तिमीलाई मेराे याद अाउनेछ (कविता) ~ बिकेश कविन ['अालेख' अङ्क ९, पूर्णाङ्क ६७, चैत अङ्क- २०८० मा प्रकाशित]

 

तिमीले मलाई बिर्सिएकाे

लामाे समय हुनेछ
र, लामाे समयकाे कुनै अनिश्चित बाटाेमा
तिमी थकित भएर
बसिरहेकाे बेलामा
तिमीलाई मेराे याद अाउनेछ

मझैँ
हुनेछाै
तिमी
पनि
निस्सासिइरहेकाे
र, जीवनकाे त्याे कठिनतामा
तिमीलाई मेराे याद अाउनेछ

कतै कुनै खाेलामा अाफ्ना पैतालाहरूलाई भिझाइरहेकी हुनछाै
पानीकाे स्पर्शले तिम्राे सासलाई छुनेछ
त्याे बेलाकाे तिम्राे सासले केही निमेषलाई भुल्नेछ बाटाे
त्याे भुलिएकाे बेलामा
तिमीलाई मेराे याद अाउनेछ

सपनाहरूकाे शिखरमा पुग्नेछाै तिमी
रमाउनेछाै त्यहाँ
केही वर्ष, केही समय
त्यसपश्चात् एक्लिँदैजानेछाै
एक्लिएकाे त्याे बेलामा
तिमीलाई मेराे याद अाउनेछ

कुनै दिन याे संसारलाई बिर्सिनखाेज्नेछाै
कुनै दिन अाफैँलाई पनि बिर्सिनखाेज्नेछाै
बिर्सिनुकाे श्रृङ्खला चलिरहेकाे याे समयमा
तिमीलाई मेराे याद अाउनेछ

दु:खी भएर कुनै दिन कुनै पातलाई मायाले चुम्नेछाै
त्याे बेला, तिमीलाई मेराे याद अाउनेछ
हेर्नेछाै, अाकाशका दूर-दूरका तारा-जून
त्याे बेला, तिमीलाई मराे याद अाउनेछ

जीवनमा मुस्कुराउन पनि कठिन भइरहेकाे बेलामा
तिमी सुन्नखाेज्नेछाै एउटा गीत
अाफ्ना अाँखाहरू बन्द गरेर
कुनै एकान्तमा
तिम्राे गीतसँगै काेहीँ गुञ्जिनेछ
अाँसु झरिरहेकाे बेलामा
तिमीलाई मेराे याद अाउनेछ

जीवनमा कतै कुनै बाटाेमा तिमी हिँडिरहेकी हुनेछाै
त्यही बेला
म त्यतै कतै खसिइरहेकाे हुनेछु
तिम्राे पैतालाले मलाई किच्नै लागेकाे हुनेछ
अनि, तिमी अाफ्ना पैतालालाई सम्हाल्दै
मलाई किच्नबाट राेकिनेछाै
मलाई नकिचेकाे त्याे बेलामा
तिमीलाई मेराे याद अाउनेछ

कुनै दिन कुनै सपनाले लखेटिइरहनेछ तिमीलाई
अनि, तिमी पुग्नेछाै
त्याे संसारमा, ती ठाउँहरूमा,
तिमी जता-जता पुग्नेछाै त्याे बेला
तिमीलाई मेराे याद अाउनेछ

म नरहेकाे त्याे बेलामा, तिमीलाई मेराे याद अाउनेछ
म रहनुपर्ने त्याे बेलामा, तिमीलाई मेराे याद अाउनेछ ।

साभार : 'अालेख' साहित्यिक मासिक, अङ्क ९, पूर्णाङ्क ६७, चैत अङ्क २०८० 






Comments