साहित्य महाेत्सव, गुनासाे र समाधान

"साहित्य महाेत्सव, गुनासाे र समाधान"
- बिकेश कविन


                          अाज हामी गुनासाे नै गुनासाेकाे समयमा बाँचिरहेका छाैैँ । हरेक व्यक्तिभित्र गुनासाका पाेकाहरू छन् । काेहीँ पनि ती गुनासाेहरूबाट मुक्त छैनन् । कसैलाई याे मनपर्दैन त कसैलाई त्याे मनपर्दैन । हेर्नूस् त ! हामी आफ्ना विशेषताका बाहेक अन्य कुराहरूलाई गुनासाेकाे रूपमा लिइरहेका छाैँ जुन वास्तवमा गुनासाे नहुनुपर्ने हाे । किन हामी यसरी भित्रभित्रै निस्सास्सिरहेका छाैँ, त्याे पनि जाबाे हामीले नै सिर्जना गरेकाे गुनासाेदेखि ? के हामी स्वयम् गुनासाेकाे मूर्ति भइसकेका छाैँ ? कि हामी अब मानिस नभएर फगत अर्थहीन गुनासाे हाैँ ?

                        भर्खरै पाेखरामा नेपाल साहित्य महाेत्सव-२०१८ सुसम्पन्न भयाे जहाँ देश तथा विदेशका थुप्रै साहित्यिक व्यक्तित्वदेखि लिएर अन्य क्षेत्रका विद्धानहरूकाे समुपस्थिति रहेकाे थियाे । थुप्रै सेसन अटाएकाे याे साहित्यिक महाेत्सवले थुप्रै विधाका थुप्रै सेसन अटाएन पनि । याे विषयमा  थुप्रै गुनासाहरू पनि अाए । अाइरहेका छन् । अझ भनाैँ १०० मा २ जनाकाे गुनासाे अाइरहेकाे छ । जुन स्वाभाविक हाे । केही गुनासाहरूलाई यसरी बुँदागतरूपमा देखाउँने प्रयत्न गरेकाे छु:

१) याे साहित्यिक महाेत्सवले 'नाटक विधा' अटाएन भन्ने गुनासाे अायाे । अर्काेपटक अटाउँला नि त विशेषगरी नाटकलाई पनि । यत्राे विशाल महाेत्सव गर्दा थुप्रै कुराे छुट्नु स्वाभाविक हाे । यसलाई गुनासाेकाे रूपमा लिएर किन चिन्ता लिने हामी ? साहित्य महाेत्सव सदाकाे निम्ति सकिएकाे छैन त !

२) रुख काटेकाे कुराे अायाे अर्काे । याे विषयमा के भन्न सकिन्छ भने यदि रुख काँटिएकै हाे भने याे गलत हाे । यदि काट्ने नै अवस्था अाएकाे थियाे भने पनि सम्बन्धित निकायसँग यसबारे कुरा गर्नुपर्ने थियाे अायाेजकले । रुखले गरेर साैन्दर्यमा असर त सायद नअाउँनुपर्ने हाे । तर अायाजकले साेचविचार पक्कै गरे भन्ने कुराेमा म विश्वस्त छु । रुख काेटे, २-३ गुणा रुख राेपाैँ ।

३) अर्काे गुनासाे के थियाे भने, याे महाेत्सवले 'अपाङ्गहरू'लाई अटाएन । अबका दिनहरूमा अटाउँला नि त अायाेजकले । सबै कुरा एकैपटक पनि त अटाउँन सकिन्न ।

४) 'प्रविधि र सिर्जना'माथि कुनै सेसन भएन भन्ने पनि फाट्टफुट्ट गुनासाे अायाे । केही छैन, अर्काे वर्ष जरुर अटाइनेछ भन्नेमा अाशा राखाैँ ।

५) 'याेपालि पनि थुप्रै बक्ता र अतिथिहरू पुरानै थिए । के नेपालमा अरू छैनन् ?' भन्ने प्रश्न पनि धेरैपटक सुनियाे । देशका अग्रज साहित्यकारहरूलाईचाहिँ सदैव बाेलाउँनैपर्छ यस्ता विपुल कार्यक्रमहरूमा जस्ताे लाग्छ मलाईचाहिँ । तर अबका कार्यक्रममा पक्कै पनि याे महाेत्सवले पुराना, नयाँ, बाल, अशक्त, विदेशी सबैलाई अटाउँनेछ ।

६) बालसाहित्यमाथि केही कुरा अाएन भन्ने पनि अायाे कतिबाट । यसलाई पनि अायाेजकले अवश्य मध्यनजर गर्लान् ।

७) सुनिरहेकै कविहरूका सुनिरहेकै कुरा र सुनिरहेकै कविताहरू विशेषगरी अाए भन्नेमा धेरै कविताका पाठकहरूकाे गुनासाे अायाे । अर्काेपटक पुराना, नयाँ, बाल, स्वच्छन्द, छन्द सबै अटाउँलान् नि त । अाशा त गर्नैपर्छ नि गुनासाे गर्नुभन्दा ।

                  यस्तै अादि अादि इत्यादि गुनासाहरू अाए र अाइरहेका छन् । विकल्पकाे मार्ग हुँदाहुँदै गुनासाे किन गर्ने हामीले ? नेपाल साहित्य महाेत्सवले के-के गरेन र के-के बेस्वाद गर्याेभन्दा पनि के-के गर्याे र कसरी यसले सिङ्गाे नेपाली साहित्यलाई एउटा उचाइ प्रदान गर्याे भन्नेतिर लागाैँ न ! गुनासाेकाे समाधान अलिकति भएनि भयाेजस्ताे लाग्छ । किताब पढाैँ । साहित्यलाई सदैव माया गराैँ । अाफूलाई स्वच्छ पाराैँ । अाफ्नाे तर्फबाट सकिन्छ भन्ने याेगदान पुर्याअाैँ । सकिन्न भने हानि पनि नगराैँ । हाम्राे साहित्य, हाम्राे सम्पत्ति ।

         अन्तत: नेपाल साहित्य महाेत्सवका सम्पूर्ण अायाेजक टिमप्रति नतमस्तक छु । बधाई ज्ञापन गर्न चाहन्छु सुखद् र सफल समापनकाे निम्ति । अर्काे वर्ष समयले साथ दिएमा जरुर अाउँनेछु । धन्यवाद ।

IME Nepal Literature Festival Ajit Baral Niraj Bhari Random Readers' Society

Comments