के तपाईँ कविता लेखनकाे प्रारम्भमा हुनुहुन्छ ? कविता लेख्दै हुनुहुन्छ ?

- कवि असीम सागर
१) याद गर्नूस् । कवितालाई सुन्दर बनाउने प्रयासमा अनावश्यक विम्बहरूको प्रयोगले सब्जीमा चिनी हालेको जस्तो नहोस् । कविता जसरी फुर्छ त्यसरी नै लेख्नूस् । बालुवामा फूल रोपेर पानी हालिरहनु मूर्खता सिवाय केही होइन ।
२) कविता लेख्दा म कसको कविता, कसका लागि र किन लेखिरहेकाे छु भन्ने कुरा बुझ्नसके कविता स्वत: राम्रो हुन्छ । फलामलाई जति पिट्यो त्यति धारिलो बन्छ । फलामलाई पिट्नु भनेको साधना गर्नु हो । धारिलो बन्नु भनेको निरन्तर साधनाबाट सफलता प्राप्त गर्नु हो ।
३) तपाईँ कुन सोच , परिवेश, परिस्थिति र कस्तो समाजबाट हुर्कनुभयो त्यो नै तपाईँको कविताको मूल विषय हो । तपाईँले त्यसबारे लेख्दिनँ भनेपनि नजानिँदो प्रकारले कवितामा आइहाल्छ नै । त्यसैले भनिन्छ , कविता सत्य हो । गरिब निमुखाहरूको आवाज हो । अँध्यारोमा रहेकाहरूका लागि उज्यालो हो । कविता कविको आत्मा हो ।
४) सुन्दर कविता मस्तिष्कबाट होइन आत्माबाट निस्कन्छ । कविता तपाईँको मस्तिष्कको सोच शक्तिलाई मापन गर्ने यन्त्र पनि हो ।
५) सुन्दर कविता लेख्नका लागि जीवनलाई कि घोटिन, चोइटिन , पिल्सिन दिनूस् , कि व्यापक अध्ययन गर्नूस् । राम्रा कविहरूका थुप्रैथुप्रै कविताहरू साथसाथै कवितासङ्ग्रहहरू पढ्नूस् । त्यही आधारमा नै कविता स्वत:स्फूर्त जन्मिन्छ । त्यही नै कविताको शक्ति हो । शक्ति भनेकै दर्शन र विचार हो भने सौन्दर्य भनेको कविताभित्रको कला हो तर साधनाविना विद्रोह , प्रेम र देशभक्ति दर्शाउँदैमा , वाहवाही पाउँदैमा कविता सुन्दर भयो भन्नुहुन्छ भने त्यो तपाईँको भ्रम हो ।
६) हुन त कविताबारे सबैका आआफ्नै धारणा हुन्छन् । कविता लेखिसकेपछि कमसेकम पाठकलाई यो मेरै कथा हो, याे मेरै कविता हाे भन्ने आभास कविताले गराउँन सक्नुपर्छ ।
७) असल कवि तथा लेखक बाँच्नका लागि होइन लेख्नका लागि बाँच्छन् ।
८) भर्याङ उक्लिसकेपछि भर्याङले टेकेको जमिन बिर्सन कविलाई शोभा दिँदैन ।
जय कविता ! जय साहित्य !!

![]() |
कवि असीम सागर |

nikai ramro lagyo, ma eklai xu ki jasto lagthyo kavita ko baarema yasari sochne tara aaja tha paaye, ma jasto aru pani maulikta ani aafno pan lai kavita ko mul yantra banaunuhudo raixa na ki alankaar ani chhanda lai.
ReplyDeleteaa gd news
ReplyDelete