि
धेरैबेर खेल्थ्यौँ बरपीपल डाँडामा हाराबारा ।
अहिले, खसमको घरमा हुँदा
कति छिटो अस्ताउँछ घाम
असरल्ल छोडेर आँगन र जुठेल्नाभरि काम
र छरिदिन्छ अँध्यारो, मैले हेर्ने बरपीपल डाँडामा ।
.........................................................
कति छिटो अस्ताउँछ घाम
असरल्ल छोडेर आँगन र जुठेल्नाभरि काम
र छरिदिन्छ अँध्यारो, मैले हेर्ने बरपीपल डाँडामा ।
.........................................................
८. आकाशमा दीपावली
यस अनजान सहरमा,
आमा नहुँदाको तिहार निकै दुखेपछि
म आकाशमा जूनताराको दीपावलीमा मिसिएँ
र तारा भएँ ।
हेरेँ त्यहीँबाट आमालाई
कौब्रुपारि, ब्रह्मपुत्रपारि
एक्लै, पालाहरूमा पीरको ज्वालो
आँसुको तेलमा बालिरहेकी ।
म तिनै पालाहरूमा मिसिएँ
र आमासँगै जल्न थाले
एकान्तताको आगो ।
......................................................
आमा नहुँदाको तिहार निकै दुखेपछि
म आकाशमा जूनताराको दीपावलीमा मिसिएँ
र तारा भएँ ।
हेरेँ त्यहीँबाट आमालाई
कौब्रुपारि, ब्रह्मपुत्रपारि
एक्लै, पालाहरूमा पीरको ज्वालो
आँसुको तेलमा बालिरहेकी ।
म तिनै पालाहरूमा मिसिएँ
र आमासँगै जल्न थाले
एकान्तताको आगो ।
......................................................
९. अलपिन
मेरो मुटुमा गाडिएको अलपिन हौ तिमी !
हुन त मैले नै हो तिमीलाई दोबाटोमा टिपेको
र हृदयको बीचमा राखेको ।
हुन त मैले नै हो तिमीलाई दोबाटोमा टिपेको
र हृदयको बीचमा राखेको ।
यति दुख्छौ तिमी हिजोआज —
कि म तिमीलाई मुटुमा राखिरहन पनि सक्दिनँ
त्यहाँ वास बसेका अनेकौँ प्रेमिल नामहरू पनि घोचिएका छन्,
र म तिमीलाई सम्पूर्ण छाती चिरेर फाल्न पनि सक्दिनँ
त्यस छातीमा उमेरभरि साँचेका,
स्वाभिमानका सगरमाथाहरू छन् ।
कि म तिमीलाई मुटुमा राखिरहन पनि सक्दिनँ
त्यहाँ वास बसेका अनेकौँ प्रेमिल नामहरू पनि घोचिएका छन्,
र म तिमीलाई सम्पूर्ण छाती चिरेर फाल्न पनि सक्दिनँ
त्यस छातीमा उमेरभरि साँचेका,
स्वाभिमानका सगरमाथाहरू छन् ।
म चौबाटोमा उभिएको छु
आठौँ प्रहर दुखिरहने घाइते मुटु बोकेर ।
.......................................................
आठौँ प्रहर दुखिरहने घाइते मुटु बोकेर ।
.......................................................
१०. समयनदी
हामी इन्द्रेणी थियौँ कुनै बेला ।
थितिले हामीलाई फूलमाला बनायो
र बाँधिदियो गलामा ।
थितिले हामीलाई फूलमाला बनायो
र बाँधिदियो गलामा ।
घामले हामीलाई वैलाएका पात बनाइदियो ।
हामी सम्झना बन्यौँ,
र खण्डित सपनाको विस्मृतिपटलमा बसाइँ सर्यौँ ।
..............................................................
र खण्डित सपनाको विस्मृतिपटलमा बसाइँ सर्यौँ ।
..............................................................
११. इतिहास
र अन्त्यमा–
माकुराकै जालो समाएर भए पनि
जिन्दगीको गीत गायो उसले
र हाँसी हाँसी आँखा चिम्लियो ।
माकुराकै जालो समाएर भए पनि
जिन्दगीको गीत गायो उसले
र हाँसी हाँसी आँखा चिम्लियो ।
फलामको डोरीमा पिङ खेलेर पनि सधैँ शिर झुकाउनेहरू
आज उसैको इतिहास पढ्छन् ।
............................................................
आज उसैको इतिहास पढ्छन् ।
............................................................
१२. आँखाको प्रेम–संवाद
एउटा आँखो, अर्कोलाई भन्छ—
“यति नजिक छौ प्रिया
तर मैले संसार देखेँ
तिमीलाई कहिल्यै देखिनँ ।
तर थाह छ—
तिमी रुँदा
मैले पनि सधैँ झारिरहेँ
मौन आँसु ।
त्यो नासिक पर्वतले हामीलाई छेकेर के भो
हाम्रो माया छेक्न सकेन, आखिर ।"
.................................................
“यति नजिक छौ प्रिया
तर मैले संसार देखेँ
तिमीलाई कहिल्यै देखिनँ ।
तर थाह छ—
तिमी रुँदा
मैले पनि सधैँ झारिरहेँ
मौन आँसु ।
त्यो नासिक पर्वतले हामीलाई छेकेर के भो
हाम्रो माया छेक्न सकेन, आखिर ।"
.................................................
१३. हरियाली
भुइँको दुबो
पैतालाको अग्रभागले टेकेर
अलिकति उचालिएँ
र आकाशमा हरियाली खोजेँ ।
.....................................................
पैतालाको अग्रभागले टेकेर
अलिकति उचालिएँ
र आकाशमा हरियाली खोजेँ ।
.....................................................
१४. आगो पिएर आत्महत्या
उसले बाँचुञ्जेल आफैँलाई
बडो सचेतताका साथ
सबै खाले दुखाइबाट बचायो—
चोटको, आगोको, व्याधिको या अरु कुनै दुखाइ ।
दुखाइको त नामै सम्झँदा रुन्थ्यो ऊ ।
बडो सचेतताका साथ
सबै खाले दुखाइबाट बचायो—
चोटको, आगोको, व्याधिको या अरु कुनै दुखाइ ।
दुखाइको त नामै सम्झँदा रुन्थ्यो ऊ ।
तर एक दिन जब यी सबै दुखाइले नछोएको
उसको सपना दुख्यो
उसले आगो पिएर आत्महत्या गर्यो
तर अहँ, “आथा” सम्म भनेन ।
...................................................
उसको सपना दुख्यो
उसले आगो पिएर आत्महत्या गर्यो
तर अहँ, “आथा” सम्म भनेन ।
...................................................
१५. पानी
धरतीमा
उचाइको सीमा पनि पानी हो
गहिराइको सीमा पनि पानी ।
उचाइको सीमा पनि पानी हो
गहिराइको सीमा पनि पानी ।
ऊ सधैँ भन्छ, त्यसैले—
“सगरमाथा टेक्नेहरू हो, मजस्तै झर्न पनि सिक,
रसातलमा खस्नेहरू हो, मजस्तै उठ्न पनि सिक ।”
..............................................................
“सगरमाथा टेक्नेहरू हो, मजस्तै झर्न पनि सिक,
रसातलमा खस्नेहरू हो, मजस्तै उठ्न पनि सिक ।”
..............................................................
१६ . प्रश्न
दशैँ–तिहारमा बालिएका
यति धेरै बत्तीबाट उठेको उज्यालो
वास्तवमा कहाँ जाँदो होला?
यति धेरै बत्तीबाट उठेको उज्यालो
वास्तवमा कहाँ जाँदो होला?
मान्छेको मन हुँदै
उज्यालो हिँड्ने
कुनै बाटो हुँदैन?
..........................................................
उज्यालो हिँड्ने
कुनै बाटो हुँदैन?
..........................................................
१७. जीवनका फूल
तिमी ठूलो सपनाको भारी बोकाएर जिन्दगीलाई
घिस्रिरहँदा डगर–डगर, भत्कँदै, भत्काउँदै
हामी तिम्रै पैतालाले किचेको धुलोबाट
जीवनका फूल उमार्न सक्छौँ।
घिस्रिरहँदा डगर–डगर, भत्कँदै, भत्काउँदै
हामी तिम्रै पैतालाले किचेको धुलोबाट
जीवनका फूल उमार्न सक्छौँ।
फगत साँस फेर्नु
जीवन जिउनु होइन, मनुवा !
जीवन जिउन त कला र प्रेम चाहिन्छ ।
................................................................
जीवन जिउनु होइन, मनुवा !
जीवन जिउन त कला र प्रेम चाहिन्छ ।
................................................................
१८. समुद्र र हामी
मध्यरातमा एक दिन समुद्र
हाम्रो गाउँमा पाहुना लाग्न आएपछि
ऊ गाउँ बन्यो
हामी समुद्र बन्यौं
र बग्यौँ अनन्तरित ।
हामी कहिल्यै घर फर्केनौँ, त्यसपछि ।
................................................................
हाम्रो गाउँमा पाहुना लाग्न आएपछि
ऊ गाउँ बन्यो
हामी समुद्र बन्यौं
र बग्यौँ अनन्तरित ।
हामी कहिल्यै घर फर्केनौँ, त्यसपछि ।
................................................................
१९ . एक रस
पोहोर पश्चिम जाँदा
जान्छु भनेर गयौ ।
म धेरैबेर दुखेँ, र भनेँ, नभनी गएकी भए बेस हुन्थ्यो ।
जान्छु भनेर गयौ ।
म धेरैबेर दुखेँ, र भनेँ, नभनी गएकी भए बेस हुन्थ्यो ।
अहिले पूर्व जाँदा,
जान्छु नभनी गयौ ।
सीमान्त दुखेँ र भनेँ, बरु भनेर गएकी भए बेस हुन्थ्यो ।
..............................................................
जान्छु नभनी गयौ ।
सीमान्त दुखेँ र भनेँ, बरु भनेर गएकी भए बेस हुन्थ्यो ।
..............................................................
२०. तिर्खाको गीत
बाबु,
उहिले उहिले बाग्मतीमा
पानी बग्थ्यो ।
अहिले, त्यो पानी
तिम्रा आँखमा बसाइँ सरेको छ
र बाग्मती
सधैँ सधैँ तिर्खाको एक अविराम गीत
सुसेलिहरन्छ ।
उसकाे गीतलाई उसैका बगरले पनि सुन्दैनन् ।
......................................................
उहिले उहिले बाग्मतीमा
पानी बग्थ्यो ।
अहिले, त्यो पानी
तिम्रा आँखमा बसाइँ सरेको छ
र बाग्मती
सधैँ सधैँ तिर्खाको एक अविराम गीत
सुसेलिहरन्छ ।
उसकाे गीतलाई उसैका बगरले पनि सुन्दैनन् ।
......................................................
२१. पीडा
भोक हुनु,
अन्न पनि हुनु,
तर भोक र अन्नको दूरी
धरती र आकाशको जस्तै हुनु
पीडाको एक महाकाव्य हो,
जसको गहिराइ
सायद सागरलाई पनि थाह हुन्न ।
................................................................
अन्न पनि हुनु,
तर भोक र अन्नको दूरी
धरती र आकाशको जस्तै हुनु
पीडाको एक महाकाव्य हो,
जसको गहिराइ
सायद सागरलाई पनि थाह हुन्न ।
................................................................
२२. दशैँ
नदीकिनारसम्मै आएर दशैँ
उतै फर्किएछ ।
त्यस जङ्घारमा दिनैपिच्छे आत्महत्या गर्ने
मेरो गाउँका बाटाघाटाले
उसलाई सयपत्री पहिर्याउन भ्याएनन् ।
उतै फर्किएछ ।
त्यस जङ्घारमा दिनैपिच्छे आत्महत्या गर्ने
मेरो गाउँका बाटाघाटाले
उसलाई सयपत्री पहिर्याउन भ्याएनन् ।
उनीहरू आफैँ नाङ्गा जो थिए ।
...........................................................
...........................................................
२३. बाँसुरी रुन्छ
हृदयहरूबाट झरेर तिमी
ढुङ्गाहरूमा,
सङ्ग्राहालयका मौन भित्ताहरूमा,
र धर्मग्रन्थका आदिम पानाहरूमा
बसाइँ सरेपछि
यहाँ प्रत्येक साँझ
बाँसुरी रुन्छ
र यससँगै रुन्छ
सम्पूर्ण श्रृष्टिको लय ।
..........................................................
ढुङ्गाहरूमा,
सङ्ग्राहालयका मौन भित्ताहरूमा,
र धर्मग्रन्थका आदिम पानाहरूमा
बसाइँ सरेपछि
यहाँ प्रत्येक साँझ
बाँसुरी रुन्छ
र यससँगै रुन्छ
सम्पूर्ण श्रृष्टिको लय ।
..........................................................
२४. म्वाई खाएर गयो
म्वाई खाएर गयो
कम्ता दुःख दिएको हो र?
अलिकति गालाको मासु पनि लुछेर गयो ।
दिन त के पो दिन्थ्यो र
फगत अलिकति चिसो दिएर गयो
त्यस पापीले ।
फर्केला कि भन्दाभन्दै
युगौँ बिते
तर अहँ ऊ फर्केन ।
अब त निकै बूढी भइसकेँ
सबै रहर गए ।
.......................................................
कम्ता दुःख दिएको हो र?
अलिकति गालाको मासु पनि लुछेर गयो ।
दिन त के पो दिन्थ्यो र
फगत अलिकति चिसो दिएर गयो
त्यस पापीले ।
फर्केला कि भन्दाभन्दै
युगौँ बिते
तर अहँ ऊ फर्केन ।
अब त निकै बूढी भइसकेँ
सबै रहर गए ।
.......................................................
२५. जात
समयले दाेबाटाेमा राखेकाे एेनामा
हामी दुईका अनुहार
उस्तै देखिन्थे; सुन्दर देखिन्थे ।
हामी दुईका अनुहार
उस्तै देखिन्थे; सुन्दर देखिन्थे ।
खै कसले हान्याे गुलेली नेपथ्यबाट
फुट्याे एेना हजार टुक्रा भएर
फुट्याे एेना हजार टुक्रा भएर
जसमा हाम्रा अनुहार अनगिन्ती देखिए,
क्षतविक्षत देखिए ।
क्षतविक्षत देखिए ।
ऊ नदी
म किनार ।
................................................................
म किनार ।
................................................................
Amazing poems! Love you my dear poet.
ReplyDelete😍😍
ReplyDelete
ReplyDeleteReally, poems about the picture of the current society and exiting phenomena, I liked all.